Logo

२०८३, श्रावण २७गते


images
images

साहित्य

गजल : को हो शत्रु ठम्याइन ...

गजल : को हो शत्रु ठम्याइन ...

images
  • गजल : को हो शत्रु ठम्याइन ...
    images
    images

    को हो शत्रु ठम्याइन, सबै आफ्नो मीत देखें 
    हारको पिडा भित्र पनि मैले जीत देखें ॥

    images
    images
    images

    खुशी हुँदा साथी पाएँ, दुःखमा एक्लै भएँ
    आफ्नो भन्ने कोही हुन्न भन्ने सत्य रित देखें ॥ 

    images
    images
    images

    एक्लो भएँ तर पनि रमाएर बाँचिरहें
     कल्पना भित्रै मैले नमेटिने प्रीत देखें ॥

    images
    images
    images

    बन्धन रै'छ जीवन यहाँ, माया र कर्तव्यको 
    बन्धन भित्रै मैले आज सुमधुर गीत देखें ॥

    अरुजस्तो बन्न खोज्नु , भूल मात्र रै'छ 
    आफ्नैपनमा रमाउनु नै मैले आफ्नो हित देखें ॥

     सागर भन्थे मेरो 'राज' शीत जस्तो रैछ
    फर्किएर यसो हेरे केवल छोटो अतीत देखे ॥

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गजल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।