सरकार निदाएकै छ, भोली पनि निदाउछ, हिजो पनि निदांउथ्यो ।
विकासको नाम मा कहां कती भ्रष्ट्राचार गर्ने योजना वनाउथ्यो ।
मेरी आमा घण्टौ लगाएर एक गाग्री पानी भरेर ल्याउथिन्,
नजिकैको मुखिया वुढो आफ्नो खेतमा सिंचाई लगाउथ्यो ।
आफु महलमा छिर्यो विचरा ति विर योद्धाको सपना विर्सियो,
जनताको लागी भन्दै जंगल जंगल भोकै हिंडाउथ्यो र लडाउथ्यो ।
आज वुद्ध वन्छु भन्छ र शान्तीको नाउमा विगुल फुक्छ,
हिजो उसैले परेवा मार्थ्यो र सवैलाई क्रान्ती पढांउथ्यो ।
मेरो गौतम वुद्धलाई भारतमा जन्मिएको भन्नेहरु सुन,
तिम्रो गान्धीले यहां चटपटे वेच्थ्यो र जुत्ता सिलाउथ्यो ।
- अशोक गौतम क्षितिज
हाल- पपुवा न्युगिनी
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology