Logo

२०८३, श्रावण २७गते


images
images

सुनवलमा छैन दमकल, आगलागी नियन्त्रणका लागि बाल्टीमा पानी बोक्नुपर्ने बाध्यता

सुनवलमा छैन दमकल, आगलागी नियन्त्रणका लागि बाल्टीमा पानी बोक्नुपर्ने बाध्यता

images
  • सुनवलमा छैन दमकल, आगलागी नियन्त्रणका लागि बाल्टीमा पानी बोक्नुपर्ने बाध्यता
    images
    images

    रेशम अधिकारी, नवलपरासी। पश्चिम् नवलपरासीको सुनवल नगरपालिकामा दमकल नहुँदा समस्या देखिएको छ। चैत-बैशाखको महिना सुरु भएलगतै हुन सक्ने आगलागी नियन्त्रणकालागि नगरपालिकामा दमकलको अभाव खड्कीएको हो।

    images
    images
    images

    आइतबार नगरपलिका वडा नं ७ ज्यामिरे वनमा आगलागी भयो।  वन क्षेत्रबाट मानव बस्ती नजिक भएका कारण आगो बिस्तारै बस्तीतर्फ लाग्दै थियो। तर समयमै ज्यामिरे सामुदायिक वन उपभोक्त समुहका अध्यक्ष टिचन गुरुङको समुहले आगालागी नियन्त्रणमा लियो । नगर क्षेत्रमा दमकल वा अन्य आगो नियन्त्रणको साधन नहुदा बाल्टीबाट पानी ओसार्न बाध्य भएको अध्यक्ष गुरुङले बताइन्। उनले भनिन् `गर्मी मौसममा आगलागी अत्यधिक हुन्छ तर त्यस्को नियन्त्रणमा संघ, प्रदेश वा स्थानीय तहले त्यति चासो दिदैन्´ । 

    images
    images
    images

    वन डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन ।

    images
    images
    images

    विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ का अनुसार सबै स्थानीय तहले दमकल राख्नैपर्छ । तर निर्वाचित जनप्रतिनिधिले नगरपालिकाको बजेटबाटै विलासी साधन खरिद गरेका छन् यद्यपि विगतदेखि नै ठूलो समस्याका रूपमा रहेका आगलागी तथा अन्य प्राकृतिक प्रकोप न्यूनीकरणतर्फ भने कुनै बजेट विनियोजन गरेको पाईदैन्। 

    सुनवल नगरपालिकाका प्रमुख बिमला अर्यालले नगरपालिकाले यो आर्थिक वर्षमा दमक खरिद गर्न कुनै बजेट विनियोजन नगरेको बताइन । उनले भनिन्`डढेलो नियन्त्रणबारे छलफल भएको छ, दमकल खरिद हाम्रो योजनामा रहेको छ चाडै नै नगरले दमकल खरिद गर्नेछ´।

    संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव, अधिकार तथा कार्यक्षेत्रको अन्योलका कारण डढेलो रोकथाम र नियन्त्रणमा कुनै प्रयास भएको देखिँदैन । आगलागी नियन्त्रणका लागि संघदेखि स्थानीय सरकारसँग न त समन्वय छ, न बजेट नै। 

    नेपालमा वन विनास र क्षयीकरण हुनुमा डढेलो प्रमुख कारण मानिन्छ । हरेक वर्ष हुँदै आएको डढेलोको प्रकोपबाट ठूलो मात्रामा प्राकृतिक तथा मानवीय क्षति हुने गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।