Logo

२०८३, श्रावण २७गते


images
images

निर्वाचित दल छोडेपछि यी स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षको पद रिक्त

निर्वाचित दल छोडेपछि यी स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षको पद रिक्त

images
  • निर्वाचित दल छोडेपछि यी स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षको पद रिक्त
    images
    images

    काठमाडौँ । निर्वाचन आयोगले जुम्लाको गुठिचौर गाउँपालिका र नवलपरासी पश्चिम पाल्हिनन्दन गाउँपालिका उपाध्यक्षको पद रिक्त भएको जनाएको छ ।

    images
    images
    images

    त्यस्तै बुटवल उपमहानगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्षको पद पनि रिक्त भएको आयोगले सार्बजनिक सूचना निकालेर जानकारी दिएको हो ।

    images
    images
    images

    आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने कानूनी व्यवस्था बमोजिम नेपाली कांग्रेसको संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका तपसिल बमोजिमका जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय कार्य सम्पादन समितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी दिएपछि यी स्थानीय तहका पद रिक्त भएको जानकारी दिएको  हो ।

    images
    images
    images

    आयोगका अनुसार जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढा, नवलपरासी, बर्दघाट सुस्ताको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र बुटवल उपमहानगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु ढकालले आफु निर्वाचित पारित नेपाली काँग्रेस छोडेकाले उनीहरुको पद रिक्त भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।