Logo

२०८३, श्रावण २७गते


images
images

बर्दघाट नगरपालिकाको ११ औँ नगरसभा सुरु 

बर्दघाट नगरपालिकाको ११ औँ नगरसभा सुरु 

images
  • सेतोमसी सहकर्मी
  • बर्दघाट नगरपालिकाको ११ औँ नगरसभा सुरु 
    images
    images

    रामु भुसाल, बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको ११ औँ नगर सभाको बुधबारदेखि सुरु भएको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता तथा सघिंय सासंद सरिता खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समद्घाटन कार्यक्रममा प्रमुख अतिथि खनालले देश सघिंयतामा रहदा राज्यको तिन तहका सरकार मध्य स्थानिय तहको सरकार नगरबासीको घरदैलोको सरकार भएको हुदा नगरबासीका चाहना अनुसार विकास गर्दै जनजिविकाका समस्याहरुलाई निराकरण गर्न लाग्नुपर्ने बताउदै बर्दघाट नगरपालिका आफैमा विकासका सम्भावना र चुनौती बोकेको नगर भएको उल्लेख गरिन  ।
     
    खनालले कृषि, उद्योग र पर्यटनक्षेत्रको विकासका माध्यमवाट समाजलाई समृद्ध तर्फ लैजान सकिने भएकाले नगरले आफ्ना योजनालाई त्यस तर्फ बढी केन्द्रित गर्न सुझाब दिदै आन्तरीक पर्यटकको विकास गर्नेक्रममा लुम्बिनीसंग जोडेर अघिल्लो सरकारले अघि बढाएका कामहरुलाई पुरागर्न तर्फ पनि लाग्न जरुरी रहेकोमा जोड दिइन । 

    images
    images
    images

    सो अवसरमा विशिष्ट अतिथिको रुपमा बोल्दै सविंधान सभा सदस्य विक्रम खनालले बर्दघाट नगरपालिकामा विभिन्न राजनितिकि दलहरुको प्रतिनिधित्व रहेको हुदा नगरको विकास कार्यमा सबै संग सहकार्य गरेर अगाडी बढ्न सके नगर छिटो समृद्ध हुने बताउदै नगरबासीका अवस्था हेरेर नगरको आयका लागी राजश्व निर्धारण गर्नुपर्ने बताउनुभयो खनालले शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रमा सुधारगर्दै अघि बढ्न र करको दायरा फराकिलो बनाएर किसानलाई मार नपर्ने गरी अघि बढ्न सुझाव दिए  । 

    images
    images
    images

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव,(रुदल) ले जनप्रतिनिधि र कर्मचारीहरु मिलेर सामाजिक कार्यमा एकभएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो। सो अबसरमा नगर प्रमुख श्रेष्ठले चिसापानी अस्पतालको स्तरउन्नती गर्ने देखि चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा विशेषज्ञ डाक्टरको ब्यवस्था गरेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाईएको बताए । उनले किसानहरुलाई अनुदान दिने देखि युवाहरुलाई सिप प्रदान गर्ने सम्मका कार्यमा नगरपालिका लागि परेको र भौतिक निमार्णका कार्यमा प्रदेश र संघसंग सहकार्य गरीरहेको बताए ।
    बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा लगाएतले मन्तब्य राखेको कार्यक्रमको सन्चालन योजना शाखाका कृष्ण थापाले गरेका थिए ।
     
    बुधबारदेखि शुरु भएको ११ औं नगर सभामा चालु आर्थिक बर्षको दोस्रो नगर सभा आवाहन गर्ने विषय देखि अहिलेसम्म नगरले प्रकाशन गरेका ऐन,निति,नियम, कार्यविधि र मापदण्डहरु संसोधन एवं पुनरावलोकन गर्ने विषयमा छलफल हुने जनाईएको छ । त्यसैगरी प्रतिनिधि सभा र प्रदेश सभासदस्यहरुसंग योजना छनोटका विषयमा छलफल गर्ने,खोला ,घोला सफाईको रकम भुक्तानी दिने बिषय,बसपार्कको आय ठेक्का ,शेयर लगानी र प्रारम्भिक वातावरणीय परिक्षणका विषयमा समेत नगरसभा केन्द्रित रहने बर्दघाट नगरका नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्ययाले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बर्दघाट नगरपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।