बर्दघाट, वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न पश्चिम नवलपरासीको बर्दघाट नगरपालीकाका नगर प्रमुख सहित ७ जना वडाध्यक्षहरुले राजिनामा दिएका छन।
राजिनामा दिनेहरुमा नगर प्रमुख धिरज शर्मा बस्याल सहित वडानम्वर ६,७,८,९,१० ,११ र १३ नम्वरका वडाध्यक्षहरु रहेको प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायले जानकारी दिए ।
उनका अनुसार आईतवार सम्म अझै अन्य जनप्रतिनिधिहरुले पनि राजिनामा दिने तयारीमा रहेको बुझिएको छ । नगर प्रमुख धिरज शर्मा बस्यालले आफुले प्रयोग गर्दै आएको नगरको गाडीको चाँपी र एक थान ल्यापटप प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायलाई हस्तानत्रण गरेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology