Logo

२०८३, श्रावण २७गते


images
images

सुनवलमा खानेपानी अभाव, जार र महङ्गो फिल्टर किन्न बाध्य छन् उपभोक्ता

सुनवलमा खानेपानी अभाव, जार र महङ्गो फिल्टर किन्न बाध्य छन् उपभोक्ता

images
  • सुनवलमा खानेपानी अभाव, जार र महङ्गो फिल्टर किन्न बाध्य छन् उपभोक्ता
    images
    images

    रेशम अधिकारी,परासी । खानेपानीको अभावका कारण वर्षौदेखि आफूहरूले समस्या झेल्दै आउनु परेको पश्चिम् नवलपरासी सुनवल नगरपालिका वडा, नं ७ स्थानीयहरूले गुनासो गरेका छन् ।

    images
    images
    images

    सुनवल नगरपालिकाको अन्य वडामा खानेपानीको व्यबस्था भएपनि आफ्नो वडामा खानेपानीको अभाव भएदेखि जार र महङ्गो फिल्टर खरिद गर्नुपर्ने बाध्यता वर्षौदेखि झेल्नु परेको स्थानीय कोपिला थापाले बताइन् । उनले भनिन् – ‘हिउँदेयाम शुरू भएलगत्तै खानेपानीकै चिन्ता हुन्छ । हिउँदमा घरको धारा सुख्खायाममा पानी सुक्ने भएकोले छिमेकदेखि पानी बोक्नुपर्ने बाध्यता छ ।’

    images
    images
    images

    गाउँमा खानेपानीको सुविधा नहुँदा बजार देखि महङ्गो फिल्टर खरिद गर्नुपर्ने बाध्यता रहेको स्थानीय प्रकाश न्यौपानेले दुखेसो पोखे । उनले भने "घरको धारामा पानी आउछ तर पूरा आर्सेनिक, त्यस्ले लुगा धुँदा रातो हुन्छ । पिउन के सकिएला, तर हाम्रो समस्या कसैले हेरेनन् । हामीले खानेपानीका लागि वर्षेनी भौतारिनु परेको छ ।" 

    images
    images
    images

    निर्वाचनका बेला सबै नेताले गाउँमा खानेपानी पुर्‍याउने आश्वासन दिएका भए पनि पहल कतैबाट नभएको स्थानीय लक्ष्मी पति अधिकारीले गुनासो गरे । उनले भने –"निर्वाचनका बेला नेता चिल्ला भाषण दिन्छन् । सोझासाझा नागरिकबाट फाइदा निकाल्छन् । खानेपानीजस्तो आधारभूत कुरामा पहुँच पुर्‍याउन आग्रह गरे पनि कसैले सहयोग गर्दैनन् । नेताहरू जितेपछि गाउँमै आउँदैनन् ।"

    सुनवल नगरपालिका वडा नं ७, ८ लाई हुने गरि २०७५ माघ १४ गते लोकेश्वर बैरागनाथ खानेपानी सरसफाइ उपभोक्ता समिति गठन गरिएको थियो।  तत्कालीन अवस्थामा संस्थाको अध्यक्ष नारायण प्रसाद आचार्यको नेतृत्वको समितीले खानीपानी टंकी निर्माण, ज्यामिरे देखि वडा ८ सम्म पाइप विस्तार  गरेको थियो  । 

    पाइप बिस्तार सकिए लगत्तै  संस्थाका अध्यक्ष नारायण प्रसाद आचार्य वडा अध्यक्षमा निर्वाचित भएपछी खानिपानी संस्थाका उपाध्यक्ष रेशम राना कार्यवाहक अध्यक्ष बने । उनले  बोरिङ गाड्ने, मिटर ल्याउने र धारा जडान गर्नुपर्ने काम आफ्नो कार्यकालमा सम्पन्न गर्ने बताएका थिए । 

    लोकेश्वर बैरागनाथ खानेपानि सरसफाइ उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष रेशम रानाले फागुन महिनाभित्र ७ र ८ वडा बासीहरुको आगनमा खानेपानी आउने बताएका छन् । सेतोमसीसंग कुरा गर्दै उनले भने "अब धेरै काम बाकी छैन, हाम्ले धारा जडानका लागि सूचना जारी गरिसकेका छ।  अब १५ गतेसम्म आवेदन लिन्छौ। त्यसपछि मिटर र घर घरमा धारा जडान हुन्छ" तपाईं कार्यवाहक अध्यक्ष बनेपछि खानेपानीको कामले सुस्त गति लियो भन्ने आरोप छ  नि भन्ने प्रश्नमा रानाले भने "हाम्रो दुई वडा ७ र ८ को क्षेत्रफल ठूलो छ, सुरुमा दुई वडाभित्र तीन ठाउमा बोरिङ गाड्ने काम गर्यौ तर कुनै स्थान बन क्षेत्रभित्र पर्ने भएकाले त्यो मिलाउन समय लाग्यो। यता ८ महिना समय पानी वास गर्नुपर्ने रहेछ ।  हाम्रो समितिलागि परेका छौ, स्वच्छ पानी वडाबासीलाई पिलाउन पक्कै त्यो यहि वर्ष पूरा हुनेछ।"

    सुनवल नगरपालिका वडा, नं ७ र ८ मा बसोबास गर्ने करिव २ हजार २ सय ३५ घरधुरीका १३ हजार ४ सय १० जना व्यक्तिहरु शुद्ध र गुणस्तरयुक्त पानी उपभोग गर्नबाट बन्चित छ्न् । 

    स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० मा निर्वाचित भएपछि नगर प्रमुख बिमला अर्यालले नगरका विपन्न समुदायलाई लक्षित गरी मासिक पाँच हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने घोषणा गरेकी थिईन । मेयर अर्यालले सुनवल नगरपालिकाका सबै घरधुरीमा आगामी तीन वर्षभित्रमा एक घर एक धारा पुर्‍याउने भनेकि थिईन । जेठ ९ गते पदभार ग्रहण गर्दा नगरका विपन्न समुदायलाई पाँच हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने घोषणा गरी जेठ १८ गतेको कार्यपालिका बैठकबाट निर्णय गरेतापनि कार्यकालको करिव १ वर्ष बितिसक्दा पनि कामले गति लिन सकेको छैन् ।

    सुनवल नगरमा १५ हजार ८३१ घरधुरी मध्ये सात हजार घरधुरीमा मात्र धाराको पहुँच पुगेको छ  । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।