नवलपरासी । उत्कृष्ट तथा नमूना नगरपालिका बनाउन भन्दै २०७९ पौष १३ गते शुरु भएको बर्दघाट नगरपालिकाको ११ औं नगरसभा अझै समापन हुन सकेको छैन् । हिउँदें नगरसभाका रुपले परिचित नगरसभा उदघाट्न भएको ४१ औं दिन पुगिसक्दाँ समेत आवश्यक छलफल गरेर निर्णय हुन नसकेको हो ।
नगरसभाको प्रतिनिधिसभा सदस्य तथा एमाले नेतृ सरिता भुसाल खनालले पौष १३ गते उद्घाटन गरेकि थिईन । चालु आर्थिक बर्षको उक्त दोस्रो नगरसभामा बिभिन्न ८ वटा प्रस्तावहरु दर्ज गरिएको थियो । पौष महिना सकिएर माघको अन्तिम साता शुरु भईसक्दा पनि सरोकारवालाको तदारुकता नहुदाँ सभामा गर्नुपर्ने निर्णयहरु अलपत्र पर्दै आएको छ ।
जिल्लाका सातैपालिकाले सभा सकेर योजना सम्झौताका कामहरु गरिरहेका छन् । नगर प्रमुख शम्भुलाल श्रेष्ठले बिभिन्न सार्वजनिक कार्यक्रममा नगरका योजनाहरु चैत्र मसान्तभित्र समापन गरेर बाँकी समय आगामी आर्थिक बर्षको योजना निर्माणमा केन्द्रित हुने उदघोष गर्दै आएका थिए । नगरसभा सम्पन्न गर्न भएको ढिलाईले नगर प्रमुख श्रेष्ठका गरेको आफ्नै प्रतिबद्धताको पूरा नहुने देखिएको छ ।
नगर सभाले संशोधनको निर्णय गर्नुपर्ने बिभिन्न विकासका योजनाहरु नगरसभा सम्पन्न गर्न भएको ढिलाईले गर्दा प्रभावित हुदै गएका छन् ।
शिर्षकान्तर र रकमान्तर गर्ने योजनाहरुमा नगर सभाको ढिलाईको असर पर्दै आएको हो ।
जनप्रतिनिधिहरु मुख्य गरेर नगर प्रमुख उपप्रमुख लगायतले नगरसभा भन्दा बिभिन्न संघसंस्थाका कार्यक्रममा ब्यस्त हुदाँ नगरसभामा छलफलद्वारा टुंगो लगाउनुपर्ने बिषयले स्थान पाउन छाडेको नसकेको स्थानीयको गुनासो छ ।
सभामा चालु आ.व. ०७९÷०८० को नीति, कार्यक्रम तथा बजेटका शीर्षकान्तर र रकमान्तरका विषय समाबेश थियो । स्रोतका अनुसार नगर प्रमुख शम्भुलाल श्रेष्ठले सभामा संशोधन गर्ने बजेट भन्दा धेरैमा तोक लगाउने गरेका कारण नगरसभामा कठिनाई हुदै गएको छ । करिब एक करोड ३७ लाख रुपैया जति संशोधन गर्नुपर्ने रकम होला –उक्त स्रोतले भन्यो– मेयर साबले घुईघुईती तोक लगाएको रकम निकै बढी छ । त्यसले समस्या पार्दै आएको छ । नगर प्रमुख श्रेष्ठले करिब २ करोडको तोक लगाएको उक्त स्रोतको दावी छ ।
नगर प्रमुख श्रेष्ठले जसले जस्तो योजना ल्याएपनि प्रमुख प्रशासकीय अधिकृत लेखेर पठाउने गरेका कारण समस्या परेको हुन सक्ने एक सेवाग्राहीले जानकारी दिए । फाईल आयो कि प्रप्रअ लेखेर पठाई हाल्नु हुन्छ– ती सेवाग्राहीले भने – योजना छ छैन आवश्यक हो होइन् । उहाँले मतलब गरेको जस्तो लाग्दैन । उहाँले तोक लगाए पनि हामी जस्ता मान्छेको कामै पनि हुदैन् ।
नगर प्रमुखले बोल्ड डिसिजन नदिदाँ योजना मागका फाईलहरु शाखाहरुमा महिनौं अलपत्र पर्ने गरेको ती सेवाग्राहीको भनाई छ ।
नगर सभामा खोला सरसफाईको गतबर्षको भुक्तानी, खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक – २०७९ सम्बन्धमा, विभिन्न समयका बैठकका निर्णय अनुमोदन सम्बन्धमा, कर्मचारीको संगठन, संरचना र अनुमोदन सम्बन्धमा, भु–उपयोग योजना निर्माणको प्रतिवेदन अनुमोदन लगायतका प्रस्ताव समाबेश छ । लगतै शिक्षा ऐन संशोधन बारे समेत आन्तरिक कोठे छलफलहरु भएका छन् ।
संबिधानको धारा २२३ को उपधारा (१) बमोजिम हरेक नगरपालिकाले नगरसभा गर्नुपर्ने प्रावधान रही आएको छ ।
अधिबक्ता रामकृष्ण पौडेलले हिउदें नगरसभा संचालनको समय सीमा बारे ऐनमा छुट्टै ब्यवस्था नभएपनि सभा शुरु भएको एक महिनाभित्र समापन गर्ने प्राक्टिस रहेको जानकारी दिए । उनले बर्दघाट नगरपालिकाको नगर सभा बारे आफू स्थानीय बासिन्दा समेत भएको कारण जनप्रतिनिधिसंग चाँसो राखेको बताए । मैले नगर सभाबारे चाँसो पनि लिएको थिएँ "आन्तरिक तयारीमा छौ भन्ने आयो ।"
नगरसभामा भएको ढिलाई जिज्ञाशा राख्दाँ नगर प्रमुख श्रेष्ठले राष्ट्रिय सभाको निर्वाचनमा सहभागी भएर आएलगतै नगरसभा समापन हुने दावी गरे । अली ढिला भएको छ –उनले थप प्रतिक्रिया दिदै भने–"आज भोट हाल्न जाने तयारी छ । आए लगतै गर्ने हो "
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology