Logo

२०८३, श्रावण २७गते


images
images

गजल: नमिले पनि बाँढ्न कफन आधा आधा  ...

गजल: नमिले पनि बाँढ्न कफन आधा आधा  ...

images
  • सेतोमसी सहकर्मी
  • गजल: नमिले पनि बाँढ्न कफन आधा आधा  ...
    images
    images

    नमिले पनि बाँढ्न कफन आधा आधा
    बाडौँ   हाँसो    रोदन    आधा   आधा

    images
    images
    images

    साथ छुट्यो दोबाटोमा नछुट्नु थ्यो
    कसरी भनूँ म धड्कन आधा आधा

    images
    images
    images

     देखेर  पुरै  चेहरा  ऐना   फुट्दा
    बन्न नखोज् प्रेमिल मन आधा आधा

    images
    images
    images

    राखूँ आँखै अघि सोच्दा उनलाई
    आफ्नै रहर भएछन् आधा आधा

    पुग्ने त  चितामा मात्रै हो आखिर
    किन बाँड्नू घर आँगन आधा आधा

    - जगत खड्का "दोलखाली "

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।