Logo

२०८३, श्रावण २७गते


images
images

बर्दघाट नगरपालिका बन्यो स्थानीय पाठ्यक्रम लागू गर्ने जिल्लाको पहिलो स्थानीय तह

बर्दघाट नगरपालिका बन्यो स्थानीय पाठ्यक्रम लागू गर्ने जिल्लाको पहिलो स्थानीय तह

images
  • बर्दघाट नगरपालिका बन्यो स्थानीय पाठ्यक्रम लागू गर्ने जिल्लाको पहिलो स्थानीय तह
    images
    images

    रेशम अधिकारी,नवलपरासी । बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दघाट नगरपालिका जिल्लाको पहिलो स्थानीय तह बनेको छ । 

    images
    images
    images

    “हाम्रो बर्दघाट” नाम दिइएको स्थानीय पाठ्यक्रमको आज सार्वजनिक गर्दै बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले चालू शैक्षिक सत्र २०७८ बाटै कक्षा १ देखि ३ सम्म यो पाठ्यक्रम लागू भइसकेको जानकारी दिए  । पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक तयार भइरहेकाले केही दिनपछि पाठ्यपुस्तक पनि सार्वजनिक गरिने बताउँदै उनले  कक्षा ४ देखि ८ सम्मको भने पाठ्यपुस्तक तयार गरी आगामी वर्षदेखि लागू गरिने बताए । 

    images
    images
    images

    नगर प्रमुख बस्यालका अनुसार पाठ्यक्रममा नगरपालिकाको भौगोलिक, ऐतिहासिक परिचय र नगरपालिकाको संरचना तथा सेवा सुविधा, स्थानीय वातावरणमा पाइने वनस्पति, जडीबुटी, पशुपक्षी, प्रदूषण, फोहरमैला व्यवस्थापन, ऊर्जा, खनिज, जलवायु परिवर्तन, यस क्षेत्रमा रहेका नदीनाला, तालकुण्ड, पहाड र खनिज पदार्थ, स्थानीय क्षेत्रमा हुनसक्ने भूकम्प, बाढीपहिरो, आगजनी, चट्याङ्, हुरीबतास र दुर्घटना, स्थानीयस्तरमा प्रचलित भाषा, चाडपर्व, मेलाजात्रा, धर्मसंस्कृति, रीतिरिवाज, वेषभूषा, जातजाति, परम्परागत सामग्री पुस्तकमा समेटिएको छ । 

    images
    images
    images

    यस क्षेत्रमा रहेका मठमन्दिर, गुम्बा, चर्च, मस्जिद तथा अन्य धार्मिक सम्पदा, स्थानीय सामाजिक मूल्यमान्यता, संस्कार र सकरात्मक व्यवहार, स्थानीय क्षेत्रमा प्रचलित परम्परागत पेशा, व्यवसाय, उद्योगधन्दा तथा आयआर्जनका क्रियाकलाप पशुपालन, खेतीपाती, जडीबुटीखेती, हस्तकला, होटल व्यवसाय, उद्योग पर्यटन, स्थानीय क्षेत्रमा परम्परागत रूपमा खेलिने खेल, योग व्यायाम र सन्तुलित भोजनसमेत पाठ्यक्रममा समावेश गरिएको छ । 

    बालबालिकाले सानै उमेरदेखि नै आफ्नो जन्मभूमिको समग्र जानकारी लिनदिन पाठ्यक्रमले टेवा पुग्ने बताउँदै नगर उपप्रमुख मायादेवी पौडेलले पाठ्यक्रम लागू गर्न शिक्षकको महत्वपूर्ण भूमिका हुने बताए  । आधारभूत तहसम्म स्थानीय विषयवस्तुलाई व्यवहारिक शिक्षाको रूपमा अघि बढाउने र ६ देखि ८ कक्षासम्म स्थानीय पेशा, ज्ञान, सीप र प्रविधिलाई जर्गेना गर्दै सीपमूलक शिक्षा दिने नगरपालिकाको योजना रहेको उनले  बताए। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।