देवदह । देवदह नगरपालिकाले मुख्य बजार चोकमा घुम्ती शौचालय संचालन गर्ने भएको छ । सोमबार बसेको नगरकार्यपालिकाको १३०औं बैठकले खैरेनी, शितलनगर र भलुही बजार चोकमा घुम्ती शौचालय संचालन गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।
बैठकले देवदह स्वास्थ्य चौकीलाई दश शैया सहितको देवदह आधारभूत अस्पतालको रुपमा संचालन गर्ने निर्णय समेत गरेको छ । प्रवक्ता डुम्रेका अनुसार २०७९ असोज मसान्तसम्ममा उक्त अस्पताल संचालन एवं व्यवस्थापन गर्ने निर्णय नगरकार्यपालिकाले गरेको छ ।
त्यसैगरी विभिन्न वडाबाट बेरोजगारमा सुचिकृत हुन आवेदन दिएका १६३ जनालाई बेरोजगार सूचीमा सुचिकृत गरेको बैठकले विभिन्न शिर्षकमा ९ वटा निर्णयहरू गरेको छ ।
हेर्नुस् देवदह नगरकार्यपालिकाको १३०औं बैठकका निर्णयहरू (जस्ताको तस्तै)
निर्णय नं. १ देवदह नगरपालिकाका विभिन्न वडा कार्यालय मार्फत आ.व. २०७९/०८० का लागि बेरोजगारमा सूचीकृत हुन आवेदन दिएका १६३ जना व्यक्तिहरुलाई बेरोजगार सूचीमा सूचीकृत गर्ने निर्णय गरियो ।
निर्णय न २ आ.व. ०७९/०८० का लागि ज्यालादर तथा निर्माण सामाग्रीहरुको दररेट सम्बन्धमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मिति २०७९/०३/२९ गते बसेको बैठकले निर्धारण गरेको जिल्ला दररेटलाई स्वीकृत गर्दै उक्त दररेटमा नसमेटिएका विषय वस्तुहरुमा संघीय, प्रादेशिक तथा अन्य स्थानीय तहमा स्वीकृत भएका नमर्सका आधारमा र परामर्शदाताबाट हुने खरिद तथा सेवा प्राप्तिको हकमा बजारबाट दरभाउ पत्र लिई प्राप्त दरभाउका आधारमा औषत प्रस्ताव (दरभाउ) लाई लागत मानि सोही बमोजिम खरीद प्रक्रिया अगाडी बढाउने समेत निर्णय गरियो ।
निर्णय नं. ३ देवदह बासीलाई स्वच्छ गणस्तरयुक्त खानेपानी तथा ढल निकासको उपलब्धता गराउने उदेश्यले प्राबिधिक सम्भाब्यता अध्ययनको लागि खानेपानी तथा ढल निकास विभाग, पानीपोखरी, महाराजगंज काठमाण्डौंमा सिफारिससाथ अनुरोध गर्ने निर्णय गरियो।
निर्णय न. ४ देवदह नगरपालिकाको नगर शिक्षा समितिमा नगर शिक्षा ऐन, २०७४ को दफा २ मा भएको व्यवस्था बमोजिम नगर सभाका सदस्यहरुबाट कम्तिमा एक जना महिला पर्ने गरि तपसिल बमोजिमका २ जना सदस्य तोक्ने निर्णय गरियो ।
१ .सदस्य रेनुका आले मगर
२. सदस्य ण प्रसाद न्यौपाने
निर्णय न. ५ देवदह नगरपालिकाको नगर शिक्षा ऐन, २०७४ को दफा १४ को १ (ख) बमोजिम नगर सभाका सदस्यहरु मध्येबाट नगर कार्यपालिकाकाले तोकेको एक जना महिला सहित दुई जना नगर शिक्षा अनुगमन समितिको लागि सदस्य तोक्ने निर्णय गरियो ।
१ सदस्य अमर लामिछाने
२. सदस्य दिपा वि.क.
निर्णय न. ६ देवदह स्वास्थ्य चौकीलाई हाल दश शैया (बेड) सहितको देवदह आधारभूत अस्पतालको रुपमा २०७९ असोज मसान्तसम्ममा संचालन एवं व्यवस्थापन गर्ने निर्णय गरियो
निर्णय न. ७ माथि नगरपालिका तथा सबै वडा कार्यालयहरुबाट अनलाईन प्रणालीबाटै राजश्व संकलन तथा विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयन गर्ने निर्णय गरियो ।
निर्णय न. ८ देवदह नगरपालिकाको टोल विकास संस्था गठन कार्यविधि, २०७५ को दफा ३ को उपदफा ३ मा संशोधन गर्ने निर्णय गरियो ।
निर्णय न ९ देवदह नगरपालिकाको खैरेनी बजार , शितलनगर बजार र भलुहि बजार चोकमा घुम्ती शौचालय संचालन गर्ने निर्णय गरियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology