कपिलवस्तु । कपिलवस्तु सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वाहिनीमा ५१ युुुुनिट रगत संकलन भएको छ । "बुटवलमा रगतको कमि छैन" भन्ने मूल नारा सहित नेपाल स्वयंसेवी रक्तदाता समाज, रोटरी रोट्र्याक्ट र नं. ५ विन्ध्यावासिनी बाहिनीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक बाहिनीपति किशोर प्रधानले सशस्त्र प्रहरीले देशका नागरिकको शान्ति सुरक्षा संगै विभिन्न विपतमा संगै रहेर काम गरी नागरिकको उद्दारमा काम गर्दै आएको बताए । सशस्त्र प्रहरी महामारी नियन्त्रणमा प्रदेशका ठूला नाकाहरुमा सिमा सुरक्षासंगै कोरोना नियन्त्रणका लागि नागरिकलाई सचेत गराउने काम गर्दै आइरहेको उनले बताए ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले अहिले कोभिड १९ को महामारीको बेला कसैले पनि रगतको अभावले ज्यान गुमान नपरोस भन्ने उद्देश्यले नेपाल स्वंयसेवी रक्तदाता समाज रुपन्देहीले अन्य कुनै ठाउँमा रगत नपाइए पनि बुटवलमा २४ घण्टा रगत उपलब्ध गराउने लक्ष्य सहित रक्तदान कार्यक्रम राखिएको बताए ।
रगतको अभाव हुन नदिन कोभिडसंगै अन्य किसिमका विरामीलाई रगत उपलब्ध गराउन रक्तदान कार्यक्रम गरिएको रोटरी रोट्रयाक्ट कोभिड १९ सहजीकरणका संयोजक सुरज खरेलले बताए ।
रक्तदान कार्यक्रममा ५१ जना सशस्त्र प्रहरीले रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले जानकारी दिए ।
कार्यक्रममा सशस्त्र प्रहरीलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology