नवलपरासी । कोभिड-१९ नियन्त्रण र व्यवस्थापनको विषयमा हामीले सरोकारवालाहरुसंग निरन्तर संवाद गर्दै आईरहेका छौँ । स्थानीय सरकार, समाजमा क्रियाशिल राजनीतिक दल, सामाजिक संघ-संस्थाहरु र आमनागरिकसंग निरन्तर संवाद गर्दै जनताको गुनासो सम्बन्धित पक्षसम्म पुर्याउने र उनीहरुको ध्यानाकर्षण गराउने हाम्रो अभियान जारी छ ।
यसैक्रममा सुनवलमा कोभिडको अवस्था, नगरपालिकाले यसको नियन्त्रणका लागि गरेका पहल, सुनवलवासीको जनगुनासो, राहत वितरण र कोभिड पश्चातका तयारीबारे सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीसंग हामीले कुराकानी गरेका छौँ ।
हामीसंग संवाद गर्दै नगरप्रमुख क्षेत्रीले नगरवासीको जीवन रक्षाकालागी कुनैपनि कसर बाँकी नराखिएको बताए । आवश्यक पर्दा रातको १२ बजे पनि जनताको दैलोमा मेडिकल टिम पुगेको जानकारी दिदैं प्रमुख क्षेत्रीले नगरपालिकाले सम्पुर्ण शक्ती, स्रोत र साधन कोभिड नियन्त्रणमा लगाएको बताए ।
चौविसै घण्टा निशुल्क एम्बुलेन्स र चिकित्सक सहितको मेडिकल टिम नगरवासीको सेवामा तयार राखिएको बताउँदै प्रमुख क्षेत्रीले निषेधाज्ञा बढ्दै गएको खण्डमा राहत वितरणको काम पनि सुरु गरिने जानकारी दिए ।
प्रस्तुत छ, सुनवल नगरप्रमुख भिम बहादुर थापा 'भरत' संग सेतोमसी सहकर्मी रेशम अधिकारीले गर्नुभएको संवादको सम्पादित अंश (भिडियो) - सम्पादक
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology