Logo

२०८३, आश्विन ९गते


images
images

'समुदायले खोज्ने कार्यक्रम नै देवदह नगरपालिकाले रोज्ने'

'समुदायले खोज्ने कार्यक्रम नै देवदह नगरपालिकाले रोज्ने'

images
  • 'समुदायले खोज्ने कार्यक्रम नै देवदह नगरपालिकाले रोज्ने'
    images
    images

    देवदह । देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले समुदायले खोज्ने कार्यक्रम नै देवदह नगरपालिकाले रोज्ने बताएकी छन् । सोमबार  नगरपालिकाको वडा नं. ५ का  महिला समूह, आमा समूह, टोल विकासका पदाधिकारीहरूको सामुहिक छलफलमा बोल्दै उपप्रमुख गुरुङले बजेट निर्माणदेखि कार्यान्वयन गर्दासम्म नै समुदायको भुमिका हुने र समुदायको आवश्यकता बमोजिम नगरपालिकाले कार्यक्रम तय गर्ने बताइन् ।

    images
    images
    images

    महिला उद्यमशीलता तथा बालबालिका विकास एवं सुरक्षा नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै गुरुङले नगरपालिका नगरभित्रका महिला तथा बालबालिकाको विकासका लागि सधै गम्भीर भएको बताईन् ।

    images
    images
    images

    सोहि कार्यक्रममा बोल्दै वडा नं. ५ का अध्यक्ष गणेश डुम्रेले महिला उद्यमशिलताको लागि फिनेल हार्पिक तालिमको लागि वडाबाट बजेट बिनियोजन भएको, महिला नेतृत्व विकासको लागि यहि असोज ४,५ र ६ गते ३ दिवसीय नेतृत्व विकास तालिम आयोजना गरिएको आगामी दिनमा स्वरोजगार केन्द्रित बजेट र कार्यक्रम ल्याउने बताएका थिए ।

    images
    images
    images

    कार्यक्रममा उपस्थित महिलाहरुलाई तीन समुहमा बिभाजन गरि उनीहरुले कस्ता कार्यक्रम माग गरेका छन? कुन कार्यक्रमको लागि बजेट बिनियोजन गर्दा उत्पादकत्व, स्वरोजगार र वास्तविक सीप हासिल हुन्छ? समाजले कस्तो कार्यक्रम खोजेको र रोजेको छ भन्ने सन्दर्भमा छलफल गरि निचोड निकालिएको थियो। उक्त कार्यक्रमबाट माग भए अनुसार नेतृत्व विकास तालिम, पशुपालन सम्बन्धि कार्यक्रम, फिनेल हार्पिक निर्माण, चप्पल, झोला निर्माण, महिला ड्राइभिङ, दुना टपरी, गित संगीत बाद्यबादन तालिम लगायतका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिईएको थियो । 


    कार्यक्रममा देवदह प्रहरी चौकीका के बि थापाले महिला र घरेलु हिंसा सम्बन्धी सचेतनामुलुक प्रस्तुती राखेका थिए ।

    कार्यक्रम वडा सदस्य साबित्रा पौडेलको अध्यक्षता र स्थानीय अन्जु श्रेष्ठको सहजीकरण सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।