Logo

२०८३, आश्विन ११गते


images
images

कार्यक्रममा बोलाएर आफू नपुग्दै पुल उद्धाटन गरिएकोमा  प्रदेश सांसद न्यौपानेको आपत्ति

कार्यक्रममा बोलाएर आफू नपुग्दै पुल उद्धाटन गरिएकोमा  प्रदेश सांसद न्यौपानेको आपत्ति

images
  • कार्यक्रममा बोलाएर आफू नपुग्दै पुल उद्धाटन गरिएकोमा  प्रदेश सांसद न्यौपानेको आपत्ति
    images
    images

    देवदह । नेपालमा पुल, भवन, सडक आदिको शिलान्यास र उद्घाटनका बिषयहरू विवादमा पर्नु नौलो कुरा होइन । यस्तै देवदहको एउटा उद्घाटन कार्यक्रममा आफुलाई बोलाएर आफू नपुग्दै पुल उद्धाटन गरिएकोमा लुम्बिनी प्रदेशसभा सदस्य डा. कृष्ण प्रसाद न्यौपानेले सामाजिक संजालमै आपत्ति जनाएका छन् ।

    images
    images
    images

    सन्दर्भ हो,  देवदह नगरपलिकामा वडा नं. ८ मा निर्माण भएको वडा नं ४ र ८ जोड्ने  बँगाली पुल उद्धाटनको । मंगलबार लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री सहसराम यादव उक्त पुलको उद्घाटन गरे । करिव दिउसो दुई बजेतिर भएको पुल उद्घाटनमा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, वडा नं. ८ का वडाध्यक्ष हरि पाण्डे लगायतका स्थानीय जनप्रतिनिधि र भौतिक पुर्वाधार मन्त्रालयका कर्मचारीको उपस्थिति थियो । तर उक्त कार्यक्रममा सांसद न्यौपाने देखिएनन् ।received_648825493248001.jpeg

    images
    images
    images

    पुल उद्घाटन भैसकेपछि डा. न्यौपानेले सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गरे । जसमा उनले लेखेका छन्; "मैले पहल गरेर बङ्गाली पुल निर्माण भएको कुरा सबैलाइ सर्वबिदितनै छ । तर आज उद्घाटन गर्दा मलाइ ३ बजे बोलाएर म सोही समयमा पुग्दा कार्यक्रम समापन भैसकेको जानकारी प्राप्त हुनु कस्तो बिड्म्बना हो? 

    images
    images
    images

    उनको स्टाटस पोस्ट भएपछि सेतोमसीले राखेको जिज्ञासामा सांसद न्यौपानेले आफुलाई अपमान गरिएको बताएका छन् । प्रदेश सरकारको बजेटमा निर्माण भएको पुल प्रदेशकै भौतिक पुर्वधारमन्त्रीले उद्धाटन गर्दा तपाईंलाई किन आपत्ति भन्ने हाम्रो प्रश्नमा उनले आफुलाई मन्त्रीले पुल उद्धाटन गरेकोमा आपत्ति भएको नभई ३ बजे बोलाएर १ घण्टा अघि नै पुल उद्धाटन गरेकोमा दु:ख लागेको बताए । 'मलाई तीन बजे बोलाइयो, देवदह नगर उपप्रमुखलाई २ बजे भनेछन् र म कार्यक्रममा म नपुग्दै उद्धाटन गरेर सकाएछन । यस्तो लापरबाही पनि हुन्छ?' उनले भने । आफ्नो अनुपस्थितिमा १५-२० जना जम्मा भएर पुलको उद्धाटन गरेकोमा डा. न्यौपानेकोको गुनासो छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।