घुम्दै फिर्दै आइपुगियो रेसुङ्गाको काखमा
सधै बोकि हिड्न पाउँ यो मुस्कान साथमा ।।
जडिबुटी अथाह भण्डार रेसुङ्गाको जङ्गल भित्र
अमृत तुल्य औषधि छन् हरेक पात पातमा ।।
तम्घासको सुन्दरतामा लोभिएर युगौँदेखि
आकाशको जुनले पनि लुकि हेर्छ रातमा ।।
हरदम शीतल मौसम हुने वसन्त होस् गृष्म होस्
रेसुङ्गाधाम बस्न पाउँदा आराम हुन्छ गाथमा ।।
छोडि जाने मनै छैन् यो अलौकिक पुण्य भूमि
श्रृङ्गीको आशिष लागोस् उराठीको माथमा ।।
- मित्र ‛उराठी‘ गौतम
अमरपुर गुल्मी, हाल: तिलोत्तमा - २, रुपन्देही
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology