Logo

२०८३, श्रावण २७गते


images
images

बर्दघाट नगरपालिकाद्वारा सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू

बर्दघाट नगरपालिकाद्वारा सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू

images
  • बर्दघाट नगरपालिकाद्वारा सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू
    images
    images

    नवलपरासी ।  बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छ । नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो । 

    images
    images
    images

    नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । सात पालिका रहेको सो जिल्लामा स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दघाट पहिलो पालिका बनेको जनाइएको छ ।

    images
    images
    images

     ‘हाम्रो बर्दघाट’ नाम दिइएको स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तकमा स्थानीयस्तरमा रहेका पर्यटकीयस्थल, कला, संस्कृति, प्राकृतिक सम्पदा, भाषा, रहनसहन, अन्न उत्पादन, जडीबुटीलगायत बर्दघाटको समग्र क्षेत्र समेटिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले  स्थानीय पाठ्यक्रमले नगरक्षेत्रको शैक्षिक विकास तथा पहिचानमा सहयोग मिल्ने विश्वास व्यक्त गरे ।   

    images
    images
    images

     “हामीले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ”, नगरप्रमुख श्रेष्ठले भने, “कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यपुस्तक पढाइ शुरु गरिएको हो ।” स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पाठ्यपुस्तक लागू गर्नसक्ने व्यवस्था गरेकाले पाठ्यपुस्तक प्रकाशन गरेर विद्यार्थीलाई अध्ययनका लागि व्यवस्थापन गरिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ । 
     
    सो पाठ्यक्रमको लेखन तथा सम्पादनमा डा. घनश्याम न्यौपाने, डा. शालिकराम पौड्याल, डा. प्रेमप्रसाद तिवारी र शेषकान्त पौडेल रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।