Logo

२०८३, श्रावण २७गते


images
images

सरसफाई

स्थापना दिवसमा लोकेश्वर खानेपानी तथा सरसफाई संस्था सुनवलले  गर्यो सरसफाई

स्थापना दिवसमा लोकेश्वर खानेपानी तथा सरसफाई संस्था सुनवलले  गर्यो सरसफाई

images
  • स्थापना दिवसमा लोकेश्वर खानेपानी तथा सरसफाई संस्था सुनवलले  गर्यो सरसफाई
    images
    images

    देवदह । लोकेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सुनवल ७, ८को आयोजनामा बिहीवार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । संस्थाको ९औं स्थापना दिवसको अवसर पारेर सरसफाई कार्यक्रम गरिएको हो । 

    images
    images
    images

    कार्यक्रम अन्तर्गत ज्यामिरे चोक, वडा कार्यालय परिषर, खानेपानी कार्यालय परिषर, लोकेश्वर वैरागनाथ मन्दिर, सिसानी दुर्गा मन्दिर, देवदह ताल, प्रगति टोल लगाएत स्थानमा सरसफाई गरिने संस्थाका अध्यक्ष गुप्तबहादुर केसीले जानकारी दिए ।

    images
    images
    images

    ‘यहि जेठ १२ गते परेको संस्थाको स्थापना दिवसलाई विभिन्न कार्यक्रम सहित मनाउने क्रममा सरसफाई कार्यक्रम आयोजना गरिएको हो ।’ अध्यक्ष केसीले भने, ‘उपभोक्ता क्षेत्र (वडा नं ७ र ८ का विभिन्न स्थानमा सरसफाई कार्यक्रम गर्ने निर्णय भए बमोजिम जेठ ११ गते सम्म सरसफाई कार्यक्रम जारी रहन्छ ।’ 

    images
    images
    images

    सुनवल नगरपालिका वडा नं ७ का अध्यक्ष नारायण आचार्यको विशेष उपस्थितिमा भएको सरसफाई कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी, अस्थाई प्रहरी चौकी ज्यामिरेका प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो ।

    संस्थाले स्थापना दिवसको दिन जेठ १२ गते विहान ८ बजे वृहत् रक्तदान कार्यक्रम गर्ने र सोहि दिन सरसफाईका निम्ति ३० थान डस्टविन समेत वितरण गर्ने कोषाध्यक्ष सुमन पाण्डेले जानकारी दिए । सोहि दिन संस्थाले शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरेको कोषाध्यक्ष पाण्डेले बताए । उक्त कार्यक्रममा खानेपनी तथा सरसफाई कार्यालय नवलपरासीका प्रमुख प्रकाश न्यौपाने प्रमुख अतिथिको रुपमा उपस्थित हुने संस्थाले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।