Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

स्थानीय तहमा काँग्रेसबाट उम्मेदवार बन्न लिडरशिप एकेडेमीको कोर्स अनिवार्य- सभापति थापा

स्थानीय तहमा काँग्रेसबाट उम्मेदवार बन्न लिडरशिप एकेडेमीको कोर्स अनिवार्य- सभापति थापा

images
  • स्थानीय तहमा काँग्रेसबाट उम्मेदवार बन्न लिडरशिप एकेडेमीको कोर्स अनिवार्य- सभापति थापा
    images
    images

    काठमाडौं । नेपाली कां‌ग्रेसका सभापति गगन थापाले लिडरशिप एकेडेमीमा भर्ना भई निर्धारित कोर्स पूरा नगरे स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताएका छन् ।

    images
    images
    images

    शनिबार नेपाली काँग्रेसको भातृसंघ नेपाल थारु संघको महाअधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति थापाले स्थानीय तहमा काँग्रेसबाट उम्मेदवार बन्न लिडरशिप एकेडेमीमा भर्ना भई निर्धारित कोर्स पूरा गर्नुपर्ने बताएका हुन् ।

    images
    images
    images

    सभापति थापाले भने- ‘हामीले अहिले नेतृत्वको एउटा छुट्टै युनिट बनाएका छौं, लिडरशिप एकेडेमी भनेर, जसमा पार्टीको तर्फबाट अब हामी केही दिनमा यसको खुला आह्वान गर्छौं । ७५३ पालिकामा निर्वाचन लड्न चाहने, इच्छा राख्नुभएको कोही पनि हुनुहुन्छ, म उम्मेदवार बन्न चाहन्छु भनेर कोही अहिले दोहोरिन चाहनुभएको छ वा नयाँ उम्मेदवार बन्न चाहनुभएको छ भने अनिवार्य रुपमा लिडरशिप एकेडेमीमा भर्ना हुनैपर्छ र एउटा कोर्स पूरा गर्नैपर्छ । त्यो कोर्स पूरा गरिसकेपछि मात्रै त्यसका निम्ति योग्य बनिन्छ ।'

    images
    images
    images

    उनले नेतृत्व विकासका लागि लिडरशिप एकेडेमीको छुट्टै संरचना स्थापना गरिएको स्पष्ट गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्थानीय तह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।