प्रकाश न्यौपाने, नवलपरासी । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई बर्दघाट नगरपालिकाले नगरमा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर १४ मा स्थायी बसोबास भएका पौडेललाई नगरपालिकाले सि.डब्लु.सि लिग टु अन्तरगत उच्च प्रदर्शन गर्दै विश्वकप क्वालिफायरमा छनोट भई सिङ्गो राष्ट्र सहित बर्दघाट नगरपालिकालाई गौरवान्वित बनाउन सफल भएको भन्दै ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कप्तान रोहितकुमार पौडेलले सम्मान प्रति नेपाल क्रिकेट टिमको तर्फबाट धन्यवाद ज्ञापन गरेका थीए । उनले विश्वकप क्वालिफायरमा छनोट हुनु भनेको सम्पुर्ण नेपालीको जित भएको बताएका थिए ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाटलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा बधाई तथा धन्यवाद व्यक्त गरेका थीए । नगर प्रमुखले बर्दघाट नगर भित्रै क्रिकेट स्टेडियम निमार्ण गर्ने नगरले योजना बनाएको बताएका छ्न् । उनले आगागी आर्थिक वर्षमा क्रिकेट रंगशालाको लागि बजेट नै विनियोजन गर्ने आफूहरुको तयारी भइरहेको बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology