पुराना सबैलाई फालेर के भो
नयाँ तिमीलाई पालेर के भो ?
विसको उन्नाइस हुँदैन भने
ओखतिले घाउ टालेर के भो ?
आत्माको कालो जस्ताको तस्तै
छालाको पसिना पखालेर के भो ?
सुन्दर गहना नबन्ने भए
सुनको टुक्रा गालेर के भो ?
माछी समात, नदीमा पौडनेहरु हो
पानीलाई अँगालो हालेर के भो ??
२०६५/०३/२०
बुटवल
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology