Logo

२०८३, आश्विन १०गते


images
images

सुस्तामा बस्ती डुबानमा, २९ जनाको सकुशल उद्धार

सुस्तामा बस्ती डुबानमा, २९ जनाको सकुशल उद्धार

images
  • सुस्तामा बस्ती डुबानमा, २९ जनाको सकुशल उद्धार
    images
    images

    नवलपरासी । अविरल वर्षाका कारण नारायणी नदीमा जलसतह बढेर बस्ती डुबानमा परेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्ताबाट सशस्त्र प्रहरीले २९ जना स्थानीय बासिन्दाको सकुशल उद्धार गरेको छ ।

    images
    images
    images

    अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ्दा थारुटोलाका घरमा पानी पसेपछि असोज १० गते बिहान पौने ९ बजेतिर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो ।  

    images
    images
    images

    सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको नेतृत्वमा खटिएको २१ जनाको टोलीले बाढीमा फसेका २९ जना स्थानीय बासिन्दालाई सकुशल उद्धार गरेको हो ।

    images
    images
    images

    उद्धार टोलीले स्थानीय बासिन्दाका साथै एउटा गाई र १३ वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारेको छ। उद्धार गरिएका सबै नागरिक तथा चौपायालाई सुस्ता गाउँपालिका–५ स्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ ।

    बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले थप उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।