देवदह । देवदह नगरपालिकाको १४औ नगरसभा सुरु भएको छ । शुक्रबार सुरू भएको नगरसभामा नगरप्रमुख धुर्व प्रसाद खरेलले आर्थिक वर्ष २०८१/०८२ का नीति तथा कार्यक्रम सभामा पेश गरेका छन् ।
२६० बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा नगरपालिकाले लिने नीति र निर्माण गरिने कार्यक्रमबारे चर्चा गरिएको छ ।
नगरप्रमुख खरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाकृषि तथा पशुपालन, उद्योग तथा रोजगारी, शिक्षा,स्वास्थ्य, सामाजिक विकास, खानेपानी तथा सरसफाई, खेलकुद,कला साहित्य, संचार, विपद व्यवस्थापन आदिबारे नगर सरकारले लिने नीति वारे उल्लेख गरिएको छ ।
साथै नगरसभामा नगरपालिकाको आर्थिक ऐन २०७५ र नगरपालिकाको जलश्रोत उपयोग सम्बन्धि ऐन २०७९ लाई संशोधन गर्ने प्रस्ताव नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले पेश गरेकी छन् ।
हेर्नुहोस् देवदह नगर प्रमुखले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम (जस्ताको तस्तै)
१) प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, उपप्रमुखज्यू, नगरसभाका सदस्यज्यूहरु, अन्य अतिथिज्यूहरु सञ्चारकर्मी एवं नगरसभामा उपस्थित सम्पूर्ण कर्मचारी एवं अन्य आमन्त्रित महानुभावहरु, प्रमुख प्रशासकीय अधिकृत तथा अधिकृतहरु, जिल्लास्थित कार्यालय प्रमुखहरु, सल्लाहकार, विभिन्न संघ–संस्था प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी लगायत उपस्थिति सम्पूर्ण महानुभावहरु ।
२) नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षको माध्यमबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित नगर सरकारको आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम गरिमामय सभा समक्ष प्रस्तुत गर्न पाउँदा म गौरवान्वित भएको छु।
३) ऐतिहासिक संविधानसभाबाट जारी भएको नेपालको संविधान अनुसार स्थापना भएका स्थानीय तहहरु मार्फत नागरिकका अधिकारहरु स्थापित गर्ने यस अवसरमा म लोकतान्त्रिक गणतन्त्र नेपालको उज्यालो युगमा पुर्याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने देवदहका सहिदहरु आलोकनाथ यादव, राम प्रसाद चौधरी, नर बहादुर नेपाली, दुर्गा तिवारी, बसन्त पौडेल सहित सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु ।साथै, विभिन्न आन्दोलनका क्रममा घाइते, वेपत्ता नागरिकप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु । लोकतन्त्र र सामाजिक न्याय प्राप्तिको आन्दोलनको अगुवाई गर्नुहुने अग्रजहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । उहाँहरु सबैको योगदानको स्मरण गर्दछु ।
४) गत वर्ष २०८०।०३।१० गते सम्मानीत नगर सभामा पेश गरिएको नीति तथा कार्यक्रमलाई टेकेर आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरिएको थियो। सोही अनुसार कामहरु भईरहेको छ र परिणाम आउने क्रम जारी छ।
५) देवदह नगरपालिका लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, बहुलवादी खुला समाज, मानव अधिकार, सामाजिक न्याय, सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै विधिको शासनप्रति पूर्णप्रतिबद्ध छ । लोकतन्त्रलाई सामाजिक जीवन पद्धतिका रुपमा स्थापित गर्ने कुरामा नगर सरकार हरपल प्रयत्नशील छ । शासकीय व्यवस्थामा आएको परिवर्तनको अनुभूति सबै नगरबासीले गर्न सकून् भन्नेमा हामीहरु अत्यन्त सचेत छौं ।
६) नगरको भौगोलिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विविधतालाई आत्मसाथ गर्दै सन्तुलित र समन्यायिक विकासको बाटोमा अघि बढ्न नगर सरकार दृढ छ । हामीहरु योजनाबद्ध र प्राथमिकताका आधारमा विकास निर्माणका कामहरु हुनुपर्छ भन्नेमा प्रतिबद्ध छौं । ‘मालिक होइन, सेवक हौ’ भन्ने मान्यतामा आधारित जनउत्तरदायी, पारदर्शी, मेहनती र सहयोगी संयन्त्रबाट नै समृद्धि हासिल गर्न सकिन्छ भन्ने मान्यतालाई हामीले आफ्नो मार्गदर्शनका रुपमा ग्रहण गरेका छौं।
७) आर्थिक वर्ष २०८१र२०८२ को नीति तथा कार्यक्रमको लक्ष्य “समृद्ध देवदहू बनाउने रहेको छ । यस नीति तथा कार्यक्रम संघीयताको कार्यान्यनसँगै सिंहदरबारको अधिकार जनताको बीचमा पुर्याउन कोशेढुङ्गा सावित हुने अपेक्षा गरेको छु । अहिलेसम्म हामीले चलाएका अभियान, विकास निर्माण तथा नीतिगत निर्णय, देश भित्रका विभिन्न कार्यक्रम तथा मंचहरुमा नगर सरकारको प्रभावशाली उपस्थिति एवं प्रस्तुतिले राष्ट्रिय जीवनमा देवदहको विश्वास र आकर्षण बढेको छ । प्रदेशभरीका स्थानीयतहहरुबाट हाम्रो प्राथमिकताहरुमा समर्थन र सहयोग प्राप्त भएको छ । नगर सरकारको विकास प्रयासमा प्रदेश सरकार, संघीय सरकार, विकास साझेदारहरुको साथ र सद्भाव वृद्धि भएको छ ।
८) स्थानीय नागरिकहरुको चाहना र भावना अनुसारका सेवा(सुविधा, आवश्यकताको व्यवस्थापन, कार्यान्वयन तथा नियमन गर्ने निकाय नगर सरकार एवं जनप्रतिनिधि नै हुन् भन्ने विश्वास बढिरहेको छ । नागरिकको सो विश्वास अनुसार हामीले काम गरिरहेका छौ । जनप्रतिनिधिहरुको भूमिका नीति निर्माण र विकास निर्माणको अगुवाई, अनुगमन र नागरिकको दुख सुखमा साथ दिने गरी सघन रुपमा अगाडि बढेको छ । नगर सरकार जनताको सुख दुखमा घरदैलोमा पुगेको छ। हालसम्मको हाम्रो कार्यकाल उत्साहवर्धक र उपलब्धीमूलक रहेको छ । नगर सरकारका नीतिले स्थानीय सरकारलाई बलियो बनाउन टेवा पुर्याएको छ। हाम्रो कार्यकालमा नै ूसमृद्ध देवदहू को आधार खडा गर्ने उच्च महत्वका साथ विकास व्यवस्थापन र सेवा प्रवाहका कामहरु भईरहेका छन् ।
नगर सभाका सदस्यज्यूहरु,
९) नगर सरकार सबैसँग सहकार्य गर्दै सबै क्षेत्रमा तीव्र गतिमा उत्कृष्ट उपलब्धिहरु हासिल गर्दै ूसमृद्ध नगरकोू दिशामा अघि बढ्ने छ । आगामी आर्थिक वर्ष देवदह नगरको लागि ूतीव्र विकासको वर्षू हुनेछ । यस अभियानमा सबै सरोकारवालाहरुको साथ र सहकार्यको लागि आव्हान समेत गर्दछु ।
१०) विकासको कोशे ढुँगो ९ःष्भि क्तयलभ० को रुपमा रहेका चालु आर्थिक वर्षमा हासिल गरिएका उपलब्धिहरुको जग, नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन सम्बन्धमा बनेको ऐन, २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७४, सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०७४ का सान्दर्भिक नियमहरु, संघीय र प्रदेश सरकारले जारी गरेका नीति, कानून तथा मापदण्डहरु, दिगो विकास लक्ष्य, जनतासँग गरिएका प्रतिबद्धताहरुलाई केन्द्रबिन्दुमा राखी नगर सरकारको तर्फबाट मैले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु । नगर सरकारको यो नीति तथा कार्यक्रम “समृद्ध नगर स् सुखी नगरबासी”को आकांक्षा पूरा गर्ने दिशातर्फ केन्द्रित छ ।
११) नागरिकले अनुभूति गर्ने गरी विकासको प्रतिफल वितरण, शिक्षा प्रणालीमा परिणात्मक र गुणात्मक सुधार, क्रमागत आयोजना सम्पन्न, कृषि, पशुपालन, पर्यटन, उद्योग, व्यापार, व्यवसाय, सुशासन, समावेशी विकास, दीगो विकास, सहस्राव्दी विकास लक्ष्य, नगर सरसफाई र हरियाली प्रवर्धन, वातावरण संरक्षण लगायत विकासका समसामयिक मुद्धाहरुलाई निरन्तर सम्बोधन, नगरमा उपलब्ध पूँजी, सीप र क्षमताको प्रभावकारी उपयोग गर्न सहकारी र निजी क्षेत्रसँगको सहकार्य र नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि संघीय सरकार र प्रदेश सरकारसँग सहअस्तित्व, समन्वय र सहकार्यलाई प्राथमिकतामा राखेको छु ।
कृषि तथा पशुपालन :
१२) नगरपालिका भित्रको कृषियोग्य जमिनको पहिचान र संरक्षण गर्दै कृषि उत्पादनको क्षेत्रको विविधिकरण तथा विशिष्टिकरण मार्फत् नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भरू बनाउन समुदाय, प्रदेश र संघीय सरकारसँगको सहकार्यमा आवश्यक ूरणनीतिू तय गरिनेछ ।
१३) ‘एक घर एक करेसाबारी ( पकेट क्षेत्रमा व्यवसायिक तरकारी’ भन्ने नाराका साथ “तरकारी पकेट क्षेत्र”कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिनेछ । अर्गानिक तरकारी उत्पादनमा कृषकहरुलाई आकर्षित गर्न ूअर्गानिक तरकारी उत्पादन सहुलिय कार्यक्रमू घोषणा गरिनेछ ।
१४) बाली विशेषका उत्पादन पकेट क्षेत्र विकास गर्नको लागि वडा नं। ६ को सरनवारी, केउली दाउन्ने र उजेरी वडा नं। ९ को कालिका टोल र कोलिय टोल वडा नं। १० को मुढाबास तथा वडा नं। ११ र १२ लाई तरकारी पकेट क्षेत्र, वडा नं। ५ लाई मकै पकेट क्षेत्रू, वडा नं। १,२,३,४,११ र १२ लाई गहुँ वाली पकेट क्षेत्रू, वडा ७ र ८ लाई तोरी पकेट क्षेत्रको रुपमा अगाडि बढाउदै ूमाछा पकेट क्षेत्र निर्माणका लागिू आवश्यक नीति अवलम्बन गरिने छ वडा नं ५, ६, ७, ८, ९ र १० लाई ूबाख्रापालन क्षेत्रू को रुपमा विकास गरी समुदाय, सहकारी र सरकार ९नगर, प्रदेश र संघ० को सहकार्यमा अभियानात्मक कार्यक्रम संचालन गरिनेछ । वडा नं ५ लगायतका शहर उन्मुख क्षेत्रमा कौशी खेती कार्यक्रम प्रवर्धन गरिनेछ ।
१५) व्यवसायिक कृषि फर्महरु खोल्नका लागि निजी क्षेत्र र सहकारी क्षेत्रलाई प्रोत्साहित गरिनेछ । प्राकृतिक प्रकोपबाट कृषि उपज तथा पशुपालन व्यवसायमा हुने हानी नोक्सानीको क्षतिपूर्ति प्रदान गर्न ूबाली संरक्षण कोषू स्थापना गरिनेछ । आकस्मिक बाली संरक्षण सेवा अन्तरगत कृषकको खेतबारीमा देखिएका रोगकिरा तथा अन्य समस्याको प्राविधिक सेवा सहित आवश्यक अर्गानिक बिषादीहरु प्रदान गरिनेछ ।
१६) कृषि उपजमा प्रयोग गरिने रासायनिक मल, जैविक विषादी र प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गरिनेछ । स्थानीय कृषकहरुसँग जोडिएका रैथाने बिउबिजन, ज्ञान, सीप र प्रविधिलाई संरक्षण गर्दै कृषिको आधुनिकीकरण, व्यावसायिकरण, यान्त्रिकरणका लागि कृषियन्त्र उपकरण खरिदमा अनुदानको व्यवस्था मिलाइनेछ । कृषि मिटर जडान मार्फत सिँचाईमा लाग्ने बिद्युत महशुल कम गर्न कृषि मिटर जडान गर्दा लाग्ने रकममा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिईनेछ।
१७) कृषि समूह तथा सहकारी मार्फत उन्नत जातको विउ बिजनमा आवश्यक अनुदानको व्यवस्था गरिने छ । प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा कृषकहरुको प्रविधि माथिको पहुँचलाई विस्तार गरिनेछ
१८) भूउपयोग योजना अनुसार कृषियोग्य जमिनको खण्डिकरण रोक्नको लागि भूवर्गिकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिनेछ ।
१९) भूमिको चक्लाबन्दीलाई प्रोत्साहित गरी करार खेती, सहकारी खेती र सामूहिक खेती गर्न उत्प्रेरित गरिनेछ । खेतीयोग्य बाँझो जमिनमा समेत खेती गर्न प्रोत्साहन गरिनेछ । सामुदायिक वन, हैसियत बिग्रिएको जमीन र नदी उकास क्षेत्रमा फलफुल, अदुवा, बेसार खेती र घाँस विकास कार्यक्रम संचालन गरिनेछ ।
२०) च्याउ उत्पादन कार्यक्रमलाई प्रोत्साहित गर्नको लागि च्याउ उत्पादक किसानलाई तालीमका साथै टनेल निर्माणमा अनुदान उपलब्ध गराईनेछ ।पहाडी भागमा रैथाने तरकारी बाली संरक्षण र प्रवर्धन कार्यक्रम संचालन गरिनेछ । आधुनिक तथा व्यवसायिक तरकारी खेती गर्न इच्छुक किसानहरुलाई प्लाष्टिक टनेल, थोपा सिचाँई, मल्चिङ्ग लगायतका प्रविधिहरुमा आवश्यक अनुदानको व्यवस्था गरिने छ ।
२१) किसानहरुको समस्यालाई मध्यनजर गर्दै नगरभित्रका किसानले जोत्ने ट्याक्टहरुको मूल्यमा एकरुपता ल्याउनको लागि आवश्यक गृहकार्य गरिने छ ।
२२) व्यवसायिक रुपमा काम गर्ने किसानलाई नगरपालिकाको सम्मान स् सबै किसानलाई उत्पादनमा आधारित अनुदानू नीति अवलम्वन गरिनेछ । दुग्ध उत्पादक किसानहरुलाई उत्पादनको आधारमा अनुदान दिई प्रोत्साहित गर्न विशेष अनुदानको व्यवस्था गरिनेछ । नगरपालिका भित्र दुधको मूल्यमा अधिकतम एकरुपता कायम गरिनेछ । नगर भित्रका उत्कृष्ट बंगुर फारमहरुसँग साझेदारीमा बंगुर स्रोत केन्द्र संचालन र विकास गरिनेछ ।
२३) देवदह नगरपालिकाको विभिन्न वडालाई समेटने गरि धान, गँहु तथा मकै लगायतका बालीको पकेट क्षेत्र निर्धारण गरी खाद्यान्न बालीमा आत्मनिर्भर बनाउने नीति अवलम्बन गरिनेछ। धानको उत्पादन वृद्दि गरि खाद्यान्नमा आत्मनिर्भर बनाउन चैते धान खेती गर्ने कृषकहरुलाई निशुल्क धानको बिउ उपलब्ध गराउनुका साथै आवश्यक प्राविधिक सेवा दिईनेछ।देवदह नगरपालिकाको वडा न। १, २, ११ र १२ मा रहेका भै।लु।भु।ज परियोजना अन्तरगतका डिप बोरिङको मर्मत तथा सुधारको लागि आवश्यक अनुदानको व्यवस्था गरिनेछ। विषादीको प्रयोगबाट मानव शरिरलाई पर्ने असरहरुलाई न्यूनिकरण गर्न तथा विषादीको सुरक्षित प्रयोग बारे जनचेतना फैलाउन नगरपालिका भित्रका कृषि हाटबजार, स्वास्थ्य संस्था लगायत अन्य सार्वजनिक ठाँउहरुमा विषादीको सुरक्षित प्रयोग बारे जानकारीमूलक होडिङ बोर्ड, फ्लेक्स ब्यानर आदि राखिने छ। विभिन्न किसिमका फलफूलहरुको बगैँचा स्थापना गरी फलफूल उत्पादनमा ईच्छुक कृषकहरुलाई अनुदानको व्यबस्था गरिनेछ ।
२४) पशुमा हुने थुनेलो र बाँझोपना निवारणका लागि कार्यक्रम तय गरि संचालन गरिनेछ । सार्वजनिक निजी साझेदारीमा पशु आहारा आपूर्तिका लागि साईलेज प्रर्वद्धन कार्यक्रम संचालन गरिनेछ । पशु नश्ल सुधारका लागि गाईभैसीमा कृत्रिम गर्भाधान कार्यक्रमलाई निरन्तरता दिइने छ ।पाडा, पाडी पाठा, पाठी हुर्काउने कार्यक्रमलाई सीमान्तकृत समुदाय केन्द्रित गरी नमूनाको रुपमा संचालन गरिनेछ ।
२५) गाई र भैसीमा खोरेत र भ्यागुते, बाख्रामा पि।पि।आर र बंगुरमा स्वाइन फिवर विरुद्धको निशुल्क खोप कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिनेछ । पशु तथा कृषि सेवा शाखाहरुको स्तरोउन्नतीको कामलाई प्राथमिकतामा राखेको छु । जैविक, प्राङ्गारिक र गोबर मलको प्रभावकारी व्यवस्थापन गरिनेछ ।
२६) पशुपन्छी दानामा प्रयोग हुने मकै स्थानीय तवरले उपलब्ध हुने सुनिश्चित गरिनेछ । पशु आधार व्यवस्थापनका लागि दाना उद्योग स्थापना गर्न संघ र प्रदेश सरकारसँग समन्वय गरिने छ । पशुजन्य उत्पादन स्वस्थ्य र गुणस्तरीय बनाउनको लागि जनचेतनामूलक कार्यक्रम संचालन गरिनेछ
२७) वडा नं ११ शान्तिटोलमा रहेको पोखरी, वडा नं १ को कार्यालय अगाडि रहको पोखरी, विर्तामा रहेको पोखरी लगायत नगर भित्रका अन्य तालतलैया, कुवाँ र पोखरी लगायत प्राकृतिक जलाशय संरक्षण गरी मत्स्य उत्पादन तथा दृश्यावलोकनका लागि प्रयोगमा ल्याइने छ
२८) कृषि हाटबजारहरुलाई व्यवस्थित तवरले संचालन गरिनुका साथै कुनै व्यक्ति तथा संघ÷संस्थाले सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार हाटबजार संचालन गर्न चाहेमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइनेछ ।
२९) खैरेनी बजारमा संचालनमा रहेको रैथाने कृषि उपजलाई व्यवस्थित तरिकाले विक्रि वितरण गर्नको लागि उपयुक्त ठाउँमा स्थानान्तरण गरी स्थानीय कृषि उपजको बजारीकरणलाई टेवा पुर्याइने छ।
३०) ¨कृषि हाटबजारको पूर्वाधार निर्माण कार्यक्रमू सुरु गरी वडा नं ५ मा आधुनिक ढाँचाको हाट बजार निर्माणका लागि सम्भाव्यता अध्ययन गरिनेछ । मंगलबारे हाटबजार¸ बिर्ता, आईतबारे हाटबजार¸ पेटवनिया, बुधबारे हाटबजार¸ टटेरा, मंगलबारे हाटबजार¸ भलुही, शुक्रबारे हाटबजार, चरङ्गे शनिबारे हाटबजार¸ सहदौनिया, शित्तलनगर हाट बजारको पूर्वाधार निर्माणका लागि कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालयसँग सहकार्य गरिनेछ ।
३१) कृषिमा सिंचाईलाई पहिलो प्राथमिकतामा राखिने छ । परम्परागत कुला तथा घोलाहरुको खोजी गरि सतह सिचाइलाई प्रथमिकता दिनुको साथै स्यालो तथा डिप ट्युवेललाई समेत प्रर्वद्धन गरिनेछ । नगरपालिका विभिन्न स्थानमा जडान भएका डिपबोरिङ्गमा पाइप लाइन विस्तार गरी सिँचाईको क्षेत्रफल विस्तार गरिनेछ ।
३२) सिंचाई प्रणाली आसपासका जग्गाहरु बाँझो राख्न नपाउने व्यवस्थालाई कार्ययोजना सहित कार्यान्वयनमा लगिनेछ भने खाली जमिनमा केरा, मकै, घाँस, फूल, नर्सरी संचालन लगायतका कृषिजन्य क्रियाकलाप संचालनका लागि प्रोत्साहन गरिने छ ।
३३) मौरी पालनलाई प्रोत्साहन गर्न मौरीघार तथा आवश्यक सामाग्रीहरुमा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिईनेछ । मौरीपालन व्यवसायीलाई सहकारीमा संगठित गर्दै पहाडि क्षेत्रलाई मौरी श्रोतकेन्द्रका रुपमा विकास गरी महको ब्राण्ड्रिङ्ग गरिने छ ।
३४) देवदहका भित्रको खेतियोग्य जमिनको माटोको अवस्था तथा उर्वराशक्तिको बारेमा जानकारी दिन विभिन्न स्थानहरुको ूमाटो परिक्षण सेवाू संचालन गरिने छ।
३५) नगरपालिका भित्र अवैध रुपाम आयात हुने फुलहरुलाई निरुत्साहित गरी नगरपालिकालाई फुल खेतीमा आत्म निर्भर बनाउनका लागि नेपाल सरकारद्वारा जारी गरिएको पुष्ष प्रवर्धन नीति २०६९ अनुसार फुलखेतीलाई महत्वका साथ अगाडि बढाइने छ ।
पर्यटन क्षेत्र
३६) देवदह नगरपालिकाको चुरे क्षेत्रलाई ूहिलटुरिजमूको रुपमा विकास गरिनेछ । सरनबारी, सटाकखोला, दाउन्ने, उजेरी, केउली, दलदले, मुडाबास लगायतका नगरभित्रका चुरे क्षेत्रका ूपर्यटकीय गन्तव्यहरुू लाई थप व्यवस्थित गरिनेछ । यि क्षेत्रमा उत्पादन हुने परम्परागत घरेलु मदिरालाई ब्राण्डिङ्ग गरी आर्थिक उपार्जन र आन्तरिक पर्यटनमा टेवा पुर्याइने छ । वडा नं। ९ को घोडामा अवस्थित ूदेवदह तालूलाई सौन्दर्यिकरण गरी पर्यटक आगमनको वातावरण श्रृजना गरिनेछ ।
३७) गौतमबुद्वसँग सम्बन्धित ूपर्यटकीय गन्तव्यू भवानीपुर मन्दिर, बैरीमाई कन्यामाई, यशोधरा पार्क, स्मृति प्रस्तरकला, राष्ट्रिय गौतम बुद्ध उद्यान, पाकरी वृक्ष, मायादेवी पार्क, कोलिया पार्क, लभ्ली पार्क, वडा नं १० को बुद्ध पार्क, बैकुण्ठनगर पार्क, कोलिय शान्ति पार्क, आलोक स्मृति पार्कको सौन्दर्यिकरण गरी आकर्षक स्थलको रुपमा विकास गरिनुका साथै ूएक वडास् एक उद्यानूको नीतिलाई कार्यान्वयनमा लगिने छ । पाकरी वृक्ष रहेको जग्गा सम्बन्धित जग्गा धनीसँगको सहयोगमा नगरपालिकाको स्वामित्वमा ल्याइने छ । देवदहको इतिहासको थप पुष्टाईका लागि पुरातात्विक विभागसँगको समन्वय र सहकार्यमा थप स्थानहरुको उत्खनन् कार्यलाई अगाडि बढाइने छ ।
३८) देवदह नगरपालिका वडा नं। ४ मा राम नवमीको अवसरमा लाग्ने ऐतिहासिक मेलालाई प्रचार प्रसार तथा संरक्षण गर्दै यस क्षेत्र कै ऐतिहासिक एवं धार्मिक मेलाको रुपमा विकास गरिनेछ । प्राचिन भवानीपुर मायादेवी मन्दिर परिसर उत्खनन् तथा संरक्षण गरिनेछ ।
३९) करिब दुई सय वर्षअगाडि तत्कालीन ब्रिटिस सैनिकले नेपाल माथि आक्रमण गरेको माथागढी किल्लामा तत्कालीन योद्धाहरूले निर्माण गरेको सुरक्षा पर्खाल, युद्धमा प्रयोग गरिएका हात हतियार लगायतका ऐतिहासिक सम्पदाहरुको संरक्षण गरी पर्यटन प्रवर्धन गरिनेछ । यसैगरी उक्त स्थानलाई रूपन्देही, पाल्पा र नवलपरासीका मनोरम दृश्य तथा हिमालहरू अवलोकन गर्न सकिने हिल स्टेशनको रुपमा विकास गरिनेछ ।
४०) आर्थिक वर्ष २०८०।०८१ मा निर्माण सुरु गरिएको सरनबारी ( माथागढी पदमार्ग निर्माण कार्यलाई २०८१।०८२ मा समेत निरन्तरता दिएको छु । वडा नं १० चरङ्गे( लडियाबास ( दलदले हुँदै पाल्पा जिल्लाको बसन्तपुरसम्म पदमार्ग निर्माण निर्माणकार्यको लागि आवश्यक गृहकार्य गरी लागत सहभागिताका योजनामा समावेश गरिनेछ । यसैगरी नगरभित्रका सम्भाव्य स्थानका पदमार्गहरुको पहिचान गरिनेछ ।
४१) रोहिणि नदिको सभ्यता उजागर गर्नका लागि तिलोत्तमा नगरपालिका, रोहिणि गाउँपालिका, लुम्बिनी वौद्व विश्वविद्यालाय र लुम्बिनी विकास कोषको सहकार्यमा रोहिणी सभ्यता र ऐतिहासिक पक्षको अध्ययन गरी पर्यटकीय स्थलको रुपमा विकास गरिने छ ।
४२) भगवान बुद्वसँग सम्बन्धित विभिन्न ऐतिहासिक दस्तावेजहरुलाई व्यवस्थित बनाउन, वुद्वकालिन ईतिहासलाई झल्काउन, देवदह क्षेत्रमा पर्यटनका लागि आकर्षण बढाउन र लुम्बिनीमा आउने पर्यटक, मानवशास्त्र, इतिहास, संस्कृति, पुरातत्त्वका अध्येतारशोधकर्ताका लागि समेत महत्त्वपूर्ण सन्दर्भ स्रोत बनाउनको लागि देवहदह नगरपालिको उपयुक्त स्थानमा ूऐतिहासिक मुद्रा संग्राहालयू स्थापना गरिनेछ ।
४३) अर्गानिक खाद्यान्न, तरकारी, दूध, माछा, मकै, गहुँ उत्पादन एवं माछापालनका सफल फर्म र गाउँरटोलहरुलाई होमस्टेसँग जोडि ूकृषि पर्यटनू को विकास गर्नको लागि आवश्यक नीतिगत व्यवस्था गरिनेछ ।सिसपुर होमस्टे लगायत नगर भित्रका होमस्टे सम्भावित स्थानहरुको पहिचान गरी गुणस्तरीय घरबासू कार्यक्रम संचालन गरिनेछ ।
४३) नगर क्षेत्र भित्र रहेका पर्यटकीय स्थलहरू र अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण एवं सम्वर्धन गर्ने कार्यमा स्थानीय टोल विकास संस्था, आमा समूह, क्लव, संघ(संस्थाहरू लगायत स्थानीय समुदायलाइ प्रोत्साहन गरी स्थानीय जनताको प्रत्यक्ष संलग्नता बढाइनेछ ।
४५) आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि ूपर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणमा सरोकारवाला संघ संस्था, गैसस, निजी लगानीकर्ताहरूसँग सहकार्य गरिनेछ ।
४६) लुम्बिनी वौद्ध विश्वविद्यालयकोसंगको सहकार्य र समन्वयमा ऐतिहासिक देवदहको पात्रहरु, वुद्ध संग देवदहको सम्बन्ध तथा वौद्ध ग्रन्थमा उल्लेख भएका विषय वस्तुको अध्ययन अनुसन्धान गरि देवदहको महत्व उजागर गरिनेछ । देवदह क्षेत्रको एकिकृत विकासका लागि संघीय सरकार, प्रदेश सरकारको सहयोगमा देवदहलाई ूराष्ट्रिय गौरवको आयोजनाूको रुपमा स्थापित गर्नको लागि आवश्यक लविङ्ग एवं गृहकार्य गरिनेछ ।
४७) नगर क्षेत्रभित्रका युवाहरुलाई पर्यटन गाइडका रुपमा परिचालित हुन भाषा शिक्षण जस्ता कार्यका लागि आवश्यक व्यवस्था मिलाइने छ। देवदह नगरपालिका वडा नं। ९ मा रहेको सिमसार क्षेत्रमा करिव ५०० कछुवा राखि कछुवा संरक्षित क्षेत्रको रुपमा अगाडि बढाईने छ । मानव विकासकोक्रम संगै लोपउल्मुख बनेका परापूर्वकाल देखि दैनिक जिवनमा प्रयोग गरिदै आएका काठका सामाग्रीहरु संकलन गरी काष्ठ संग्रालय निर्माणका लागि पहल तथा सहकार्य गरिनेछ ।
४८) देवदह क्षेत्रको पर्यटन प्रवर्नधनलाई प्रभावकारी रुपमा संचालन गर्नको लागि पर्यटनको लागि छुट्टै शाखागत प्रवन्ध गरी प्रभावकारी रुपमा संचालन गर्ने व्यवस्था मिलाइने छ ।
उद्योग तथा रोजगारी
४९) संविधान तथा स्थानीय सरकार संचालन ऐनले दिएको अधिकारको अधिनमा रही सबै प्रकारका उद्योगहरुको व्यवस्थापनका लागि एकीकृत नीति तर्जुमा गरी उद्योगहरुलाई व्यवस्थित गरिनेछ ।
५०) बैंक, उद्योगी, व्यवसायीलाई व्यवसायीक सामाजिक उत्तरदायित्व ९ऋयचउयचबतभ क्यअष्ब िच्भकउयलकष्दष्ष्तिथ० निर्वाह गरि नगरपालिकाको समग्र विकासमा सहभागी हुन प्रेरित गरिनेछ ।
५१) प्रधानमन्त्री रोजगार कार्यक्रमू लाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानको लागि आवश्यक सहयोग पुर्याईनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम र अन्य कार्यक्रम बीच तालमेल मिलाउन थप नीतिगत व्यवस्था गरिने छ ।
५२) नगरपालिकाको स्वामित्वमा रहेका भवनहरुमध्ये उपयुक्त भवनलाई “देवदह नगर तालिम केन्द्र” को रुपमा विकास गरी नगरपालिकाबाट प्रदान गरिने तालिमहरुलाई सीपयुक्त र स्वरोजगारमूलक बनाउने गरी आगामी वर्ष थप २२० जना युवारयुवातीलाई स्वरोजगारमूलक तालिम प्रदान गरिनेछ । देवदह नगरपालिकालाई द्यगकष्लभकक ज्गद को रुपमा विकास गर्नको लागि आवश्यक नीतिगत प्रवन्ध गरिनेछ । स्थानीय उत्पादन विक्रि वितरणका लागि नगरपालिकाको देवदह ७ मा रहेको ूकोसेली घरू लाई सुपथ मुल्यमा उपलव्ध गराईने छ ।
५३) नगर भित्रका उद्योग वाणिज्य संघ, व्यापार संघ र व्यापार संगठनको समन्वय र सहकार्यमा रोजगारी अभिवृद्धिका कार्यक्रमहरु अगाडि वढाइनेछ । रोजगारी सिर्जना गर्ने कार्यक्रम अन्तरगत नगरपालिकाको रोजगार केन्द्रलाई ूश्रम सूचना वैँकूको रुपमा विकसित गरिनेछ । उद्योग तथा व्यापार मेलाहरुको प्रवर्धन गर्ने कार्यमा सहयोग पुर्याइनेछ । स्थानीय रुपमा उपलव्ध हुने पटेर, थाकल, सालको पात, इत्यादीबाट ढकीया, झोला, मान्द्रो, मुडा, टपरी जस्ता लघु उद्यममा आधारित व्यावसाय विकास कार्यक्रम विस्तार गरिनेछ । वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने आर्थिक सहायतालाई स्थानीय तहबाट सहजिकरण गरिनेछ । संघ तथा प्रदेशले ल्याएको रोजगारमूलक कार्यमा अपनत्व कायम गर्दै रोजगारीका नयाँ क्षेत्रहरु पहिचान गरि अवसरहरु बिस्तार गरिनेछ । रोजगार सेवा केन्द्रको संचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाईनेछ।
५४) निजी क्षेत्र र देवदह नगरपालिको संयुक्त प्रयासमा विगत १० वर्षदेखि कृषि तथा पर्यटन औद्योगिक व्यापार महोत्सव मार्फत स्थानीय उत्पादनको प्रवर्धन गरिदै आएको महोत्सव स्थललाई स्तरोउन्नती गरी ूदेवदह मण्डपू निर्माण गर्ने नीति लिइने छ ।
५५) स्थानीय आर्थिक विकासको प्रवर्धनको लागि नगर प्रमुखको संयोजकत्वमा स्थानीय आर्थिक विकास संवाद समिति गठन गरी लघु घरेलु तथा साना उद्योग र उद्यमशीलता विकासका लागि आवश्यक सहजिकरण र स्थानीय आर्थिक विकासको प्रवर्धनमा सहजिकरण गरिनेछ । त्यसैगरी स्थानीय आर्थिक विकास योजना, स्थानीय आर्थिक सर्वेक्षणको प्रकाशन, उत्कृष्ट उद्यमीलाई सम्मान, एक घर एक रोजगार कार्यक्रम लगायतका कार्यक्रम संचालन गरी स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाई स्थानीय आर्थिक विकासको सूचकाङ्कमा उत्कृष्टता हासिल गरिनेछ । स्वरोजगार कार्यक्रम अन्तरगत यस आ।व। ५० वटा साना व्यवसाय स्थापना गरी संचालन गर्न अनुदान प्रदान गरिने छ। नगर प्रमुख उद्यमशीलता कार्यक्रमलाई निरन्तरता दिई नतिजामूलक तवरले संचालन गरिने छ ।
उपभोक्ता हित संरक्षण क्षेत्र
५६) उपभोक्ताको अधिकार संरक्षणको लागि उपभोक्ता सचेतना अभिवृद्धि, स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण, वस्तु वा सेवाको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर मापन, शुद्धता, नियमित रूपमा बजार अनुगमन कार्यमा वडा कार्यालयलाई समेत परिचालन गरी प्रभावकारी बनाइनेछ । व्यवसायिक आचारसंहिता र इथिक्स विपरित हुने गरि खाद्य वस्तु, किराना, कपडा, पुस्तक र हरियो तरकारी बेच्ने पसलबाट मदिरा, सुर्तिजन्य पदार्थ, विषादी, किटनासक औषधी जस्ता वस्तुरसामान बेचविखन गर्न नपाउने व्यवस्थालाइ कार्यान्वयनमा ल्याईनेछ । उपभोक्ता हित संरक्षण मञ्च गठन गरी उपभोक्ता अधिकार संरक्षणको लागि क्रियाशील बनाई मूल्य र गुणस्तरमा उपभोक्ता नठगिने वातावरणको सुनिश्चितता गरिने छ ।
५७) उपभोक्ताहरुको हितलाई ध्यानमा राखी गुणस्तरीय वस्तु छनौटको क्षमता वृद्धिका लागि सचेतनामुलक कार्यक्रमहरु गरिनेछ । खाद्यान्न सम्बन्धि व्यवसायीहरुलाई उपभोक्ताको स्वास्थ्य संवेदनशीलताप्रति जवाफदेही र सचेत तुल्याउने नीति लिइनेछ।
५८) धुम्रपान र सूर्ति सेवनले नगरबासीको आर्थिक, सामाजिक र सांस्कृति क्रियाकलापमा नकारात्मक असर पार्ने हुँदा यसलाई नियन्त्रण गरी नगरबासीको स्वास्थ्य रक्षार्थ सुर्तिजन्य पदार्थको आयात, उत्पादन, विक्री, वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण र नियमन गरिने छ ।
सहकारी
५९) निजी क्षेत्र, गैरसरकारी क्षेत्र र विकासका साझेदारहरुसँगको सहकार्यबाट सहकारी प्रवर्धन, समूह सहकारीकरण, सहकारी सचेतना, सहकारीमा रहेको पूँजी परिचालन, सहकारी मार्फत लगानीको अभिवृद्धि, सहकारी खेती प्रणाली लगायतका कार्यक्रमहरु संचालन गरिनेछ ।
६०) सहकारी संस्थाहरुको सुदृढीकरण, विकास र प्रवर्धनको लागि नियमित अनुगमन, नियमन र निरीक्षणको व्यवस्था मिलाइनेछ।सहकारी संघ संस्थाहरुसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी मोडलमा उत्पादनमूलक उद्योग व्यवसाय संचालन गर्ने कार्य अघि बढाइनेछ । सहकारीसँग सम्बन्धित अभिलेख अद्यावद्यिक गरिनेछ।साना किसानहरु र कम आयस्तर रहेका नागरिकहरु आवद्ध रहेका सहकारी संस्थाहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग पुर्याइनेछ । साना किसान र बचत तथा ऋण सहकारी मार्फत् ूवित्तीय साक्षरता कार्यक्रमू संचालन गरिनेछ ।
६१) सहकारीमा आवद्ध विपन्न महिला, सीमान्तकृत, गरीव समुदाय, अपाङ्ग, भूमिहीन तथा पिछडिएको समुदाय र श्रमिकहरूलाइ एकल तथा सामूहिक रूपमा स्वरोजगारमूलक उद्योग व्यवसाय संचालन गर्ने क्षमता विकासका लागि विभिन्न तालिम प्रदायक संघरसंस्था, प्रतिष्ठानहरूसँग सहकार्य गरी आवश्यक पर्ने व्यवसायिक तथा सीपमूलक तालिम प्रदान गरिने छ ।
६२) सरकार, निजी क्षेत्र र सहकारी बीचको सहकार्य र साझेदारीमा उत्पादन तथा सेवामूलक उद्योग व्यवसायको स्थापना गर्न प्रोत्साहन गरिनेछ । वैदेसिक रोजगारी गैरआवासीय नेपाली समुदायद्वारा नरपालिकाभित्र उद्यमशीलता प्रवर्धन सहित रोजगार सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न चाहेमा नगरपालिकाको कार्यक्षेत्र भित्र रहेर आवश्यक पूर्वाधारको निर्माण लगायत व्यवसाय प्रवर्धनमा आवश्यक सहयोग पुर्याईने छ ।
६३) आम नागरिकहरूलाई सहकारी सम्बन्धी जनचेतना अभिवृद्घिका लागि सहकारी संस्था, नागरिक समाज, विकास साझेदार, शैक्षिक क्षेत्र, सञ्चार जगतका साथै सम्बद्घ सामाजिक संघ संस्थाहरूलाई परिचालन गरिनेछ । विभिन्न सहकारी संघ संस्थाहरूबीच आपसी समन्वय र सहकार्य पद्दतीको विकास गर्न नगरस्तरीय सहकारी सञ्जाललाई प्रभावकारी बनाइने छ ।
६४) सहकारी प्रणालीलाई उद्यमशीलता विकास, कृषिको आधुनिकरणमा परिचालन गरिनेछ । सहकारी संस्थाको नेतृत्वमा कृषि उत्पादन, प्रशोधन तथा बजारीकरणको कार्यक्रम संचालन गरिनेछ ।
६५) दुग्ध उत्पादक कृषि सहकारी संस्थाहरूलाइ दुग्धजन्य पदार्थको उत्पादन, विक्रि वितरण कार्यको लागि अनुदान उपलब्ध गराइनेछ । तालिम पश्चात व्यवसाय संचालन गर्न सहकारी र नगरपालिकाको सहलगानीमा सहुलियत कर्जाको व्यवस्था गरिने छ । सरोकारवालाहरुसँग छलफल गरी पिक आवरमा दुधको आपूर्ति व्यवस्थापन गर्न दुधको मूल्य समायोजन गरिनेछ ।
६६) सहकारी शिक्षालाई प्रवर्द्धन, एक सहकारी एक उत्पादनको नीतिलाई अगाडि बढाउँदै उद्देश्य अनुरुपका सहकारीलाई पुरस्कृत र सहकारी एकीकरण गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ। प्रविधिमा आधारित अनुगमन प्रणाली विकास गरिनेछ। नियमन तथा प्रबर्धनका लागि उपयुक्त संरचना निर्माण गरी कार्यान्वयनको वातावरण मिलाइने छ। स्थानीय सहकारीको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने छ। सहकारी उद्योग व्यवसाय प्रबर्द्धन गर्न स्थानीय स्रोत र कच्चा पदार्थमा आधारित विशिष्टिकृत सहकारी उद्योग स्थापना लाई प्राथमिकता दिइने छ। बैंक, सहकारी तथा वित्तीय संस्थाहरुलाई सामाजिक उत्तरदायित्व अन्तरगत सामुदायिक विकासका गतिविधिहरुमा सहभागी हुन प्रोत्साहित गराइने छ। सहकारी संस्थाहरुलाई ऋइएइःक्ष्क् प्रणालीमा आवद्ध गराउने नीतिलाई प्रभावकारी बनाइने छ। वित्तीय अनुसाशन र पारदर्शिताका लागि सहकारी शिक्षा मार्फत सहकारी संस्थाहरुको कुशल व्यवस्थापन गर्ने तथा आवश्यक तालिम कार्यक्रमहरु सञ्चालन गरीने छ।
सार्वजनिक नीजि साझेदारी
६७) सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार शीतभण्डार, पर्यटन, फोहोरमैला व्यवस्थापन, उद्यम विकास, भौतिक संरचना निर्माणका आयोजना संचालन गरिनेछ । नगरपालिका र वजार व्यवस्थापन समितिको लागत साझेदारीमा उन्नत स्तरको प्रशोधन केन्द्र स्थापना गरी फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने कार्यको शुभारम्भ गरिनेछ । सार्वजनिक नीजि साझेदारीका थप क्षेत्रहरुको पहिचान गरी लगानीको सम्भावना पहिल्याइनेछ ।
६८) सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार स्वस्थ्यकर मासु उत्पादन, भण्डारण र विक्रि वितरण गर्ने सहलगानी आयोजनाको सुरुवात गर्न आवश्यक गृहकार्य गरिनेछ ।
भूमि प्रशासन, भू–उपयोग र सार्वजनिक जग्गा संरक्षण
६९) नगरपालिकाभित्र रहेका ऐलानी, पर्ती र सार्वजनिक जग्गाको नक्साङ्कन र सिमाङ्कन गरी संरक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने छ र अतिक्रमणलाई निरुत्साहित गरिनेछ । जग्गाको स्वामित्वको विवाद भएका स्थानहरुको पहिचान गरी ूजग्गा पुनस्नापीको कार्यक्रमू लाई संघीय र प्रदेश सरकारको सहकार्यमा अगाडि बढाइने छ । नेपाल सरकार तथा प्रदेश सरकार र राष्ट्रिय भूमि आयोगसंगको सहकार्यमा भूमीहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन गर्ने कामलाई निरन्तरता दिइने छ ।
७०) अव्यवस्थित बसोबासी, भूमिहिन किसान र सुकुम्वासी नागरिकहरुलाई सम्बोधन गर्नको लागि संघीय सरकारसँग समन्वय गरी आवश्यक गृहकार्य अगाडि बढाइनेछ । भूमीहिन किसानहरुलाई खेती गर्नका लागि बाँझो जग्गा करारमा उपलब्ध गराउन सहयोग पुर्याउनको लागि ूभूमि वैकूको अवधारणालाई मूर्तरुप दिइने छ ।वडास्तरीय सीमाना र नगरपालिकाको सीमानामा सम्बन्धमा विज्ञ टोली गठन गरी पुन सीमांकन गर्नको लागि प्रदेश सरकार मार्फत संघीय सरकारलाई अनुरोध गरिने छ ।
७१) भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बसोबास गराउनको लागि सुरु गरिएको नापजाँच कार्यलाई समयमै सम्पन्न गर्नको लागि राष्ट्रिय भूमि आयोगसँग सहकार्य गरिएको छ । सार्वजनिक तथा नेपाल सरकारको नाममा रहेको जग्गालाई नगरपालिका मातहत ल्याउने कार्यलाई निरन्तरता दिइने छ । देवदह नगरपालिकाद्धारा विस्तार गरिने सडकका कारण घरवार विहिन हुने नागरिकहरुका लागि उपयुक्त स्थानको खोजि गरी व्यावस्थापन गरिने छ ।
गरिवी न्यूनीकरण
७२) ‘एक घर स् एक बैंकरसहकारी खाता, एक महिलास् एक बैकरसहकारी खाता अभियान’ सञ्चालन गरी सरकारको आर्थिक र सामाजिक सहयोग सबै परिवारमा सिधै पुग्ने वातावरण मिलाइनेछ ।
७३) संघिय सरकार तथा प्रदेश सरकार मार्फत प्राप्त हुने खरको छानो विस्थापन तथा सुरक्षित आवास कार्यक्रम लाई प्रभावकारी कार्यन्वयन गर्ने कार्य गरिनेछ ।
७४) उद्यम विकास कार्यक्रम अन्तर्गत विभिन्न चरणको तालिम प्राप्त व्यक्तिहरुलाई अन्य उद्यमशीलता प्रवर्धन कार्यक्रमका लागि प्राथमिकता दिइने छ । नगर भित्र नँया लघु उद्यम स्थापना गरी रोजगारीको अवसर श्रृजना गर्ने युवालाई एक पटकको लागि ५० हजार नगद सहित सम्मान गरिनेछ ।
शिक्षा प्रणाली
७५) ‘विद्यालयको शैक्षिक र भौतिक सुधारः बालबालिका विद्यालय प्रवेशको पहिलो आधार’ भन्ने नाराका साथ समग्र ूशिक्षा प्रणालीको सुधारको कामू स्थापित मान्यताको जगमा टेकेर स्पष्ट दृष्टिकोण, प्रतिबद्धता, लगनशीलताका साथ चालु आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षलाई ूशैक्षिक सवलीकरणको वर्ष घोषणाू गर्दै शैक्षिक विकासका नयाँ र सिर्जनशील र मौलिक कार्यक्रमहरु संचालन गरिनेछ ।
७६) शिक्षा प्रणालीलाई आर्थिकरसामाजिक रुपान्तरणको संवाहको रुपमा विकास गर्नका लागि सबै तह एवं विधाको शिक्षामा समतामूलक पहुँचको सुनिश्चितता, गुणस्तरमा सुधार, अब्वल व्यवस्थापकीय क्षमताको विकास, सामुदायिक एवं संस्थागत विद्यालय बीचको भिन्नताको अन्त्य, असल अभ्यासहरुको आदान प्रदान, शैक्षिक क्षेत्रमा सुशासन, सामुदायिक विद्यालय सवलीकरण, भौतिक पूर्वाधार निर्माण, समुदायको अपनत्व, सघन र नियमित अनुगमन, समन्वयतात्मक प्रयास लगायतका शैक्षिक सुधारका कार्यक्रमहरु शिक्षा प्रणालीका स्थापित मान्यताका आधारमा संचालन गरिनेछ ।
७७) शिक्षा क्षेत्रका “आशालाग्दा अभ्यास” र “प्रयास गरे परिवर्तन सम्भव छ” भन्ने मान्यता स्थापित गर्न शैक्षिक प्रणालीलाई जिम्मेवार, जवाफदेही, पारदर्शी, नतिजामुखी र उत्तरदायी बनाइने छ ।
७८) नगरपालिकाको शिक्षा प्रणालीलाई विगतमा सिकिएका पाठहरुको आधारमा विद्यमान कानूनी, संस्थागत र प्रक्रियागत सुधारलाई थप सुदृढ बनाउँदै रणनीतिक ढंगले अगाडि बढाइनेछ ।
७९) सामुदायिक तथा संस्थागत विद्यालयबीचको दुरी कम गर्दै सबै विद्यालयप्रति आम नागरिककको विश्वास र आकर्षण वृद्धि गर्न सामाजिक सचेतना अभियान संचालन गरिने छ । शिक्षक विद्यार्थी एवं अभिभावकहरुमा उत्प्रेरणा जगाउनको लागि शिक्षक विद्यार्थी अभिभावक परामर्श कार्यक्रम संचालन गरिने छ ।
८०) सामुदायिक विद्यालयको पूर्वाधार सुधार कार्यक्रमू अन्तरगत अधुरा भवनहरुको निर्माण सम्पन्न, टहरामा कक्षा संचालन गर्ने परिस्थितिको अन्त्य, पर्याप्त शैक्षिक तथा खेलकुदका सामग्री, सुरक्षित भवन, पर्याप्त फर्निचर, व्यवस्थित पुस्तकालय, भरपर्दो इन्टरनेट सेवा, वातावनुकुलित बालशिक्षा कक्षा कोठा, व्यस्थित प्रयोगशाला, जिर्ण जस्तापाताहरू विस्थापित लगायतका कामहरु सम्पन्न गरिनेछ ।
८१) टिनका छानामा “फल्स सिलिङ्ग” राख्ने कार्यक्रम आधारभूत तहबाट सुरु गरी क्रमशस् सबै विद्यार्थीहरुलाई टिनको प्रत्यक्ष छानामुनी बस्नु पर्ने बाध्यताको अन्त्य गरिनेछ । यातायात सञ्चालन गर्ने विद्यालयहरुलाई यातायात व्यवस्थापनको मापदण्ड तयार निश्चित रकमको प्रवन्ध मिलाइने छ।
८२) प्रत्येक ूविद्यालय क्षेत्र भित्र आकर्षक फुलबारी निर्माणू गरिने छ । समुदाय, नगरपालिका र विद्यालयको संयुक्त लागतमा विद्यालय रङ्गरोगन र अन्य सौन्दर्यिकरण कार्यक्रम संचालन गरिनेछ । विद्यालय तथा क्याम्पसहरुको भोगाधिकार प्राप्त प्रयोगविहिन जग्गामा वृक्षारोपण तथा हरियाली प्रवर्धन तथा अन्य उपयुक्त विकल्प पहिचान गरी उत्पादनमूलक बनाइनेछ । हाल संचालनमा रहेका विद्यालयहरु भवनमा भूकम्प प्रतिरोधी प्रविधि जडानमा आवश्यक सहजिकरण गरि भूकम्प प्रतिरोधी विद्यालय संरचना निर्माणमा जोड दिइनेछ । विद्यालय समायोजना कार्यक्रमलाई नमूनाको रुपमा सुरु गरिनेछ ।
८३) शिक्षा क्षेत्रमा हालसम्म सम्पादन भएका क्रियालापहरु समेतलाई समेटि ूसामुदायिक विद्यालय सवलीकरण कार्यक्रमू घोषणा गरिनेछ । सामुदायिक विद्यालयमा प्रदान गरिदै आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइने छ । कक्षा १(१२ सम्मका सबै छात्रछात्राहरूलाई निःशुल्क पाठ्यपुस्तक तथा कक्षा १ देखि ८ सम्मका छात्राहरू र दलित विद्यार्थीहरूलाई छात्रवृत्ति कार्यक्रमहरू निरन्तरता दिएको छु । नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शिक्षक दरबन्दी मिलान र सरुवाको मापदण्ड तयार पारी ूशिक्षक(विद्यार्थी अनुपातू समतामूलक रुपमा व्यवस्थापन गरिनेछ
८४) स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक सामुदायिक र नीजि दुवै प्रकारका विद्यालयहरूमा निःशुल्क रूपमा वितरण गर्ने कार्यलाई निरन्तरता दिइने छ । गुरुकुल, विहार, गुम्बा, मदरसा र प्राविधिक शिक्षामा आवश्यक सहयोग गरिने छ ।
८५) विद्यालय पुन: नक्सांकन कार्य सम्पन्न नहुँदासम्म प्रारम्भिक बालविकास केन्द्रहरुको अनुमति, सामुदायिक तथा संस्थागत विद्यालयहरुको अनुमति तथा कक्षा थपको अनुमति प्रदान गर्ने व्यवस्था कार्यविधि निर्माण गरी स्थगित गरिने छ ।
८६) नगर अनुदान शिक्षक र वाल विकास शिक्षक अनुदानको निरन्तरता, शिक्षण सिकाइ अनुदान शिक्षक, र विद्यालय कर्मचारीहरुका लागि नगरपालिकाबाट थप सुविधा प्रदान गरिनेछ ।
८७) विद्यालयमा पठनपाठन हुने स्वीकृत पाठ्यपुस्तकको सुनिश्चतता गरिने छ । विद्यालय स्रोतबाट तलब खाने शिक्षकहरुको समस्या समाधानका लागि नगरपालिकाले आवश्यक पहल गर्ने छ ।
८८) विद्यालय मर्जको प्रक्रियामा सम्बन्धित विद्यालयको व्यवस्थापन समिति र सरोकारवालासँग छलफल गरि एकपटक विद्यार्थी सङ्ख्या बढाउन लक्ष्य सहितको सहयोग प्रदान गरिने छ । सुधार नभएमा विद्यालय समायोजन कार्यविधि तयार गरी विद्यालय समायोजनको प्रक्रिया अघि बढाउनु अगाडि बढाइने छ ।
८९) प्राविधिक शिक्षा तथा प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने छ । कम्तीमा एक विद्यालयलाई सङ्घ तथा प्रदेश सरकारसँगको सहकार्यमा स्मार्ट स्कुल बनाउने कार्यको प्रारम्भ गरिने छ । डिजिटल प्रविधिबाट शिक्षण गर्न सामुदायिक विद्यालयका शिक्षकलाई एक शिक्षाक एक ल्यापटप र एक विद्यालय एक प्रोजेक्टर व्यवस्था गर्न शिक्षक, विद्यालय र नगरपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन गरिने छ । विद्यालयमा प्रबिधिको प्रयोग गर्ने शिक्षकहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम संचालन गरिनेछ । सबै विद्यालयमा विद्युतीय हाजिर प्रणालीलाई अनिवार्य बनाई त्यसको मासिक रुपमा अभिलेख नगरपालिकाले राखी प्रभावकारी अनुगमनको प्रवन्ध मिलाईने छ । कम्प्युटर शिक्षकका लागि आवश्यक गृहकार्य गरिने छ ।
९०) शिक्षकहरूको पेसागत विकासका साथै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, लगायत विद्यालयसँग सम्वन्धित सरोकारवालाहरूको ूव्यवस्थापकीय क्षमता अभिवृद्धिू गरिने छ । शिक्षकको क्षमता अभिवृद्धि कार्यक्रममा विषयगत तालिमका साथै आत्मसम्मानका साथ शिक्षण सिकाइ क्रियाकलाप ९त्भबअजष्लन भिबचलष्लन धष्तज मष्नलष्तथ० लगायत सर्वसम्बन्धित विषयहरू ९ऋचयकक(अगततष्लन क्ष्ककगभक० सँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरिने छ । प्रधानाध्यापकको सक्षमता वृद्धिका लागि सार्वजनिक खरिद ऐन तथा नियमावली अध्ययन, अवलोकन इमिक्समा सप्टवेयरको तालिमको प्रवन्ध गरिनेछ । सम्पूर्ण शिक्षकहरुलाई विभिन्न उत्प्रेरणामूलक कार्यक्रम क्षमता अभिवृद्वि कार्यक्रमलाई उच्च प्राथमिकता दिइने छ ।
९१) सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरूको विषयगत समितिलाई विषयगत सिकाइ उपलब्धि अभिवृद्धि गर्नका लागि अभिप्रेरित गरिने छ । विद्यार्थीको सिकाइ उपलब्धि तथा कार्यसम्पादनको आधारमा उत्कृष्ट विद्यालय, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा कर्मचारीलाई सम्मान तथा प्रोत्साहान कार्यक्रम गरिने छ । विद्यार्थीको चौतर्फी विकासको लागि विद्यालयमा नियमित रूपमा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने छ । नगरस्तरमा अन्तरविद्यालय स्तरीय तहगत प्रतियोगिताहरू, सामुदायिक र संस्थागत दुवै विद्यालयको सहभागितामा सञ्चालन गरिने छ ।
९२) विद्यालयको परीक्षा प्रणालीलाई थप व्यवस्थित गराइने छ । ूउपलब्धि मापन परीक्षा सञ्चालनू गरी शैक्षिक गुणस्तर अभिवृद्दि योजना बनाइने छ ।
९३) विद्यालयको अनुगमनलाई योजनावद्ध र सूचकमा आधारित बनाउन क्बmभ त्ष्mभ ब्िि क्अजयय िक्गउभच ख्ष्कयल बलम ःयलष्तयचष्लन ९क्त्ब्ःक्० कार्यक्रम सञ्चालन गरि विद्यालय सुपरिवेक्षण तथा अनुगमन कार्यलाई प्रभावकारी बनाइने छ । विद्यालय जाने उमेर समूहका सवै बालबालिकाहरूलाई विद्यालय भर्ना गरी सबैको पहुँच सुनिश्चितका लागि विद्यार्थी भर्ना अभियान, केही विद्यालयको विस्तृत योजना निर्माण, सबै विद्यालयलाई पूर्णसरसफाईयुक्त र हरियाली, एकीकृत र नतिजामा आधारित अनुगमन योजनाको निर्माण, विद्यालयका शिक्षक, कर्मचारीहरुको क्षमता अभिवृद्धि लगायतका थप प्रवर्धनात्मक कार्यक्रमहरु संचालन गरिनेछन ।
९४) बालमैत्री वातावरण सृजना गर्न, विद्यार्थीहरूमा श्रमप्रतिको आस्था सकारात्मक सोच र सृजनात्मकता अभिवृद्धि गर्न ×हाम्रो विद्यालयको सरसफाइ र सुन्दरताका लागि हरेक दिन मेरो दुई मिनेटˮ अभियान सुरु गरिने छ । उक्त अभियानले विद्यालयको स्वच्छ र सफा वातावरण सृजना गर्न एकीकृत रूपले पाठ्यक्रमका अपेक्षित सिकाइ उपलब्धि हासिल गर्ने गराउने क्रियाकलापतर्फ अभिप्रेरित गरिने छ ।×हाम्रो स्कुल स् बनाउ राम्रो स्कुल ” अभियानअन्तर्गत सामुदायिक विद्यालयमा दक्ष विषयगत शिक्षकको व्यवस्था गरिने छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्घि गर्न विभिन्न प्रवर्धनात्मक अभियानहरु संचालन गरिनेछ । घोकन्ते शिक्षा प्रणालीबाट सोच्ने, सोध्ने, गर्ने र सिक्ने शिक्षा प्रणालीको विकास गरिने छ । “प्रधानाध्यापक, शिक्षकहरूलाइ निर्माण कार्यमा होइन कक्षाकोठामा विद्यार्थीको पठनपाठनमाˮ केन्द्रित गरिने छ । ूविद्यालय सुशासनू अभियान संचालन गरी विद्यालयको संस्थागत व्यवस्थालाई सवलीकरण गरिनेछ ।
९५) “सफा र स्वच्छ वातावरण, स्वस्थ खाना, सुन्दर विद्यालय, स्वस्थ शरीर, स्वस्थ दिमाग उच्चतम् सिकाइ उपलब्धिˮ लाई आत्मसात गर्दै सबै सामुदायिक विद्यालयहरूमा स्वच्छ पिउने पानीको व्यवस्था मिलाइने छ । संस्थागत विद्यालयमा पनि अनुगमन गरी स्वच्छ पिउने पानीको प्रवन्ध गर्न लगाइने छ ।
९६) अस्थायी करारका विभिन्न प्रकारका शिक्षक छनौट कार्यलाइ ब्यवस्थित गर्न शिक्षक छनौट कार्यविधिका आधारमा छनौट गरिनेछ । उक्त कार्य गर्दा आवश्यक पर्ने वजेट नगरपालिकाले ब्यवस्थापन गर्ने कार्यको थालनी गरी विद्यालयलाई आर्थिक भार कम गरिनेछ ।
९७) यस नगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी एमबीबीएस, सूचना प्रविधि र कृषि विषयमा अध्ययन गर्ने सर्वोत्कृष्ट अङ्क प्राप्त गरेका एकरएकजना छात्र र छात्रालाई छात्रवृत्तिको व्यवस्था गरिने छ । विद्यालय तहमा प्रदान गरिदै आएको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै जेहेन्दार, अल्पसंख्यक, सीमान्तकृत, अनाथ, असहाय, टुहुरा, अपाङ्गता, दलित, विपन्न समूह र न्यून आय भएका समुदायका बालबालिकालाई आधारभूत तहको शिक्षाका लागि थप छात्रवृत्तिको विशेष व्यवस्थाका लागि ूनगर प्रमुख छात्रवृत्ति कोषू स्थापना गरिने छ । संस्थागत विद्यालयद्धारा विद्यार्थीहरुलाई उपलब्ध गराउनु पर्ने १० प्रतिशत छावृत्तिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । गुरुकूल, गुम्बा, विहार, सामुदायिक सिकाई केन्द्र, मदरसा, खुला एवम् बैकल्पिक शिक्षा कार्यक्रम संचालनका लागि प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरिनेछ । लैङ्गिकमैत्री, बालमैत्री, अपाङ्गमैत्री सिकाई प्रणालीलाई संस्थागत गर्नको लागि उपयुक्त रणनीति तय गरी कार्यान्वयनमा ल्याइनेछ ।
९८) विभिन्न कला, संस्कृति, भाषा आदिको संरक्षण र प्रवर्धन गर्न साथै अन्य नगरपालिकाभित्र सञ्चालन भएका विविध क्षेत्रका कार्यक्रमहरूको अध्ययन अनुसन्धान गरी मार्गनिर्देशन गर्न प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुको नियुक्ति खुला प्रतिस्पर्धाबाट गरिने छ । देवदह आदर्श बहुमुखी क्याम्पससँग सहकार्य गरी प्राज्ञिक ज्ञान आदान प्रदान गर्ने कामको सुरुवात गरिनेछ ।
९९) विद्यालय नर्स कार्यक्रमलाई परीक्षणको रुपमा कुनै एक विद्यालयबाट सुरु गरिने छ । प्रारम्भिक बालविकास केन्द्रहरूलाई सुविधासम्पन्न बनाउन बनाइने छ । क्याम्पसहरूलाई प्रदान गरिने अनुदानलाई विद्यार्थीहरूको इन्टर्नसिप कार्यसँग आवद्ध गरिने छ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अनौपचारिक तथा जीवनपर्यन्त सिकाइसँग सम्बन्धित विविध कार्यक्रमहरू प्रदेश र सङ्घीय सरकारसँगको सहकार्यमा सञ्चालन गरिने छ ।
१००) सामुदायिक विद्यालयका प्रधान अध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग कार्यसम्पादन करार गरी शिक्षाको गुणस्तरमा सुधार गरिने छ । सामुदायिक विद्यालयका माध्यामिक तहका उत्कृष्ट प्रतिभा भएका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई ूनगर प्रतिभा पुरस्कारू र उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकहरुलाई ूउत्कृष्ट शिक्षक पुरस्कारू प्रदान गरिने छ । शिक्षाको गुणस्तर सुधारका लागि ूविद्यालय सुधार कार्ययोजनाू शिक्षा समितिमा पेश गर्नुपर्ने प्रणालीको सुरुवात गरेको छु ।
१०१) विद्यालयको प्रधानाध्यापक र शिक्षकसँगै नतिजाका लागि सबै पक्ष जिम्मेवार हुने नीति अबलम्बन गर्नुका साथै बढी अनुत्तिर्ण हुने अङ्ग्रेजी, गणित र विज्ञान विषयका सन्दर्भमा सुधारको नीति अबलम्बन गर्न विषयगत शिक्षकलाई प्रोत्साहन र पुरस्कार अन्तर्गत अङ्ग्रेजी, गणित र विज्ञान लगायतका विषयमा ९० प्रतिशतभन्दा बढी नतिजा प्रदान गर्ने शिक्षकलाई नगरपालिकाबाट पुरस्कृत गरिने छ।
१०२) सबै महिला शिक्षकहरुलाई सुत्केरी विदा दिने र निज विदामा रहदा पठन पाठनलाई अवरुद्व हुन नगरपालिकालाई कम आर्थिक भार पर्ने गरी नगर भित्रका क्याम्पस तहका विद्यार्थीहरुलाई भोलिन्टर सहयोग लिने कानूनी प्रवन्ध गरी सुत्केरी स्याहार विदामा भोलिन्टर शिक्षक व्यवस्था कार्यक्रम संचालन गरिनेछ ।
१०३) देवदह नगरपालिकाभित्र कक्षा ११ र १२ मा विज्ञान विषय सञ्चालन गर्नु पर्ने अवस्थालाई सुनिश्चित गर्न २।८ भन्दा माथि जि।पि।ए। ल्याउने विद्यार्थीलाई देवदहमै विज्ञान विषय अध्ययन गर्दा छात्रवृत्ति, अध्ययन सहयोग र सबल शिक्षकको व्यवस्थापन गर्ने नीति अबलम्बन गरिने छ ।
१०४) विद्यालयहरुलाई समानुपातिक रुपमा मसलन्द खर्च उपलब्ध गराइने छ । ११ र १२ मा दरवन्दी विना चलेको विद्यालयलाई दरवन्दीको व्यवस्था गर्न आवश्यक गृह कार्य गरिनेछ । शिक्षकले अनिवार्य शैक्षिक सामग्री सहित कक्षाकोठा प्रवेश गर्ने नीतिलाई अनिवार्य बनाइने छ । मन्टेश्वरी तथा कक्षा ३ सम्मको शिक्षामा बढी लगानी गर्ने नीति लिइने छ । निश्चतित अवधि सेवा पुर्याएका शिक्षकहरुलाई सुनौलो अवकाश योजना मार्फत अवकाश दिई नयाँ पदपूर्तिको प्रक्रिया थालनी गरिनेछ । आगामी आर्थिक वर्षदेखि विद्यालय क्षेत्र निर्धारण गरि कार्यान्यनमा ल्याइने छ ।
१०५) लुम्बिनि विश्व विद्यालय लुम्बिनी विकास कोष गैरआसीय नेपाली संघ लगायतसँग साझेदारी गरी पर्यटक पूर्वधारको रुपमा स्तरीय होटल संचालन गर्नको लागि आवश्यक सम्भाव्यता अध्ययन गरी कार्य प्रारम्भ गरिनेछ ।
१०६) देवदह आदर्श बहुमुखी क्याम्पसमा डिग्रीसम्मको पढाई हुने उत्कृष्ट एवं प्राज्ञिक क्याम्पसको रुपमा स्थापित गर्ने गरी रणनीति तय गरिनेछ । यसैगरी लुम्बिनी वौद्व विश्वविद्यालय र देवदह आदर्श क्याम्पस बीच प्राज्ञिक उन्नयनका लागि आवश्यक समझदारी गरी साझेदारीमा कार्यक्रम संचालन गरिनेछ ।
स्वास्थ्य प्रणाली
१०७) स्वस्थ नगरबासी स् स्वस्थ नगरू भन्ने नारालाई नै निरन्तरता दिई गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्ने कामलाई निरन्तता दिइनेछ । नगरभित्रका सबै वर्थिङ्ग सेन्टरहरुको गुणस्तर सुधार गरी सुरक्षित मातृत्वको हकलाई सुनिश्चित गरिनेछ ।नगर उप प्रमुखसंग गर्भवति तथा सुत्केरी आमा सामाग्री कार्यक्रमलाइ नगर भित्रका तीन वटै वर्थिङ्ग सेन्टरमा निरन्तरता दिँदै सुत्केरी हुने महिलाहरुलाई पोषण भत्ता उपलब्ध गराइनेछ ।
१०८) महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिवृद्धिका लागि प्रोत्साहन कार्यक्रम संचालन गरिनेछ । ६० वर्ष उमेर पुगेका महिला स्वयंसेविकाहरुलाई नेपाल सरकारले प्रदान गर्ने रकममा केही रकम थप गरी ूसुनौलो अवकाश योजनाू कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ । उत्कृष्ट स्वास्थ्यकर्मीलाई पुरस्कृत गरिनेछ।
१०९) मौजुदा अस्पताल, स्वास्थ्य संस्थाहरु, गाउँघर क्लिनिक र खोप केन्द्रहरुको व्यवस्थापन सुधार, भौतिक पूर्वाधारहरुको निर्माण, शुद्व खानेपानीको व्यवस्था, पर्याप्त औषधी, पर्याप्त लजिष्टिक सामाग्रीहरु र तालिम प्राप्त जनशक्तिको व्यवस्था, कार्यालय संचालन खर्चको प्रवन्ध गरी सवल स्वास्थ्य प्रणालीमा रुपान्तरण गरिने छ।
११०) स्वास्थ्य सूचना प्रणाली तथा आपूर्ति व्यवस्था प्रणालीलाई चुस्त र दुरुस्त बनाइनुका साथै सम्पूर्ण स्वास्थ्य सस्थाहरुवाटै अनलाइन माध्यमवाट प्रतिवेदन प्रविष्ट गर्ने व्यवस्थालाई सुनिश्चित गर्नुको साथै तथ्याङ्कको गुणस्तर सुधारका लागि नियमित तथ्याङ्क लेखाजोखा तथा मासिक समिक्षा र सबै स्वास्थ्य सस्थाहरुमा ज्ए(ःक्क् कार्यक्रम अनुसार सस्था मापन गरिने छ । स्वास्थ्य सस्थाहरुमा आवश्यक फर्म फर्मेटहरुको उपलव्धताको सुनिश्चितता गरी अपुग भएमा छपाई गरी वितरण गरिने छ ।
१११) सरुवा तथा नसर्ने रोगहरुको रोकथाम तथा उपचार र मानसिक स्वास्थ्य कार्यक्रमलाई प्रभावकारीरुपमा अगाडी बढाइने छ । यसका साथै विशेषज्ञ सहित स्वास्थ्य शिविरहरु सञ्चालन गरिने छ ।
११२) नगरपालिका भित्र बसोवास गर्ने वासिन्दा खासगरि महिला तथा बालबालिका किशोर किशोरी गरिव अशक्त अपाङ्ग भएका सिमान्तकृत जेष्ठ नागरिक तथा सेवा उपभोगको दृष्टिले पछि परेका जनताको पहिचान गरी गुणस्तरीय आधारभुत स्वास्थ्य सेवाको उपभोग गर्दा आईपर्ने सामाजिक सास्कृतिक र आर्थिक कठिनाइहरुलाई कम गर्दै सेवाको पहुँच र उपभोगमा वृध्दि गर्न विशेष लक्षित कार्यक्रम तयार गरी कार्यान्वयन गरिने छ । नगरपालिकाका अशक्त असहाय अति विपन्न महिला, वालवालिका तथा जेष्ठ नागरिकको घर दैलोमा स्वास्थ्य सेवा उपलव्ध गराइने छ ।
११३) किशोर किशोरी मैत्री स्वास्थ्य संस्था नगर भित्रका स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरीमैत्री संस्थाको रुपमा विकास गर्नको लागि आवश्क प्रवन्ध मिलाईने छ । सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाइ रक्त परिक्षण सहितको स्वास्थ्य जाँच वर्षमा दुइ पटक गरिने छ ।
११४) नगरपालिका भित्रका मुटु रोग र मृगौला रोगका लागि नियमित डायलासिस गर्ने बिरामीहरुको उपचारको लागि गौतम बुद्व सामुदायिक मुटु अस्पताल, बुटवलसँग सम्झौता गरी निशुल्क रुपमा आवत जावत गर्ने कार्यक्रमको सुरुवात गरिनेछ । क्षयरोग कुष्ठरोग पत्ता लगाउने कार्य र महिला स्वास्थ्यलाई मध्यनजर गर्दै वडास्तरमा स्वास्थ्य शिविर सञ्चालन गरिने छ ।
११५) सुत्केरीहरुको स्वास्थ्य परीक्षण स् सुत्केरी पछि घरमा गई ३ पटक स्वास्थ्य परिक्षण गरिने कार्यक्रमलाई निरन्तरता दिईने छ । साथै बच्चाको पोषण लेखाजोखा गर्नका लागि थप तौल समेत निरन्तरता दिईने छ।
११६) आवश्यकता पहिचानका आधारमा थप स्वास्थ्य सस्थामा प्रसुति केन्द्र तथा प्रयोगशाला स्थापना गरी सेवा विस्तार गरिने तथा आधारभुत प्रयोगशालावाट दिइने सेवा निशुल्कलाई निरन्तरता दिइने छ ।
११७) स्वास्थ्य सस्थाहरुमा सुत्केरी हुने दरलाई बढाउन प्रसुति केन्द्रलाई साधन श्रोत सम्पन्न गराउनुकासाथै २४ सै घण्टा प्रसुति सेवा प्रदानको निरन्तरतता दिइने छ।
११८) पूर्ण पोषणयुक्त नगर घोषणा कार्यक्रम स् नगरपालिकालाई पूर्ण पोषणयुक्त नगरपालिका घोषणा गर्नेगरी ूसुनौलो हजार दिनू का आमा तथा तिनका बालबालिकाको पोषण सुधारका कार्यक्रमलाई निरन्तरता दिईएको छ।
११९) पूर्ण खोप घोषणा कार्यक्रमलाई वडा सुनिश्चितता सहित पूर्ण खोप नगरपालिका घोषणा गरिनेछ । नगर भित्रका उपयुक्त स्थानमा ूभ्याक्सिन सव सेन्टर र कोल्ड सेन्टरू सहित पूर्ण खोपलाई दिगो बनाइनेछ । साथै वाल वालिकालाइ लगाइने नियमित खोप तथा अन्य रोगहरु विरुद्ध लगाइने खोपको समुचित भण्डारणको लागि एउटा खोप कोल्ड सेन्टर स्थापना गरिने छ ।
१२०) आधारभुत स्वास्थ्य र सुरक्षित मातृत्व सेवा स् यो सेवा नगरभरी विस्तार भैसकेकोले आगामी आव देखि वडास्तरदेखि नगरसम्म सुनिश्चित गरिने छ । पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरी दिगोरुपमा व्यवस्थापनको प्रवन्ध मिलाइने छ ।
१२१) विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम स् नगरपालिका भित्रका सबै माध्यमिक विद्यालयहरुमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिने छ । साथै विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम अन्तर्गत किशोरीलाई आइरन चक्की खुवाउने कार्यक्रमलाई निरन्तरता दिइने छ ।
१२२) बालमैत्री नगर घोषणा स् लक्ष्यको प्राप्तिको लागि स्थानीय शासनसँग सम्बन्धित सुचकहरुको प्राप्तिको लागि सघन कार्यक्रम सञ्चालन गरिने छ।
१२३) प्रदेश सरकार र सम्बन्धित विद्यालयको सहकार्यमा माध्यामिक तहका केहि विद्यालयहरुमा स्वास्थ्य सहायकको व्यवस्था गरिनेछ । किशोर(किशोरीहरुलाई प्रजनन अधिकार, प्रजनन स्वास्थ्य जस्ता विषयहरुलाई समेटी ूकिशोर(किशोरी शिक्षाू कार्यक्रम संचालन गरिने छ ।
१२४) बलियो स्वास्थ्य प्रणाली निर्माणको लागि नगरपालिकाले आफ्नै स्वास्थ्य नीति तथा ऐन कार्यान्वयनमा ल्याई समग्र स्वास्थ्य क्षेत्रको प्रभावकारी तथा नियमित सुपरिवेक्षण अनुगमन तथा मुल्याङ्कन गरिने छ ।
१२५) कोभिड १९ महामारीको व्यवस्थापनवाट प्राप्त अनुभव समेतका आधारमा स्वास्थ्य प्रणालीमा आवश्यक सुधार गरि भविष्यमा यस्ता महामारीको सामना गर्न सक्षम र प्रभावकारी स्वास्थ्य प्रणालीको विकास गरिने छ। डेङ्गि रोग सार्ने लामखुट्टेको लार्भा र वासस्थान खोज र नष्ट गर अभियान संचालन गरिने छ ।
१२६) जेष्ठ नागरिक तथा सीमान्तकृत समुदायको आंखा उपचारका लागि लायन्स आँखा अस्पताल देवदह संग सहकार्य गरी सेवा पुर्याइनेछ । सुत्केरी आमा र ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई अस्पतालसम्म पुग्नको लागि नगर भित्रका एम्बुलेन्स मार्फत निशुल्क सेवा प्रदान गरिने छ ।
१२७) विपन्न नागरिक उपचार स् संघीय सरकारको सहयोगमा विपन्न नागरिक उपचार कार्यक्रमलाई अझै व्यवस्थित र लक्षित वर्ग उन्मुख बनाइने छ ।
१२८) म र मेरो परिवारको स्वास्थ्य मेरो जिम्मेवारीलाइ व्यवहारमा लागु गर्न स्वास्थ्य विमालाइ थप प्रभावकारी वनाउन स्वास्थ्य विमा कार्यक्रमलाई दोहोर नपर्ने गरी स्थानीय तहको कार्यविधि निर्माण गरी संचालन गरिने छ । तोकिएका समुहलाइ निशुल्क विमा गरि दिने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने छ ।
१२९) सेवाग्राहीका गुनासालाई कम गर्न देवदह नगर अस्पतालको सेवा र सुविधालाइ थप व्यवस्थित बनाउँदै औषधी आपुर्तिलाइ सुदृढ वनाइने छ ।
१३०) वडा नं ११ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइने छ । देवदह नगरपालिका अन्तरगत वार्ड नं १० मा रहेको सामुदायिक स्वास्थ्य इकाइमा स्वास्थ्य व्यवस्थापन सञ्चालन समितिले सञ्चालन गर्ने गरि “प्रयोगशाला व्यवस्थापन कोष” खडा गरि आधारभुत स्वास्थ्य जाँचका लागि प्रयोगशाला स्थापना गरिने छ । देवदह नगरपालिकाका नागरिकलाई यस अघि उपलव्ध गराउदै आएको निःशुल्क रगत कार्यक्रमलाइ यो वर्ष नेपाल रेडक्रस सोसाइटीसंग सम्झौतालाई निरन्तरता दिइने छ ।
१३१) नसर्ने रोगको समयमै पहिचान रोकथाम उपचार र त्यसवाट हुने जटिलता एवं जोखिमलाइ न्युनिकरण गर्न समुदायस्तरमा चेतना अभिवृद्धि गर्न स्वास्थ्य परिक्षण गर्ने र स्वास्थ्य परामर्श उपलव्ध गराइने छ ।
१३२) संघ तथा प्रदेश सरकारको सह(कार्यमा क्षयरोगमुक्त नगरपालिका वनाउनका लागि कार्यक्रम तय गरिने छ । साथै कुष्ठरोग खोज पडताल अभियानलाइ निरन्तरता दिइने छ । नगर प्रमुख हाम्रो आँखा अस्पतालको सह(कार्यमा मोतिविन्दु भएका नागरिकहरुलाइ निशुल्क शल्यक्रियाको व्यवस्था मिलाइने छ ।
१३३) एचआभी संक्रमितहरुको मानव अधिकार र स्वास्थ्य अधिकारको सुनिष्चताको लागि खुल्न चाहने नागरिकको लागि अविभावकत्व प्रदान गर्दै जिम्वेवार नागरिकहरुको अनुभुति गराउने कुरामा नगरपालिका दृढ रहने छ ।
१३४) व्यक्तिको खानपान, आनिबानी र व्यवहारमा सुधार गर्न शारीरिक व्यायाम, योग, ध्यान, साधना जस्ता क्रियाकलापहरुलाई दैनिक जीवनचर्याको रुपमा विकास गरी सबै नगरवासीको स्वस्थ जीवन सुनिश्चित गर्न ूसामुदायिक स्वास्थ्य शिक्षा कार्यक्रमू कार्यान्वयन गरिने छ। धुम्रपान, मध्यपान र लागू औषध सेवन र दुर्व्यसनीलाई न्यूनिकरण गर्न विभिन्न चेतनामूलक अभियानहरुलाई निरन्तरता दिइनेछ । योग, ध्यान, साधना केन्द्र र प्राकृतिक चिकित्सक सेवा संचालनका लागि प्रोत्साहन गरिनेछ। स्वस्थ नागरिक, स्वस्थ समाज, स्वस्थ जीवन र त्यसका लागि स्वस्थ उत्पादन र उपभोगको अवधारणालाई कार्यान्वयनमा ल्याउन संघीय र प्रदेश सरकारसँग सहकार्य र समन्वय गरी कार्यक्रम संचालन गरिनेछ । नगर भित्र रहेका सामुदायिक भवनमा नियमित रुपमा योगा तथा ध्यान गर्ने अभियानको सुरुवात गरी नगरलाई योग तथा ध्यान केन्द्रको रुपमा विकास गरिनेछ ।
महिला, बालबालिका तथा सामाजिक न्याय र सामाजिक समवेशीकरण
१३५) महिला, बालबालिका तथा फरक क्षमता भएकाहरुसँग सम्बन्धित चेतनामूलक प्रचारप्रसार सामग्री उत्पादन, प्रकाशन, प्रशारण र वितरण गरिनेछ । सञ्चार माध्यमसँगको सहकार्यमा लैङ्गिक क्षमता सम्बन्धी जनचेतना अभिवृद्धि गरिनेछ ।किशोरीको बहुआयामिक विकास, लैङ्गिकतामा आधारित हिंसा, प्रजनन स्वास्थ्य र बाल अधिकार प्रवर्धन अन्तर्गत तालिमको व्यवस्था गरिनेछ ।
१३६) लैङ्गिक हिंसा र दाइजो प्रचलन न्यूनिकरणका लागि अभियानमूलक कार्यक्रमहरु संचालन गरिनेछ । महिलाहरुमा रहेको परम्परागत सीप प्रवर्धन तथा व्यवसाय स्थापनाका लागि उप(प्रमुखसंग महिला कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइने छ । जनप्रतिनिधिहरुलाई लैङ्गिक समानता, महिला सशक्तिकरण, लैङ्गिक हिंसा निवारण तथा बालअधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ । लैङ्गिक अल्पसंख्यकहरुको विकासका लागि प्रवर्द्धनात्मक कार्यक्रम संचालन गरिनेछ । त्यसैगरी लैङ्गिकमैत्री नगरपालिका घोषणा कार्ययोजना निर्माण गरी कार्यक्रम संचालन गरिनेछ ।
१३७) मधेसी मूलका नागरिक, पिछडा वर्ग, अल्पसंख्यक, मुस्लिम समुदाय, दलित, आदिवासी जनजाती, लैङ्गिक अल्पसंख्यक लगायत विकासको मूलप्रवाहमा आउन नसकेका वर्गरसमुदाय र क्षेत्रलाई नगरको विकासको मूल प्रवाहमा ल्याईनेछ । सरोकारवालाहरुसँगको छलफलका आधारमा लैङ्गिक अल्पसंख्यक विशेष कार्यक्रम संचालन गरिने छ ।
बालबालिका
१३८) बालमैत्री स्थानीय शासन कार्यक्रमलाई विशेष अभियानका साथ संचालन गरिनेछ । सार्वजनिक जग्गाको व्यवस्थापन गरी यसै आर्थिक वर्षदेखि केही वडामा बाल उद्यान निर्माण गर्ने कार्यको थालनी गरिनेछ ।
१३९) देवदह ७ मा रहेको यसोधरा वाल उद्यानलाई विकास गर्दै लगिने छ र वाल उद्यानमा कुनै प्रकारको शुल्क नलाग्ने व्यवस्था मिलाईने छ । अन्य वडाहरुमा खालि जग्गाहरुको पहिचान गरि वालउद्यान निर्माण गर्न निजि क्षेत्र तथा प्रदेश सरकारसंग सहकार्य गरिने छ ।
१४०) बालबालिकाको चौतर्फी विकासका लागि र प्रतिभावान बालबालिकाको पहिचान र प्रोत्साहनका लागि लक्षित कार्यक्रम संचालन गरिनेछ । त्यसैगरी बालश्रम, बाल विवाह न्यूनीकरण, विद्यालय भर्ना जस्ता विषयहरुमा अभियानात्मक कार्यक्रम संचालन गरिनेछ ।
१४१) बालबालिकाको चौतर्फी विकासका लागि र प्रतिभावान बालबालिकाको पहिचान र प्रोत्साहनका लागि लक्षित कार्यक्रम संचालन गरिनेछ । त्यसैगरी बालश्रम, बाल विवाह न्यूनीकरणका लागि अभियानात्मक कार्यक्रम संचालन गरिनेछ ।
जेष्ठ नागरिक
१४२) नगर भित्रका जेष्ठ नागरिकहरुको संरक्षण, नियमित र निशुल्क स्वास्थ्य परीक्षण र उपचारको प्रवन्ध, स्वास्थ्य शिविर, सम्मान लगायत अन्य प्रवर्धानात्मक कार्यक्रमलाई संचालन गरिने छ । पूर्विय दर्शन अनुसार आमा(बाबु लगायत जेष्ठ सदस्यहरुको हेरचाह तथा पालनपोषण गर्ने परिवारका सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम संचालन गरिनेछ । प्रत्येक वडारटोलमा ूजेष्ठ नागरिक क्लवू गठन गरी उहाँहरुको जीवनशैलीलाई सजिलो बनाउन पहल गरिनेछ । संघीय र प्रदेश सरकार, सामाजिक संघ(संस्थाहरुसँगको सहकार्यमा ूजेष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरणू कार्यक्रम संचालन गरिनेछ ।ूजेष्ठ नागरिक मिलन केन्द्रू हरुको गठन गरी आवश्यक सामाग्रीहरुको व्यवस्था मिलाई प्रभावकारी रुपमा संचालन गरिनेछ । समुदायको सहकार्यमा नगरका विभिन्न ठाउँमा वरपीपल रोपण, चौतारी निर्माण गरी जेष्ठ नागरिकको भावनालाई कदर गरिने छ । आमा बाबु मसँग बस्नुहुन्छ भन्ने होइन की म आमाबाबुसँग बस्छु भन्ने लयमा समाजलाई डोराइनेछ ।
अपाङ्गता
१४३) सरकारी, सार्वजनिक तथा व्यवसायिक, औद्योगिक भवनहरु अपाङ्गतामैत्री मापदण्ड अनुसार निर्माण गर्ने नीतिगत व्यवस्था मिलाईने छ । निर्माण भईसकेका संरचनाहरुमा क्रमश सुधार गरिने छ । अपाङ्गता भएका व्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य, रोजगार जस्ता क्षेत्रमा अपाङ्गताको प्रकार हेरी सहुलियत तथा निशुल्क सेवा प्रदान गर्ने व्यवस्था मिलाईनेछ । अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सूचना तथा जनाकारी उपलब्ध गराउन अपाङ्ग सेवा समाज देवदहू को संस्थागत विकास गरिनेछ । यस क्षेत्रमा क्रियाशील संस्थाहरुसँगको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुलाई उपयोगी हुने सहायता सामग्री वितरणको व्यवस्था मिलाइनेछ । अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सूचना तथा जनाकारी उपलब्ध गराउन ूअपाङ्गता सहायता केन्द्र स्थापनाू गरिनेछ । अपाङ्गता भएका व्यक्तिले संचालन गरेको उद्योगरव्यवसायहरुमा लाग्ने करमा छुट दिइने नीति अवलम्वन गरिनेछ । अपाङ्गतामैत्री नगर घोषणाका लागि आवश्यक गृहकार्य गरिनेछ ।
१४४) अपाङ्गता भएका व्यक्तिहरुलाई ससम्मान बांच्न पाउने अधिकारको रक्षाका लागि अपाङ्गमैत्री स्वरोजगार कार्यक्रम मार्फत आत्मनिर्भर बनाइनेछ । नगरस्तरीय अपाङ्गता समन्वय समितिलाइ सक्रिय बनाइ बिभिन्न कार्यक्रम संचालन गरिनेछ ।
सामाजिक सुरक्षा
१४५) चालु आवमा प्रदान गर्दै आएका सबै प्रकारका स्थानीय सामाजिक सुरक्षा कवजहरुलाई यथावत राखिने छ । सीमान्तकृत, दलित, असहाय, अपाङ्गता लगायतलाई प्रदान गरिने सुविधाहरुको पुनरावलोकन गरी कार्यविधि अनुसार प्रदान गर्ने प्रबन्ध मिलाउने छु ।
१४६) अपाङ्गता भएका, एचआईभि प्रभावित, हिंसामा परेका एकल महिला लगायत सीमान्तकृत बालबालिकालाई पठनपठानको प्रवन्ध मिलाईने छ ।
१४७) घटना दर्ता र पंञ्जिकरण सम्बन्धि गुनासा र सो सँग जोडिएका जटिल विषयमा सहजिकरण गर्न आवश्यक प्रवन्ध गरी सेवा प्रवाहलाई नागरिकमैत्री बनाइने छ ।
खानेपानी तथा सरसफाई
१४८) खानेपानी सेवा संचालन सम्बन्धी निर्देशिका, २०६९ को प्रावधान अनुरुप खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले उपभोक्तालाई दिँदै आएको खानेपानी तथा सरसफाई सेवा सुविधाको नियमन गरिनेछ । नेपाल सरकार, प्रदेश सरकार, उपभोक्ता समिति र स्थानीय नागरिकको सहभागिता र लागत साझेदारीमा खानेपानी तथा सरसफाईको सेवा क्षेत्र विस्तार र सेवा स्तर वृद्धिका लागि आवश्यक प्रक्रिया अगाडि वढाउनुका साथै प्रशोधन केन्द्र सहितको ढल निर्माण योजनाको कार्य आगाडी बढाइनेछ ।
१४९) आर्थिक वर्ष २०८१।८२ लाई सरसफाई वर्ष घोषणा गरी अभियानात्मक कार्यक्रमहरु संचालन गरिनेछ । खानेपानी प्रदायक संस्थाहरु र सम्बन्धित नगरपालिका बीचको सघन समन्वयको कामलाई प्राथमिकता दिइनेछ ।
१५०) खानेपानी उपभोक्ता तथा सरसफाई समितिहरुसँगको साझेदारीमा जनचेतना अभिवृद्धि कार्यक्रम मार्फत सरसफाईलाई दिगो बनाउन तालीम तथा क्षमता विकासका कार्यक्रमलाई टोल विकास संस्था मार्फत वस्तीस्तरमा पुर्याइनेछ । नगरपालिकालाई पनि पूर्णसरसफाईयुक्त नगरपालिका घोषणा गर्नको लागि आवश्यक रणनीति तय गरी कार्यान्वयनमा ल्याइनेछ । सरसफाईमा नमूनाको रुपमा प्रस्तुत हुने टोल विकासका संस्थाहरुलाई पुरस्कृत गरिनेछ ।
१५१) संघ प्रदेश र स्थानीय खानेपानी संस्थाहरुको सहयोगमा सबैलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनको लागि “एक घर स् एक धारा” अभियान कार्यक्रम, विभिन्न वडाहरुमा पाइपलाइन विस्तार, अपुरा र अधुरा खानेपानी संस्थाहरुको निर्माण सम्पन्न गरिने छ । अति विपन्न र सीमान्तकृत समुदायका नागरिकहरुको मौलिक हक प्रवर्धन गर्नका लागि निशुल्क धारा जडान कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छु । खानेपानी संस्थाहरुको सहकार्यकमा विभिन्न स्थानहरुमा आगजनीको नियन्त्रणका लागि फायर हाइड्रेन्ट निर्माण गरिनेछ । खानेपानी संस्थाहरुको संस्थागत विकासका लागि नगरभित्रका खानेपानी संस्थाहरुको त्रैमासिक रुपमा समीक्षा गरिनेछ ।
१५२) नगरस्तरीय खानेपानी, सरसफाई तथा समन्वय समिति र प्राविधिक कर्मचारी सहितको खानेपानी शाखा गठन लगायत सरसफाईसँग सम्बन्धित संरचनाहरु सक्रिय बनाई पूर्ण सरसफाईयुक्त नगरपालिका घोषणाको कार्यक्रम तयारी गरिने छ । खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पानीको गुणस्तर परिक्षण गरि शुद्व खानेपानीको प्रवन्ध मिलाईनेछ ।
१५३) नगर सरसफाई र हरियाली प्रवर्धन कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्नको नगरका विभिन्न स्थानहरुमा स्थानीय संघ संस्थाहरुको समन्वयमा ूबायो शौचालयू निर्माण गरिनेछ । पानी, विजुली, पंखा सहितका यि शौचालयहरु निशुल्क प्रयोग गर्न मिल्ने प्रवन्ध गरिनेछ ।
१५४) वातावरणमैत्री समाजको निर्माणद्वारा नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्नको लागि वातावरण सम्बन्धी नीति र वातावरणमैत्री स्थानीय शासनका पूर्वाधारहरु पूरा गरी वातावरणमैत्री स्थानीय शासनको प्रारुपलाई कार्यान्वनमा ल्याईनेछ । वातावरण प्रदुषण नियन्त्रणका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्दै
बायूप्रदुषण मापन गर्ने कार्यको सुरुवात गरिनेछ ।
१५५) नगरलाई सफा सुन्दर र हरियालीयुक्त बनाउनको लागि सरसफाई कार्ड लागू गरिने छ । त्यसैगरी प्लाष्टिकका झोलाहरुको प्रयोगमा न्यूनीकरणका लागि आवश्यक गृहकार्य गरिने छ ।
१५६) खानेपानीको गुणस्तर कायम गराउनको लागि खानेपानी संस्थाहरुसँगको सहकार्यमा खानेपानीको ूगुणस्तर परिक्षण ल्याबू स्थापना गरिनेछ ।
खेलकुद
१५७) खेलकुद क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउने तथा उत्कृष्ट खेल कौशल प्रदर्शन गर्ने व्यक्तिहरुलाई प्रोत्साहन गर्दै निजी, सामुदायिक र संघसंस्थाहरुलाई अन्तर्राष्टय स्तरका खेलकूद प्रतियोगितामा भाग लिन प्रोत्साहित गरिनेछ । खेलको विकास र विस्तारका लागि नगरपालिका, गैरसरकारी तथा निजी क्षेत्रका संस्थाहरुको सहकार्य र समन्वयमा खेलकुदका प्रतियोगिता आयोजना, खेलकूद विकास गुरुयोजना तर्जुमा, ूखेलकुद विकास समिति”को संस्थागत क्षमता अभिवृद्वि खेलकूद पूर्वाधारहरुको स्तरोउन्नती लगायतका कामहरु प्राथमिकता साथ सम्पन्न गरिने छ ।
१५८) वडा नं ५ मा रहेको पानबारी खेल मैदान, वडा नं ७ मा रहेको देवदह मावि खेलमैदान, वडा नं ३ मा रहेको पुष्पानन्द गिरी खेलमैदान र किक्रेट मैदान, देवदह क्रिकेट मैदान वडा नं ७, भवानीपुर खेलमैदान, भलुही खेलमैदान, चरङ्गे खेलमैदान, टटेरा खेलमैदान, घोडाहा खेलमैदान लगायत अन्य वडाहरुमा रहेका खेलमैदानहरुको स्तरोउन्नती गर्दै ूएक वडा ( एक खेलमैदानूको नीतिलाई कार्यान्वयनमा लगिने छ । यसैगरी देउमन स्मृति कवर्ड हल, वडा नं ६ परिसरमा रहेको व्याडमिण्टन कवर्डहल लगायतका खेलकूदका संरचनाहरुको स्तरोउन्नती गरिनेछ।
१५९) राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, नगर प्रमुख कप फूटवल प्रतियोगिता, उपप्रमुख कप छात्र भलिबल र वडा अध्यक्ष खेलकूद प्रतियोगिता लगायतका प्रतियोगिताहरुलाई निरन्तरता दिदै सप्ताहाव्यापी खेलकूद प्रतियोगिता संचालन गरिनेछ । विद्यार्थीको खेलकुद, साहित्य तथा अन्य सिर्जनात्मक पक्ष बढाउने गरी ूलो कष्टूका थप प्रवर्धनात्मक कार्यक्रमहरु संचालन गरिनेछ ।
युवा तथा युवा सम्मान कार्यक्रम
१६०) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नगरको प्रतिष्ठा बढाउन योगदान पुर्याउने युवा र युवाको क्षेत्रमा उत्कृष्ट काम गर्ने संस्थालाई सम्मान एवं पुरस्कृत गरिनेछ । युवाहरुको क्षमता प्रष्फुटनका लागि ूयुवा परिचालन कार्यक्रमू लाई संचालन गरिने छ । युवा केन्द्रित, लैङ्गिक समानता र सशक्तिकरण, लागुऔषध दुर्व्यसनी, सकारात्मक सोंच, मनोसामाजिक परामर्श जस्ता कार्यक्रम संचालन गरिनेछ । युवा उद्यमशीलतासँग सम्बन्धित कार्यक्रम संचालन गरिनेछ ।
१६१) नगर प्रमुख युवा उद्यमी परिचालन कोषू स्थापना गरी युवा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ । युवा उद्यमी केन्द्र स्थापनाको लागि अध्ययन गरिनेछ । युवाहरुको साहस, सिर्जनशीलता, आत्मविश्वास, उद्यमशीलताको उच्च मूल्याङ्कन गदै शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील युवा शक्तिलाई नगरको मानवीय पूँजीको रुपमा स्वीकार गर्दै नगरको समग्र विकासमा परिचालन गरिनेछ । चालु आर्थिक वर्षमा संचालनमा ल्याईएको नगर प्रमुख उद्यमशीलता प्रवर्धन कार्यक्रमलाई निरन्तरता दिइने छ ।
१६२) युवाको आर्थिक, सामाजिक सशक्तिकरण गर्न उद्यमशीलता विकास एवं प्राविधिक तथा व्यवसायिक तालिम गराइनेछ । संघीय सरकारले प्रस्ताव गरेको ूयुवा परिचालन कार्यक्रमू सँग तालमेल मिलाउँदै युवा जनशक्ति विकास र परिचालनको रणनीति अवलम्बन गरिनेछ ।
१६३) स्थानीय सरकारले निर्माण गर्ने नीति, नियम, कानून, कार्यविधि, रणनीति तथा कार्यक्रममा युवामैत्री प्रावधानहरू समावेश गरिनुका साथै शिक्षा, स्वास्थ्य, रोजगारी, सीप तथा क्षमता अभिवृद्धि, लैङ्गिक समानता लगायतको योजना निर्माण, बजेट विनियोजन, कार्यान्वयन लगायतका सवालमा स्थानीय सरकारको भूमिका युवासापेक्ष बनाई युवामैत्री स्थानीय तह निर्माण गरिनेछ ।
स्वयं सेवा
१६४) स्वयंसेवाको महत्वलाई समाज, टोल र बस्तीस्तरमा स्थापित गरी स्वयंसेवाको दायरालाई सामाजिक जीवनका अन्य आयामहरुमा विस्तार गरी समुदायस्तरबाटै स्वयमंसेवी क्रियाकलापूहरु अगाडि बढाइनेछ ।
१६५) स्वयसेवालाई व्यक्तिको जीवन पद्दतिूको रुपमा विकास गर्न सबै विद्यालय तथा शिक्षण संस्थालाई आह्वान गरी विद्यार्थीहरुमा स्वयंसेवी भावनाको विकास हुने प्रणालीको शुरुवात गरि औपचारिक अध्ययनको अङ्गकै रुपमा स्वयंसेवालाई अवलम्बन गर्ने प्रणालीको विकास गरिनेछ ।
१६६) स्वयंसेवाको क्षेत्रलाई फराकिलो र व्यवहारिक बनाउन थप नीतिगत खाका तयार गरिनेछ । राष्ट्र सेवाको रुपमा लामो अनुभव हासिल गर्नुभएका सम्मानित व्यक्तित्वहरुलाई स्वयंसेवकको रुपमा परिचालित हुने अवसर सिर्जना गरी उत्प्रेरित गरिनेछ । प्राविधिक, व्यवसायिक एवं व्यवस्थापकीय क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुलाई समेत नगरको आवश्यकता अनुसार स्वःस्फूर्त परिचालित हुने व्यवस्था मिलाइनेछ । ूनगर प्रमुखको नेतृत्वमा स्वयंसेवक परिचालनू गर्ने व्यवस्था मिलाइनेछ।
१६७) खेलकूद, सामाजिक विकास, वातावरण संरक्षण विपद्, प्रकोप व्यवस्थापन सामाजिक तथा आर्थिक रुपान्तरण लगायतका क्षेत्रमा ूस्वयंसेवकको रुपमा युवाहरुू परिचालन गरिनेछ । स्वयंसेवक मार्फत नैतिकता, नागरिक गुण एवं अनुशासनको विकास, मुलुक र नगरप्रति दायित्वबोध गराउने तथा श्रमको सम्मान गर्ने अभियानात्मक कार्यक्रमहरु संचालन गरिनेछ ।
साहित्य, कला र संस्कृति
१६८) नगरस्तरीय भाषा, कला संस्कृति सम्बन्धी सम्पूर्ण क्रियाकलापहरुलाई व्यवस्थित गर्न ूदेवदह प्रज्ञाप्रतिष्ठानू गठन गरी संचालन गरिनेछ । मौलिक सिर्जनाका माध्यमद्वारा समाजका उपयोगी कृतिहरुको संरक्षण, विद्धानहरुको सम्मान र साहित्यिक गतिविधिहरुको प्रवर्धन गरिनेछ । समाजमा विद्यमान छाडा संस्कृति निरुत्साहित गर्दै मौलिक, हितकारी सांस्कृतिक मूल्य मान्यताको विकासका लागि विविध कार्यक्रम संचालन गरिनेछ ।
१६९) नगर भित्रका उत्कृष्ट कलाकारहरु पुरस्कृत गर्ने, कलाको संरक्षण गर्ने लगायतका कामहरुलाई निरन्तरता दिइनेछ । नगरपालिका भित्र लुकेर रहेका प्रतिभाहरुको पहिचानू ९त्बभिलत ज्भलत० को लागि विभिन्न प्रकारका मैत्रीपूर्ण प्रतिस्पर्धा गरी कला, साहित्य र सृजनाको प्रष्फुटन गरिनेछ ।
१७०) संस्थागत लागत साझेदारीमा उपयुक्त स्थानमा ूदेवदह नाट्यशालाू निर्माण गर्ने आवश्यक गृहकार्य गरिनेछ। नगरपालिका भित्र रहेका ऐतिहासिक पुरातात्विक महत्वका ूसम्पदाहरुको अभिलेखिकरण र प्रवर्धनूका लागि आवश्यक रणनीति तय गरिने छ ।
१७१) नगर भित्रका आदिबासी, जनजाति, दलित, थारु लगायत अन्य लोपोन्मुख जातिका भाषा, धर्म र संस्कृति, ललितकलाको संरक्षणको लागि स्पष्ट नीतिको तर्जुमा गरिनुको साथै स्थानीय ूकला संस्कृतिलाई आर्थिक उत्पादनसँग जोड्नेू कार्यक्रम तयार गरिनेछ । नगरपालिको उपयुक्त स्थानमा नगर भित्रका थारु, मगर, गुरुङ्ग दलित लगायत विभिन्न जातजातीहरुका मौलिकता, संस्कृति र पहिचान संरक्षण गर्न ूसांस्कृतिक संग्रहालय निर्माणूको लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । निजी क्षेत्रका विभिन्न संघ, संस्था र समुदायसँगको सहकार्यमा ूबृहत् सांस्कृतिक तथा शैक्षिक महोत्सवू आयोजना गरिने छ ।
१७२) गुरुङ्ग, मगर, थारु, संस्कृत लगायत मातृभाषामा आधारभुत तहका लागि पाठ्यक्रम निर्माण गरि कार्यान्वयनमा ल्याईनेछ ।
भवन तथा शहरी विकास
१७३) नगरको योजनाबद्ध विकास मार्फत स्वच्छ, सुरक्षित, समृद्ध र पहिचानयुक्त नगरको रुपमा विकास गरी नगरबासीहरुको माग अनुसार सर्वसुलभ, भरपर्दो, गुणस्तरीय शहरी सेवा तथा सुविधा उपलब्ध गराई नगरबासीहरुको जीवनस्तरमा सुधार ल्याउनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृनिकायहरुको समन्वयमा ूशहरी सेवा प्रवर्धनू कार्यक्रमहरु संचालनमा ल्याइनेछ ।
१७४ )भवन निर्माण मापदण्डलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन सिकर्मी र डकर्मीहरुलाई भवन निर्माण प्रविधि र भवन संहिता सम्बन्धी तालिम दिई नक्सापास कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइने छ । नगरपालिका क्षेत्रभित्र बन्ने भवनहरुको नक्सा बनाउने परामर्शदाता अनिवार्य रुपमा नगरपालिकामा सूचिकृत हुनुपर्ने र सूचिकृत नभएको परामर्शदाताबाट सेवा लिन बाध्य नहुने नीतिगत प्रवन्ध गरिने छ । नक्सा पास तथा भवन अभिलेखीकरण भई सकेका सम्पूर्ण फाईल डिजीटाइजेशन गरिने छ । नक्सा पासको लागि इलष्लिभ प्रणाली भ्एक् क्थकतझ लागु गरिने छ । भवन नक्सा सम्बन्धि नगरपालिकाले अवलम्वन गरेको नीति र परामर्शदाताले गरेको कार्य बाझिन गई सेवाग्राहीले व्यहोर्न परेको असुविधाका अन्त्यका लागि सुचिकृत परामर्शदाताहरुलाई अभिमुखिकरण गरिने छ । नेपाल सरकारवाट जारी भएको राष्ट्रिय भवन संहितालाई कार्यन्वयन गर्दै जाने नीति लिइने छ । महेन्द्र राजमार्ग र शितलनगर देखि मणिग्रामसम्मका भवनहरुमा बुद्व सर्किटमा बुद्धसँग सम्बन्धित रङ्ग लगाउने नीतिलाई कार्यान्वनयका लागि आवश्यक गृहकार्य गरिनेछ । नक्सा अभिलेखिकरण कार्यको निरन्तरता दिइने छ । भवन निर्माण सम्बन्धि मापदण्ड लाई परिमार्जन गरिनेछ ।
१७५) किफायती आवासका नमूना नक्साहरु तयार पारी नगरबासीलाई उपलब्ध गराइनेछ । सार्वजनिक निजी साझेदारी नीतिको अवधारणा अनुसार एकीकृत आवास निर्माणू को लागि सम्भाव्यता अध्ययन गरिनेछ । नगर भित्रका भूमिहीन र सुकुम्बासीहरुलाई सुरक्षित बसोबासको लागि सामूहिक आवास निर्माणको सम्भाव्यता अध्ययन गरिनेछ । नगरपालिका भित्र रहेका सबै सामुदायिक तथा सरकारी भवन तथा सभाहरुको अभिलेखिकरण गरी अधिकतम प्रयोगमा ल्याउने विधिको अवलम्बन गरिनेछ ।
पूर्वाधार तर्फ
१७६) देवदह रिङ्ग रोडको रेखांङ्कनको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ । पूर्व पश्चिम राजमार्ग आसपासका क्षेत्रमा सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार “अटो भिलेज” निर्माण लागि सम्भाव्यता अध्ययन गरिने छ ।
१७७) नगरको विद्युत सेवालाई भरपर्दो र गुणस्तरीय बनाउनको लागि विद्युत प्राधिकरणसँग समन्वय गरी विद्युत पोल र ट्रान्समिटर जडान, सडक बत्ती व्यवस्थापन लगायतका पूर्वाधार निर्माणको कामलाई प्राथमिकता दिईनेछ। उज्यालो देवदह कार्यक्रम मार्फत गरी सडक बत्तिहरु स्थानीय बासिन्दा र टोल विकास संस्थाहरुसँगको सहकार्यमा नियमित मर्मत सम्भार गरी प्रभावकारी व्यवस्थापन गरिने छ ।
१७८) पहाडी भूगोलसँग जोडिने सडकलाई स्तरोउन्नती गरी पहाडी क्षेत्र एकिकृत विकास परियोजनालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइने छ ।
१७९) साना तथा टुक्रे आयोजनाको मर्मत कार्य मर्मत सम्भार कोषबाट नै गर्ने गरी मर्मत सम्भार कोषको क्षमता बढाइने छ । तोकिए बमोजिमको लागत सहभागिता जनाई पूर्वाधारका कामहरु सम्पन्न गर्न इच्छुक समुदायका लागि लागत साझेदारी कार्यक्रम संचालन गर्ने प्रवन्ध मिलाउने छु ।
१८०) नगर भित्रका पूर्वाधार लगायतका योजनाहरुमा सम्भव भएसम्म नगरभित्र रहेका श्रमिकहरुको परिचालनलाई प्राथमिकता दिइने छ । उपभोक्ता समिति मार्फत योजना कार्यान्वय गर्दा गरिने श्रमदान एवं लागत सहभागितालाई प्रचलित कानूनसँग नबाँझिने गरी पुनरावलोकन गरिने छ । निर्माण र असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुको अभिलेख खडागरी आधारभूत स्वास्थ्य सेवा र दुर्घटना विमाको व्यवस्था गर्ने प्रणालीलाई कडाईका साथ कार्यान्वयमा ल्याईने छ ।
यातायात
१८१) सवारी दूर्घटना न्यूनीकरण, सडक सुरक्षा कार्ययोजना, सवारी दुर्घटना र सुरक्षित यात्रासँग सम्बन्धित सचेतनामूलक कार्यक्रमहरु अभियानका रुपमा सञ्चालन गरिनेछ । मुख्य राजमार्गमा हुने दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सरोकारवालासँग छलफल गरी उपयुक्त रणनीति अपनाइनेछ । ट्राफिक प्रहरीसँगको सहकार्यमा मुख्य–मुख्य बजार केन्द्रमा ट्राफिक संकेत चिन्हहरु निर्माण गरिनेछ । नियमित रुपमा ट्राफिक सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । यातायात कम्पनीहरुसँगको सहकार्यमा जथाभावी फोहोर फाल्ने कार्यको अन्त्य गरी सवारीसाधनमा नै डष्टबिन राख्ने व्यवस्थालाई अनिवार्य गरिनेछ ।
१८२) नगर भित्र रहेका विद्युतीय सवारी साधनहरुको संख्या, रुट, भाडा, क्षमता, पार्किङ्गस्थल लगायतका विषयहरुको नियमन र व्यवस्थापन गरिनेछ । सम्बन्धित व्यवसायिक संस्थाहरुसँगको सहकार्यमा नगरमा नयाँ रुट थप गरी नगर भित्रको यातायातलाई सजिलो बनाइने छ ।
१८३) सेटलाईट सिटीू को अवधारणा अनुसार शित्तलनगरको सोमबारे हाटबजार नजिक बस टर्मिनलू निर्माणको लागि सम्भाव्यता अध्ययन, जग्गा प्राप्ति, विस्तृत परियोजना प्रस्ताव लगायतका आधारभूत कामहरु सम्पन्न गरिनेछ । उक्त स्थानमा निर्माणधिन चार्जिङ्ग स्टेशन निर्माणको कार्य सम्पन्न गरी विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्सिहत गरिनेछ ।
१८४) पूर्व(पश्चिम राजमार्गअन्तर्गत बुटवल नारायणगढ सडकको देवदह खण्डको निर्माणका लागि आवश्य नदीजन्य पदार्थ प्रचलित कानूनको अधिनमा रही उपलब्ध गराईरहेका छौ । आगामी दिनमा पनि प्रचिलत कानूनको अधिनमा रही आवश्यक नदीजन्य पदार्थ उपलब्ध गराउनुका साथै अन्य आवश्यक सहयोग पुराईने छ ।
१८५) खेरेनी चोकदेखि नगरपालिकासम्म आउने सडकलाई उच्च प्राथमिकता राखी आगामी आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गरि सौन्दर्यकरण गरिनेछ।
सूचना तथा आम संचार
१८६) नगर भित्रका सामुदायिक रेडियोहरुको साथै सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु संचालन गरिनेछ । स्थानीय संचार माध्यमहरुको कार्यसम्पादन र प्रभावकारिताको आधारमा साझेदारीको नीति अवलम्वन गरिनेछ ।
१८७) जनताको सु–सूचित हुन पाउने सूचनाको हकको प्रत्याभूति गर्न कार्यालयबाट सम्पादित कार्यहरुको वार्षिक समीक्षा, मासिक पत्रकार सम्मेलन, सार्वजनिक सुनुवाई, मुखपत्र प्रकाशन, जनतासँग नगरप्रमुख, नगरपालिकासँग कृषक, साप्ताहिक रेडियो कार्यक्रम, सार्वजनिक परीक्षण, चौमासिक खर्च सार्वजनिकीकरण गर्ने कार्यलाई प्रभावकारी रुपमा संचालन गरिनेछ ।
१८८) संचार क्षेत्रको संस्थागत विकासका लागि देवदह प्रेस क्लबको संस्थागत विकासका लागि आवश्यक सहयोग पुर्याइनेछ । स्थानीय तहमा क्रियाशील संचारकर्मिहरुको क्षमता अभिवृद्धको लागि आवश्यक सहयोग गरिनेछ । नगरपालिका भित्र सूचना केन्द्र स्थापना गरिनेछ ।
१८९) नगरपालिकाको विकास निर्माण, सुशासन, सेवा प्रवाह, सामाजिक सचेतना लगायतका विषयमा कलम चलाउने संचारकर्मी र मिडिया हाउसहरुलाई पुरस्कृत गर्नको लागि “उत्कृष्ट पत्रकारिता पुरस्कार अक्षय कोष” स्थापना गरी वार्षिक रुपमा पुरस्कृत गरिनेछ ।
सूचना प्रविधि
१९०) नगरपालिका तथा मातहतका सरकारी कार्यालयहरुवाट प्रवाहहुने सार्वजनिक सेवालाई छिटो¸ छरितो प्रविधियुक्त र सेवाग्राहीमैत्री बनाउन आवश्यकताका आधारमा सूचना प्रविधि सम्वद्ध संयन्त्र, उपकरण आदि खरिद, जडान तथा संचालन गरिनेछ । वडा तथा नगरकार्यपालिकाको कार्यालयवाट जारि गरिने सिफारिसहरु नागरिकहरुले अनलाइन मार्फत घरवाटै आवेदन दिने तथा प्राप्त गर्ने व्यवस्था मिलाइनेछ ।
१९१) आर्टिफिसियल इन्टल्लिजेन्ट ९ब्क्ष्० मा आधारित च्याटवोट मार्फत नागरिकहरुको गुनासो तथा सेवा सम्वन्धी जानकारी दिने प्रविधि संचालनमा ल्याउन आवश्यक गृहकार्य गरिनेछ ।
१९२) सूचना प्रविधि विभाग, नेपाल टेलिकम र एनसेलसंगको सहकार्यमा नगरपालिकाबाट प्रकाशित महत्वपूर्ण सूचनाहरु प्रत्येक नागरिक तथा घरधुरीको मोवाइलमा क्ःक् मार्फत पुर्याउने व्यवस्था मिलाइनेछ ।
१९३) देवदह नगर क्षेत्र भित्र रहेका घरहरु तथा खण्डिकृत तथ्याङ्क एकिन गरी सोको प्रभावकारी व्यवस्थापनको लागि डिजिटल हाउजिङ्ग नम्बर सिस्टम र एकिकृत न्क्ष्क् भ्लबदभिम क्ष्लतभनचबतभम एचयाष्भि एयचतब िसंचालनमा ल्याईनेछ ।
१९४) देवदह नगरपालिकालाई अन्य देशका स्मार्ट सिटिहरुको नेटवर्कमा आवद्व गर्नको लागी स्मार्ट सिटि सम्भाव्यता अध्ययन गरिनेछ ।
१९५) नगरपालिका भित्र सूचना प्रविधि ज्ञान पार्क तथा ई(लाइब्रेरी स्थापना मार्फत नागरिकहरुलाई समेत प्रविधिमैत्री बनाउने नीति अबलम्वन गरिनेछ । नगर क्षेत्रको सुरक्षा संवेदनशीलता एंव प्रविधिमैत्री नगरपालिकाको अवधारणलाई साकार पार्न सार्वजनिक सेवालाई प्रविधियुक्त र सेवाग्राहीमैत्री बनाउन नगर प्रहरीलाई ध्बपिष्भ(त्बपष्भि मा आवद्द गरिनेछ ।
१९६) “लेस पेपर” को अवधारणा अवलम्वन गर्दै “पेपर लेस” कार्यालय घोषाणाका लागि पूर्वाधार खडा गरिनेछ । पुराना फाइल तथा कार्यपालिका र नगरसभाका निर्णषहश्र हरुको ूजिडिटलाईज अभिलेख व्यवस्थापन प्रणालीू संचालनमा ल्याइने छ ।
१९७) मोवाइल एप्सका माध्यमबाट नगरबासीहरुले सरल र सहज रुपमा सेवा प्राप्त गर्ने आफूसँग सम्बन्धित सूचनाहरुको उपयोग गर्न सक्ने, नगरको सेवाको बारेमा जानकारी लिई आफ्ना गुनासा र समस्या समाधान गर्न सक्ने व्यवस्था गरिनेछ । सेवाग्राहीको चाप हुने नगरपालिकाको मुख्यालय, वडा कार्यालय लगायत नगरका प्रमुख चोकहरुमा फ्रि वाईफाईको प्रवन्ध मिलाईने छ ।
वन तथा वातावरण संरक्षण
१९८) आगामी आर्थिक द्दण्८१र८२ लाई ूवृक्षारोपण वर्ष घोषणाू आर्थिक क्रियाकलापसँग जोडिने गरी अभियानकै रुपमा वृक्षारोपण कार्यक्रम संचालन गरिनेछ ।
१९९) नगर क्षेत्र भित्रका सार्वजनिक तथा निजी संरचनाहरुमा “वातावरण मैत्री स्थानीय शासन” कार्यक्रमका सूचकहरु कार्यान्वयन गर्दै लगिनेछ । वातावरण संरक्षण र शहरी सौन्दर्यको प्रवर्द्धन गर्दै विभिन्न स्थानका ूखुला क्षेत्रू लाई मनोरञ्जनात्मक स्थलको रुपमा विकास गरिनेछ । स्थानीय नागरिकको संलग्नतामा न्यूनतम आधारभूत र क्रमशः उच्चस्तरका सूचकहरु निर्धारण गरी वातावरणमैत्री विकास र स्वच्छ वातावरणको कार्यक्रमलाई प्रवर्धन गरिनेछ ।
२००) नगरपालिका भित्रको पर्ति, बाँझो, नदी उकास, कूलो, घोला र नदी किनारामा रहेको सार्वजनिक खाली जग्गा, सडक किनार लगायतका जमिनमा “वृक्षारोपण तथा वन विस्तार कार्यक्रम” संचालन गरिनेछ । सामुदायिक वनसँगको सहकार्यमा “नर्सरीको स्थापना र स्तरोउन्नती” कार्यक्रम संचालन गरी नगरको आवश्यकता अनुसारका विरुवाहरुको उत्पादन गरिनेछ । सार्वजनिक जग्गा, सामुदायिक र सरकारी वनमा उत्पादन, रोजगारी सिर्जना, स्थानीय कच्चा पदार्थको आपूर्तिमा सहयोग पुर्याउने गरी वृक्षारोपण तथा सामूहिक खेती प्रणालीको नीति अवलम्वन गरिनेछ ।
२०१) स्थानीय नागरिकलाई परिवर्तित जलवायु असन्तुलनको जीवनशैली, उत्पादन र उपभोग पद्धतिको अभ्यास गर्न आवश्यक ज्ञान, सीप, क्षमता अभिवृद्धि गर्न प्रोत्साहन गरिनेछ । विपद् जोखिम क्षेत्रको नक्सांकन, सरकारी कूलोहरुको संरक्षण र व्यवस्थापन, इँट्टा भट्टाबाट निस्कने प्रदुषण नियन्त्रणका लागि आवश्यक कार्यक्रम तर्जुमा गरिनेछ ।
२०२) सामुदायिक वनको क्षमता अभिवृद्विका लागि आवश्यक सहयोग पुर्याईनुका साथै समुदायिक बनहरुसँगको सघन समन्वय कायम गरी नगरको विकासलाई अगाडि बढाइने छ । बाँझो कृषियोग्य जमिनको लागि स्थान सुहाउंदो कृषि वनको विकास, विस्तार र व्यवसायिकरण गर्न निजी, सामुदायिक र सहकारी क्षेत्रलाई समेत परिचालन गरिनेछ ।
२०३) किसान परिचय पत्र स् पहिचान मानिसका लागि सम्मान महसुस गर्ने सबै भन्दा पेचिलो सवाल भएको हुँदा रातदिन खटेर अन्न उत्पादन गर्ने, आफू र परिवार पालिएर बाँकी रहेको अनाज अरूलाई समेत खुवाउने किसानी कर्मलाई सम्मान गर्न, किसानलाई पहिचान दिलाउन, स्थानीय सरकारले दिने सुविधालाई व्यवस्थित बनाउन, किसानलाई सामाजिक न्याय प्रदान गर्नका लागि सूचक र कार्यविधि निर्माण गरेर किसान परिचय पत्र वितरण गरिने छ ।
नगर सरसफाई र हरियाली प्रवर्धन
२०४) प्रत्येक हप्ता वडागत रुपमा संचालन हुँदै आएको ूनगर सरसफाई र हरियाली प्रवर्धन कार्यक्रमू लाई टोल विकास संस्था मार्फत बस्तीस्तरसम्म दीगो रुपमा संचालन गरिनेछ ।
२०५) गैरसरकारी संस्था, विद्यालय, कलेज, टोल विकास संस्था, आमा समूह, युवा क्लव लगायतका सामाजिक संघ संस्थाहरुलाई ूशहरी सुन्दरता अभिवृद्धि कार्यक्रममाू अनिवार्य सहभागी हुने व्यवस्था मिलाइनेछ ।
२०६) बस्ती स्तरका सडकहरुमा कालोपत्रे गर्दा हरियाली प्रवर्धन कार्यक्रमलाई टेवा पुर्याउने गरी वृक्षारोपण कार्यक्रमलाई समेत लागत स्टिमेटमा समावेश गरी योजना सम्झौता गर्ने प्रणालीको विकास गरिनेछ
२०७) रैथाने फूलहरु मध्येबाट छनौट गरी नगरको फूल ९सिटी फ्लावर० को रुपमा घोषणा गरी मुख्य तथा सहायक राजमार्ग, सार्वजनिक स्थल, स्कूल, कलेज, संघ संस्था लगायत हरेक नागरिकले आ–आफ्नो घरमा लगाउने कार्यलाई अभियानात्मक रुपमा संचालन गरिनेछ ।
२०८) नगर सरसफाई र हरियाली प्रवर्धनको महाअभियानलाई टेवा पुर्याउन ूजन्म दिनमा वृक्षारोपणू गर्ने कार्यक्रमको सुरुवात गरिनेछ । नहर, घोला, कुलो, खोला लगायतका स्थान आसपासका क्षेत्रको जग्गा संरक्षण गरी सडक हरियाली प्रवर्धन, विश्रामस्थल तथा बगैचा निर्माण कार्यलाई टोल विकास संस्था मार्फत् अगाडि बढाइनेछ।
२०९) सफा शहरका सूचकहरुमा आधारित रही सरसफाईका क्रियाकलापहरु अगाडि बढाइनेछ । नगर भित्रका खोला र घोला किनारालाई “ग्रीन वेल्ड कोरिडोर” को रुपमा विकास गरिनेछ ।
२१०) स्थानीय सहकारी, संघ, संस्था, विद्यालय, क्याम्पस, खानेपानी, बन लगायत सबै स्थानीय संस्थाहरुले आफ्नो वार्षिक उत्सवमा अनिवार्य रुपमा वृक्षारोपषण गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याइनेछ ।
टोल विकास संस्था
२११) फोहोरमैला व्यवस्थापन, राजस्व परिचालन, नगरका अभियानात्मक कार्यक्रम संचालन लगायतका कार्यमा टोल विकास संस्थालाई परिचालन गरिने छ । टोल विकास संस्थाहरु संलग्न हुन सक्न थप क्षेत्रहरुको पहिचान गरिनेछ । टोल विकास संस्थाको क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
२१२) टोल विकास संस्थालाई नगरको विकासमा सहभागी बनाउन र उनीहरुसँगको क्षमतालाई प्रयोग गरी नगरको समग्र विकासमा गतिशीलता ल्याउनको लागि टोल विकास संस्थाको लागत साझेदारीमा कार्यक्रम संचालन गरिनेछ । प्रत्येक टोल विकास संस्थाको सहकार्यमा टोल टोलमा सरसफाई अभियान संचालन गरिनेछ । नगरभित्र रहेका आमा समूह, युवा क्लव, किशोरी समूह लगायत समूह तथा संजालहरुको प्रोफाइल तयार पारि नगरको विकासमा एकीकृत रुपमा परिचालन गरिनेछ ।
विपद् व्यवस्थापन
२१३) विपद् व्यवस्थापन कोषमा थप रकम जम्मा गर्नको लागि सहयोगीमनहलाई आव्हान गरिनेछ भने उक्त रकमको परिचालनलाई थप व्यवस्थित गरिनेछ । विपद् पूर्वतयारी, विपत व्यवस्थापन, क्षति न्यूनीकरण लगायतका विषयहरुलाई समेटी विपद् प्रतिकार्य योजना निर्माण गरिनेछ । खोला घोला सरसफाई र नदीको उत्खनन कार्यलाई व्यवस्थित गर्न स्पष्ट मापदण्ड, कार्यविधि, सघन समन्वय लगायत अन्य उपायहरुको अवलम्वन गरिनेछ भने नदी कटानको क्षेत्र व्यवस्थापनमा आवश्यक रणनीति तय गरिनेछ । सरोकारवाला निकायहरुसँगको सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी विविध कार्यहरु संचालन गरिनेछ ।
२१४) नदी, खोला, खोल्सा र खहरेबाट कटान डुवान भई क्षतिग्रस्त हुन पुगेका जमिन तथा जोखिममा परेका क्षेत्रहरुको संरक्षण गरिनेछ । साथै बस्ती भित्र पानी पस्ने समस्याको सामाधान गर्न ढल तथा नाला व्यवस्थापन, खोला सफाई गरी वर्षायाममा पानीको निकाशको समुचित प्रवन्ध गर्न नाला निकाश गुरुयोजना माष्टर ड्रेनेज प्लान तर्जुमा गरी लागु गरिनेछ । नगरका आवश्यक स्थानहरुमा तटवन्ध निर्माण गरिने छ ।
२१५) ओमसतिया र रोहिणी गाउँपालिका सँगको लागत साझेदारिमा आगलागीजन्य बिपद् न्यूनीकरण गर्न खरिद गरिएको बारुण यन्त्र पुर्णरुपमा सन्चालन तथा व्यवस्थापन गरिनेछ ।
२१६) विपत जोखिम क्षेत्रको पहिचान, नक्साङ्कन, अनुमोदन, बजेटको प्रवन्ध वार्षिक अर्धबार्षिक कार्यक्रममा रुपान्तरण लगायतका कामहरु सम्पन्न गरिने छन् ।
फोहोरमैला व्यवस्थापन
२१७) फोहोरमैलाको स्रोतमा नै वर्गिकरण गर्ने अभियानलाई थप प्रभावकारी रुपमा संचालन गरिने छ । फोहोरलाई स्रोतमा नै बर्गिकरण गरी नगरपालिकालाई उपलब्ध गराउने नागरिकहरुलाई फोहरमैला शुल्क छुट दिईने छ । फोहोरमैला व्यस्थानको कामलाई आउट सोर्सिङ्ग गरी छरितो बनाइने छ। वडा नं ९ र १० मा फोहोरमैला प्रशोधन केन्द्र स्थापनको कामलाई निरन्तरता दिईनेछ ।
छाडा चौपाया र गौशाला व्यवस्थापन
२१८) नगरपालिका क्षेत्रभित्र वेवारिसे रुपमा छाडिएका छाडा चौपायाको नियन्त्रण र व्यवस्थापन सम्बन्धी कार्य गर्न विशेष अभियान सहित कामधेनु गौशालासँगको सहकार्यमा ूचौपाया व्यवस्थापनू अभियान संचालन गरिनेछ । नगरपालिका भित्र संचालनमा रहेका गौशालाहरुको स्तरोउन्नतीका लागि आवश्यक मोडालिटी तय गरिने छ ।
सार्वजनिक सेवा प्रवाह, सुशासन क्षमता विकास
२१९) नगरको मुख्य प्रशासनिक केन्द्र परिसरमा आधुनिक बगैचा, विद्युतीय पुस्तकालय, एटिएम सुविधा लगायतका सुविधाहरु उपलब्ध गराई एकद्धार प्रणालीमार्फत सेवा पुर्याउने गरि कार्य प्रारम्भ गरिनेछ ।
२२०) नगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाहरुलाई क्रमशः डिजिटलाईजेशन गर्दै सेवा प्रवाहलाई सहज र पारदर्शी बनाईनेछ । सबै वडाहरुमा कम्प्यूटर प्रणालीबाट सेवा प्रवाह गर्ने कार्यलाई तीव्रता दिई सेवा प्रवाहलाई स्वचालित बनाइने छ । नगर सरकारको निर्णय प्रक्रिया सरल, सहज र पारदर्शी बनाइनेछ ।
२२१) आफ्नो जिम्मेवारीमा अलमल गर्ने, काम पन्छाउने, अनियमितता र भ्रष्टाचारमा संलग्न हुने जोकोहीलाई कडा कारवाही गरिनेछ । राम्रो काम गर्ने पुरस्कृत हुने, काम नगर्ने एवं गैरकानूनी काम गर्ने दण्डित हुने विधिलाई कार्यान्वयनमा ल्याइनेछ । राष्ट्रसेवकहरुलाई प्रदान गरिने सेवा सुविधाको पुनरावलोकन गर्दै तालिम, गोष्ठी, भ्रमण लगायतका क्षेत्रमा खर्च खटौती गरिने छ ।
२२२) नगरपालिका कार्यालयलाई क्ष्क्इ ऋभचतषष्अबतभ प्राप्त गर्नका लागि चुस्त व्यवस्थापकीय प्रणालीको अवलम्वन, आवश्यक भौतिक पूर्वाधार एवं जनशक्ति विकास उपयुक्त संगठन संरचना तयार पारी प्रक्रिया अगाडि बढाइनेछ।
२२३) राष्ट्र सेवकहरुमा कामप्रति तत्पर हुने, सेवाभाव सहित समयमै काम सम्पन्न गर्ने, उत्कृष्ट नतिजा दिने र जिम्मेवारी वहन गर्ने कार्यसंस्कृतिको विकास गरिनेछ । राष्ट्रसेवकहरुमा ज्ञान, सीप र पेशागत मर्यादाको रक्षा गरी नगर सरकारको सेवालाई नयाँ गतिका साथ संचालन गरिनेछ । नगरपालिकामा विद्यमान जनशक्तिको लेखा परीक्षण ९ज्च् ब्गमष्त० गरी कार्यसम्पादनका स्पष्ट सूचक निर्माण गरी आगामी २ वर्ष भित्र नगरपालिकालाई ूउत्कृष्टताको केन्द्र” को रुपमा विकास गरिनेछ।
२२४) नगरपालिका भित्रको दर्ता, चलानी तथा महत्वपूर्ण डकुमेन्टलाई दीर्घकालसम्म जोगाई राख्नका लागि ूअफिस अटोमेशन प्रणालीू लाई कार्यान्वयनमा ल्याइनेछ ।
२२५) सदाचार प्रवर्धन र भ्रष्टाचारजन्य क्रियाकलापको अन्त्य गर्नको लागि भ्रष्टाचारजन्य क्रियाकलापमा शुन्य सहनशीलताको नीति अवलम्वन गर्दै भ्रष्टाचार गर्ने र गराउने दुवैलाई कानूनको दायरामा ल्याईनेछ । जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरिनेछ । आर्थिक प्रशासन शाखामार्फत प्रत्येक महिनाको खर्च मासिक रुपमा सार्वजनिक गरिनेछ ।
२२६) नगर प्रहरीको संगठनात्मक संरचना, पद दरवन्दी सेवा सुविधा लगायतका विषयहरुको पुनसंरचना गरी नगर प्रहरीको नियमनकारी भूमिकालाई प्रभावकारी बनाई बजार, बालश्रम, विद्यालय, व्यवसाय दर्ता र संचालन, मदिरा बिक्री वितरण र सेवन, घर निर्माण, सार्वजनिक जग्गाको साँध, सीमाना, ईन्धन डिपो, होटल, दुध डेरी, मासु पसल, औषधी पसल लगायतका नागरिकको जनजीविकासँग सम्बन्धित विषयहरुलाई प्रचलित कानूनको अधिनमा रही कडाईका साथ अनुगमन गरी स्थानीय सरकारको अनुभूति गराइनेछ ।
२२७) नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन र प्रचलित अन्य कानूनले निर्दिष्ट गरेको व्यवस्था अनुसार स्थानीय तह र सामुदायिक संघ संस्थाहरुलाई स्थानीय सरकारप्रति उत्तरदायी बन्नुपर्ने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइनेछ ।
२२८) नगर सरकारको वेवपेजमा नै सबै वडा कार्यालयहरुलाई आवद्ध गरी वडाका सबै गतिविधिहरु सम्बन्धित वडाको वेवपेजमा राख्ने व्यवस्था मिलाइनेछ ।
२२९) नगरपालिकाको मुख्यालय तथा अन्तर्गतका कार्यालयमा राखिएका टि।भि तथा संचार माध्यमबाट कार्यालयबाट सेवा प्राप्त गर्दा अपनाउनुपर्ने प्रकृया, चाहिने आवश्यक कागतजात, योजना तर्जुमा, कार्यान्वयन तथा भुक्तानी प्रकृया, कर तिर्दा हुने फाईदा, घुम्ती शिविर लगायतका जानकारीमूलक सूचनाहरु प्रसार गर्ने व्यवस्था मिलाइनेछ । विकास निर्माण, सेवा प्रवाह लगायत सबै क्षेत्रमा सदाचार पद्धति अवम्बन गरिनेछ ।
२३०) उपभोक्ता समितिका सहजताका लागि निश्चित लागतसम्मका योजना तथा कार्यक्रमहरु वडा कार्यालयबाटै सम्झौता गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइने छ ।
स्थानीय सुरक्षा व्यवस्था
२३१) स्थानीय सुरक्षा निकाय, नगरप्रहरी र सरोकारवालाहरुबीच सुरक्षा व्यवस्थालाई सवल बनाउन आवश्यक अन्तरक्रिया कार्यक्रमहरु संचालन गरिनेछ ।
२३२) नगरका विभिन्न स्थानहरुमा थप सिसिक्यामेरा जडान गरी स्थानीय सुरक्षा निकायबाट सिसिक्यामेराहरुको नियन्त्रण र व्यवस्थापन गर्ने कामको सुरुवात गरिनेछ ।
२३३) सुरक्षा निकाय सहयोग कार्यक्रम संचालन गरी स्थानीय तहमा रहेका सुरक्षा निकायको भौतिक पूर्वाधारको स्तरोउन्नतीका लागि आवश्यक पहल गरिनेछ ।
स्रोत व्यवस्थापन तथा राजस्व प्रशासन
२३४) संविधान बमोजिम स्थानीय तहलाई प्रात्त राजश्व सम्बन्धि अधिकारको प्रयोग गर्दै नगरपालिकालाई आर्थिक रुपमा समृद्ध एवं आत्मनिर्भर बनाउन राजश्वका सबै संभावना र क्षेत्रहरुको खोजी गर्दै प्रगतिशिल र समतामूलक ढंगले करका दरहरु निर्धारण गरिने छ।
२३५) नगरबासीलाई कर तिर्नु बोझ नभई आफ्नो दायित्व र कर्तव्य हो भन्ने कुरा प्रत्याभूत गराउन कर प्रशासनका सर्वमान्य सिद्धान्तका करको दर भन्दा दायरालाई प्राथमिकता दिई सोही अनुसार स्रोत परिचालन नीतिहरु तय गरिनेछ ।
२३६) आगामी आर्थिक वर्षमा निर्माण गरिएको राजस्व प्रशासन सुधार कार्ययोजना अनुसार आवश्यक बजेट व्यवस्था गरी राजस्व प्रशासनको क्षमता अभिवृद्धि गरिनेछ भने राजस्व सम्भाव्यता अध्ययन गरी राजस्व परिचालनका थप स्रोतहरुको पहिचान गरिनेछ । राजस्व प्रशासनलाई सूचना प्रविधिमा आधारित छिटो, छरितो र करदातामैत्री बनाईनेछ ।
२३७) सम्पत्ति कर प्रणाली सुदृढीकरण कार्यक्रमू संचालन गरी सम्पत्ति करलाई आन्तरिक आयको मूल स्रोतको रुपमा विकास गरिनेछ । स्थानीय तहलाई प्राप्त घर बहाल करको हालको दरलाई पुनरावलोकन गरी सम्बन्धित वडा कार्यालयलाई स्रोत साधन सहित घर बहाल कर उठाने अधिकार प्रत्यायोजन गरिनेछ ।
२३८) नेपालको संविधान तथा स्थानीय सरकार संचालन ऐन, २०७४ को अधिनमा रही हाटबजार, ढुङ्गा–गिट्टी, बालुबा, रोडा, माटो, ग्राभेल लगायतका नदीजन्य पदार्थको व्यवस्थापन ठेक्कापट्टा प्रचलित कानून अनुसार समयमै सम्पन्न गरिनेछ । सबैभन्दा धेरै कर दाखिला गर्ने करदातालाई ूउत्कृष्ट करदाताू को रुपमा पुरस्कृत गरिने छ । सबै आर्थिक तथा व्यापारिक क्रियाकलापहरुलाई करको दायरामा ल्याई आन्तरिक आम्दानीको दायरालाई फराकिलो बनाईनेछ
२३९) वडा कार्यालयको राजस्व परिचालन क्षमता बढाउनको लागि सम्पत्ति, घर बहाल कर तथा नदीजन्य पदार्थबाट संकलित राजस्वको २० प्रतिशत रकम सम्बन्धित वडाको पूर्वाधार निर्माण कार्यक्रमका लागि थप(अनुदान स्वरुप उपलब्ध गराइनेछ । कर प्रणालीमा सुधार गर्नको लागि आगामी वर्ष राजस्व प्रणाली सुदृणिकरण कार्यक्रम संचालन गरिनेछ । कर सहभागिता अभियानलाई आगामी वर्ष पनि निरन्तता दिई कर सहभागिता र कर परिपालना अभिवृद्वि गरिने छ । हाटबजार ठेक्का वापत प्राप्त हुने रकमको न्यूनतम २५ प्रतिशत रकम सोही हाट बजार व्यवस्थापनको स्तरोउन्नतीका लागि खर्च गर्ने प्रवन्ध मिलाईने छ ।
२४०) सार्वजनिक सेवावापत बुझाउनु पर्ने सबै दस्तुर र सेवा शुल्क क्यूआर कोड लगायतका विद्युतीय माध्यमबाट राजस्व खातामा जम्मा गर्न सक्ने व्यवस्था मिलाइने छ ।
२४१) नगर विकासको भरस् व्यवसायीले बुझाउने करू भन्ने मूल मर्मका साथ लिइदै आएको व्यवसायिक करमा करमा २५ प्रतिशत छुट दिने व्यवस्था मिलाउने छु ।
२४२) करदाता शिक्षालाई व्यापक रुपमा फैलाउदै कर सम्बन्धि सचेतनाको विकास गरिने छ। करदाताको सुविधालाई ध्यानमा राखि कर तिर्नको लागि प्रत्येक आ।व।मा कम्तिमा एक पटक घुम्ती सेवा संचालन गरिने छ।करदातालाई समयमै कर तिर्न प्रोत्साहन गर्न करदाता सम्मान लगायतका प्रवर्धनात्मक तथा प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गरिने छ। कृषिजन्य व्यवसायलाई प्रोत्साहन गर्न कृषिजन्य उत्पादन सम्बन्धि व्यवसायहरुमा वार्षिक कर छुट दिईने छ। अव्यवस्थित रुपमा संचालनमा रहेका ठेला साईकल तथा घुम्तीजन्य व्यवसायिहरुलाई व्यवस्थित गरि करको दायरामा ल्याउन प्रोत्साहन गरिनेछ । नगरपालिका अन्तर्गत दर्ता भएका व्यवसायीहरुलाई स्थायी लेखा नम्बर लिन आवश्यक सहयोग गरिने छ । आगामी आर्थिक वर्षमा नगरपालिकाको समग्र कर प्रणालीको सवलिकरण आयोजना संचालनमा ल्याइने छ ।
योजना व्यवस्थापन, अनुगमन एवं तथ्याङ्क प्रणाली तथा अनुसन्धान र विकासः
२४३) नगरबासीहरुका विकासका आकांक्षालाई पूरा गर्न एवं समृद्ध नगरको सपनालाई यथार्थतामा परिणत गर्न योजना प्रणालीको अहंम् भूमिका रहने विषयलाई आत्मसात गर्दै समग्र योजना तर्जुमा प्रणालीलाई यथार्थपरक, व्यवहारिक समुदायको अपनत्व रहने, टिकाउ र गुणस्तरीय निर्माणको कार्यलाई सुनिश्चितताका साथ प्रोजेक्ट बैंकलाई परिस्कृत तवरले संचालन गरिनेछ । केन्द्रीय, प्रादेशिक, क्षेत्रगत र स्थानीय योजनाबीच तादाम्यता कायम गरी नगरको सर्वाङ्गीर्ण विकास र समृद्धिको स्पष्ट दृष्टिकोण सहितको ूदीर्घकालिन योजना” निर्माण गरिनेछ ।
२४४) संघीय, प्रादेशिक, क्षेत्रगत र स्थानीय योजनाबीच तादाम्यता कायम गरी नगरको सर्वाङ्गिण विकास गर्ने ध्येयका साथ आवधिक योजना ९एभचष्यम एबिल० निर्माणको कामलाई पूरा गरिनेछ ।
२४५) आर्थिक वर्ष २०८१।८२ मा विभिन्न आयोजनामा छुट्टाइएको पूँजीगत खर्चको न्यूनतम ७० प्रतिशत रकम चैत्रमसान्त भित्रै खर्च गर्नको लागि असोज मसान्तसम्म उपभोक्ता समिति गठन, कार्तिक मसान्तसम्म उपभोक्ता समितिलाई तालिम, मंसिर मसान्तसम्म योजना सम्झौता, बैशाख मसान्तसम्म कार्यम्पन्न भुक्तानी भुक्तानी फरफारक गर्ने प्रवन्ध सहित वडास्तरका योजनाहरुको सम्झौता वडास्तरमा सम्पन्न गर्ने प्रवन्ध मिलाईनेछ। योजनाहरुको अनुगमन प्रणालीमा स्थानीय सरोकारवालाहरुको सहभागितालाई सुनिश्चित गरिनेछ ।
२४६) योजना अनुगमनको वार्षिक कार्यतालिका र सूचक निर्माण गरी अनुगमनलाई परिणाममुखी बनाइनेछ । योजनाहरुको अनुगमन प्रणालीमा स्थानीय सरोकारवालाहरुको सहभागितालाई सुनिश्चित गरिनेछ।
२४७) आगामी वर्ष देवदह नगर सरकारको आवद्यिक योजना, मध्यकालिन खर्च संरचना, आयोजनाहरुको प्राथमिकरण ९एज्ञ, एद्द, एघ० दीगो विकासको लक्ष्य, डुइङ्ग विजनेश सूचक ९म्यष्लन द्यगकष्लभकक क्ष्लमभह० लगायतका क्षेत्रमा काम गरिनेछ । नगर सरकारका योजना, विकास र लगानीलाई ूसमृद्ध नेपाल स् खुसी नेपालीू को अभियानसँग तादाम्यता मिलाईनेछ ।
२४८) स्थानीय सार्वजनिक खरिद नियमावलीलाई परिमार्जन गरी सार्वजनिक खरिद र विकास निर्माण बीच तालमेल मिलाईनेछ । विकास आयोजनाहरु तोकिएको परिणाम, गुणस्तर, लागत र समय ९त्तगबलतष्तथ, त्तगबष्तिथ, ऋयकत ७ त्ष्mभ त्तत्तऋत्० मा सम्पन्न हुनेगरी संयन्त्र निर्माण गरिने छ ।
२४९) भौतिक पूर्वाधारको गुणस्तरको मापन गर्नको लागि आवश्यक प्राविधिक र यान्त्रिक व्यवस्थापन थप परिष्कृत गरिनेछ । दीर्घकालीन पूर्वाधार योजना कार्यान्वयनका लागि जग्गाको क्षेत्रफल एकिन, डिपीआर र वातावरणीय प्रभाव मूल्यांकन लगायतका कामहरु गरेर मात्र निर्माण प्रक्रिया सुरु गरिने छ । एशियाली विकास वैँकको सहयोगमा सुरु गर्न लागिएका आयोजनाहरुलाई प्राथमिकताका साथ कार्यान्वयनमा लगिनेछ ।
सामुदायिक तथा गैरसरकारी संस्था
२५०) नगरपालिका भित्र क्रियाशील गैरसरकारी संस्थाहरुको परिचालन, नियमन, अनुगमन मूल्याङ्कन र सहजिकरणलाई निरन्तरता दिइनेछ । गैरसरकारी संस्थाद्धारा नगर क्षेत्र भित्र संचालन गर्ने सबै कार्यक्रम नगरपालिकाको वार्षिक योजनामा समावेश गर्ने र नगरपालिकाले तोकेको क्षेत्रमा कार्यक्रम संचालन गर्नु पर्ने प्रवन्ध मिलाईने छ । त्यसैगरी नगर क्षेत्र भित्रका सामुदायिक संस्थाहरु ९खानेपानी, वन, सहकारी० ले सामाजिक कार्यहरु गर्दा नगरपालिकासँग समन्वय गर्नुपर्ने गरी परिपत्र गरिनेछ।
न्यायिक समिति
२५१) नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन अनुसार नगरपालिकालाई प्रदत्त काम, कर्तव्य र अधिकारको सुव्यवस्थित रुपमा कार्यान्वयन गरिनेछ । न्यायिक समितिको कामलाई वस्तुपरक प्रभावकारी बनाउन मुद्दा दर्ता, छलफल विवाद समाधानका वैकल्पिक उपाय एवं मेलमिलाप सम्बन्धी विद्यमान प्रक्रियालाई थप स्पष्ट पारिनेछ । स्थानीय न्याय सम्पादन प्रकृयालाई छिटो, छरितो र थप व्यवस्थित बनाई न्यायिक समितिमा सर्वसाधारण नागरिकको पहुँच वृद्धि गरिने छ । स्थानीय सरकारको सेवालाई र सहज र सरल बनाउनको थप कानून, कार्यविधि, मापदण्डको अध्ययन अनुसन्धान एवं कानूनी मस्यौदा तयार पारिनेछ ।
२५२) प्रत्येक वडामा रहेका मेलमिलापकर्ता मार्फत विवाद निरुपण र मेलमिलापका आधारभूत सिद्धान्तहरुको पालनामा जोड दिईनेछ । विवाद निरुपणमा अविभेद, सहभागिता, जवाफदेहिता र ससक्तिकरण जस्ता पक्षलाई ध्यान दिइनेछ । न्यायिक समितिका निर्णयहरुको कार्यान्वयनका लागि नगरप्रहरीको जिम्मेवारी किटानी गरिने छ । मेलमिलापकर्तालाई आवश्यक तालिम प्रदान गरी मेलमिलापलाई परिणाममुखी बनाईनेछ।
२५३) लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालबालिकाहरुलाई अस्थाई आश्रयस्थलको व्यवस्था गरिने छ । हिँसा पीडित महिला, अपाङ्गता भएका व्यक्ति, दलित, बालबालिका र ज्येष्ठ नागरिकलाई प्रदेश र संघीय सरकारको सहकार्यमा निशुल्क कानूनी सहायता उपलब्ध गराइनेछ ।
अन्तर तह समन्वय :
२५४) तिलोत्तमा नगरपालिका र देवदह नगरपालिका संयुक्त लगानीमा पवित्र नदी रोहिणीको उपयुक्त स्थानमा विद्युतीय दाहसंस्कार निर्माणस्थलको निर्मारण कार्यक्रमको थालनी गरिनेछ। ओमसतिया रोहिणी र देवदह नगरपालिकाद्वारा संचालन गर्न लागिएको दमकल सेवालाई चुस्तरुपमा संचालन गर्नको लागि आवश्यक प्रवन्ध मिलाइदै लगिने छ ।
२५५) स्थानीय तह संस्थागत क्षमता स्वमूल्याँकन, स्थानीयतह वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि, २०७७, स्थानीय आर्थिक विकास मूल्यांकन कार्यविधि २०७९, दिगो विकासको स्थानीय करण, स्थानीय तहको मध्यकालिन खर्च संरचना, स्थानीय सरकार संचालन ऐन २०७४ लगायतका दस्तावेजहरुको पूर्ण कार्यान्वयनका लागि सबै संयन्त्रहरुलाई क्रियाशील बनाई उत्कृष्टता हासिल गरिनेछ ।
देवदहका दस अभियान
२५६) मेरो नेतृत्वको स्थानीय सरकारले ूदेवदहका दस अभियानू स्रोतगत सुनिश्चितता सहित संचालन गर्ने प्रवन्ध मिलाउने छु । नगरको विकासका विभिन्न आयामहरुम योगदान पुर्याउने व्यक्तित्वहरुलाई देवदह रत्नको रुपमा पुरस्कृत र सम्मान गर्ने परिपाटीको सुरुवात गरिने छ ।
आदरणीय नगर सभाका सदस्यज्यूहरु,
२५७) देवदह नगर सरकारको तर्फबाट चालु वर्षमा प्राप्त उपलब्धिहरुलाई अझ सुदृढ बनाउँदै, हालसम्म संचालनमा रहेका कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक, सामाजिक र साँस्कृतिक सबै क्षेत्रको समातामूलक विकासका लागि ूसमृद्ध नगर स् सुखी नगरबासीू को आकाङ्क्षा पूरा गर्ने अठोटका साथ मैले आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु ।
२५८) बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण, युवा अवस्थामा शीप, उद्यमशीलता र रोजगारी, जेष्ठ नागरिकलाई सम्मान र संरक्षण, सीमान्तकृत समूहलाई मूलप्रवाहिकरण र महिलालाई समतामूलक अवसर सिर्जनाको लागि कार्यक्रम केन्द्रित गरेको छु ।
२५९) यो नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट नगरको विकासको आधारशीला, आर्थिक पारदर्शिता र सुशासन कायम हुनेछ । नगरको सेवाको गुणस्तर वृद्धि भई देवदह नगर सरकार ूउत्कृष्ट स्थानीय सरकारू को रुपमा नेपालको मानचित्रमा अंङ्गित हुनेछ भन्ने कुरामा विश्वस्त छु।
२६०) यो नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सबै क्षेत्रबाट विशिष्ट योगदान प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु । अन्त्यमा, नगरको विकासमा योगदान पुर्याउनु हुने जनप्रितिनिधिज्यूहरु र राष्ट्रसेवक कर्मचारी, राजनैतिक दल, निजी क्षेत्र, सहकारी तथा संघ संस्था, नागरिक समाज, बुद्धिजीवी र टोल विकास संस्था, सञ्चारजगत, सुरक्षा निकाय, सरकारी गैरसकारी संघ संस्थाहरु तथा सम्पूर्ण नगरबासीहरुलाई धन्यवाद ज्ञापन गर्दछु । यसैगरी नगरको विकास प्रयासमा सहयोग गर्नको लागि हातेमालो गरिरहेका संघीय सरकार र प्रदेश सरकारप्रति अभार व्यक्त गर्दछु ।
धन्यवाद ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology