देवदह । देवदहमा सामुदायिक विद्यालय संयन्त्र बनाईएको छ । शनिबार देवदह माध्यमिक विद्यालयमा भएको सामुदायिक विद्यालयका अध्यक्षहरूको भेलाले जनता माविका अध्यक्ष खेमप्रसाद पाण्डेको अध्यक्षतामा विद्यालय संयन्त्र तदर्थ समिति बनाईएको देवदह माविका अध्यक्ष सुरज खरेलले जानकारी दिए ।
जसको सचिवमा युगज्योति माविका अध्यक्ष खेमनारायण अधिकारी, कोषाध्यक्षमा उदय आविका अध्यक्ष रमेश चन्द्र रेग्मी र सदस्यहरूमा सिता माविका यकू सुनार, जनप्रिय माविका मोहन बहादुर जिसी, देवदह माविका सुरज खरेल, ज्ञानज्योति माविका रेशम बहादुर पुन:, भविष निर्माण माविका दलबहादुर थापा रहेका छन् । हाल ९ वटा विद्यालय मात्र संयन्त्रमा जोडिएपनि सबै विद्यालयलाई जोड्दै जाने निर्णय भएको बताईको छ ।
सबै विद्यालयमा एकै किसिमको प्रणाली संस्थागत गर्न, विदा लगायतका विषयमा एकरुपता कायम गर्न, विद्यार्थी र शिक्षकको क्षमता अभिवृद्धिमा काम गर्नको लागि संयन्त्र आवश्यक रहेको संयन्त्रका सदस्य खरेलले सेतोमसीलाई बताए ।
बैशाख महिनाभरी देवदहका सबै विद्यालयमा घुम्ती बैठक बस्ने र विद्यालयको समस्या पहिचान गरि नगरपालिकालाई सुझाब दिने तयारी समेत संयन्त्रले गरेको जनाइएको छ ।
आगामी बैठक बैशाख १० गते देवदह-२, भविष्य निर्माण माध्यमिक विद्यालयमा बस्ने संयन्त्रले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology