ढक तराजु आयो, पाथी माना हरायो ।
आधुनिक घर रे, खरको छाना हरायो ।
म:म, पिजा, चाउमिन भन्छन् सवै जना,
नेपालीको आटो-ढिंडो खाना हरायो ।
टिसर्ट पाईन्टका चलन्चल्ती संस्कृति नै धरापमा
दौरा सुरुवाल गुन्यु चोली नाना हरायो ।
पुर्व टिष्टा, पश्चिम किल्ला कांगडा नि हाम्रो,
सुगौलीका सन्धी लेख्या पाना हरायो ।
पप, र्याप, रिमिक्सले कानै छेड्ने भो,
सालैजो र यानीमाया गाना हरायो ।
युरो अनि स्टर्लिङ र डलर जहिंतहीं,
सुका, मोहर, रुपिया, आना हरायो ।
- अशोक गौतम 'क्षितिज'
तिलोत्तमा, रुपन्देही
हाल : पपुवा न्युगीनी
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology