काठमाडौं । पदबाट हटाइएका आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको आज पेशी तोकिएको छ । सो रिट सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ ।
मङ्सिर ३ गते यस रिटको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो । विशेष अग्राधिकार दिँदै आजको लागि पेशी तोकिएको थियो ।
आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । गत कात्तिक १८ मा बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो । उनको ठाउँमा डा. मनोज कुमार केसीलाई आईजीपी बनाइएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology