बुटवल । बुटवल होराईजन चोक देवीनगरमा रहेको क्रिष्टिना ब्युटि केयर एण्ड ट्रेनिङ सेन्टरले आफ्नो स्थापनाको १५ वर्ष बार्षिकोत्सवका रुपमा मनाएको छ । ट्रेनिङ सेन्टरले आइतवार १५औँ वार्षिकोत्सव तथा प्रमाणपत्र वितरण कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाएको हो ।
सो अवसरमा सेन्टरबाट विभिन्न चरणका तालिम लिएका तीन दर्जनबढी विद्यार्थीहरुलाई तालिम पुर्णताको प्रमाणपत्र वितरण गरेर वार्षिकोत्सव मनाएको हो ।
बार्षिकोत्सवको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले महिलालाई कुनै न कुनै प्रकारले आत्मनिर्भर बनाउनु आजको आवश्यकता भएको बताइन् । सीप सिकेर महिलाहरु आत्मनिर्भर हुनुपर्ने उल्लेख गर्दै उनले नगरपालिकाले महिलाको सीप र दक्षता विकासका लागि पञ्चेबाजा, बत्ती कात्ने, अचार, सिलाईकटाई, ब्यूटिसियन, जुत्ता चप्पल बनाउने लगायतका तालिमहरु प्रदान गर्दै आएको छ ।
कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जलप्रसाद कसजुले महिलाहरुले सीपको विकास गर्नुका साथै उद्यमी बन्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रवन्ध सञ्चालक÷प्रिन्सिपल सुनिता अर्यालले महिलालाई आत्मनिर्भर बनाउन र सीप सिकाउनका लागि क्रिष्टिनाले ठुलो भुमिका खेल्दै आएको बताइन् । उनले १५ वर्षको अवधिमा सयौं महिलाहरुलाई दक्ष बनाएको उल्लेख गर्दै सीप सिकाउदै रोजगारको अवसर समेत दिएको बताइन् ।
सञ्चारकर्मी सञ्जु पौडेलको सञ्चालनमा भएको कार्यक्रममा नेपाल ब्युटिसियन संघ लुम्विनी प्रदेशका अध्यक्ष विष्णु थापा, नेपाल पत्रकार महासंघका सह–सचिव झविन्द्र देवकोटा, सिद्धार्थ उद्योग बाणिज्य संघका सदस्य मीना पन्थी, चौपारी टोल विकास संस्थाका अध्यक्ष जुनु अर्याल, सहेली ब्यटि पार्लरका पार्वती सेञ्चुरी, वयल टेन प्रोफेशनलका प्रतिनिधी विष्णु घिमिरे, विद्यार्थी आरजु कुमा लगायतले क्रिष्टिनाले महिलालाई आत्मनिर्भर बनाउन खेलेको भुमिकाको प्रसंशा गर्दै दीक्षित विद्यार्थीलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology