Logo

२०८३, मंसिर ७गते


images
images

महानिरीक्षक केसी अनुपस्थित भएपछि दानबहादुर कार्कीको रिटमा हुन सकेन सुनुवाई

महानिरीक्षक केसी अनुपस्थित भएपछि दानबहादुर कार्कीको रिटमा हुन सकेन सुनुवाई

images
  • महानिरीक्षक केसी अनुपस्थित भएपछि दानबहादुर कार्कीको रिटमा हुन सकेन सुनुवाई
    images

    काठमाडौँ ।  प्रहरी महानिरीक्षक डा. मनोज केसीले म्याद नबुझेका कारण दानबहादुर कार्कीले दिएको रिटमा अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतमा आज बहस हुन सकेन ।

    images
    images
    images

    अन्तरिम आदेशबारेको निर्णयका लागि हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा दुबै पक्षबाट बहस हुने तय भएको थियो ।

    images
    images

    छलफलका लागि प्रहरी महानिरीक्षक केसी उपस्थित नभएपछि आजको सुनुवाइ रोकिएको हो । 

    images

    केसी उपस्थित नभएपछि इजलासले केसीलाई म्याद बुझाएर मङ्सिर ९ गते पेशी तोक्न आदेश दिएको छ । 

    यसअघि मंसिर ३ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। 

    मन्त्रिपरिषदको कात्तिक १८ गते भएको प्रमाणित प्रतिलिपि र अन्य कुनै कागजात भए त्यसलाई समेत आजको सुनुवाइमा ल्याउन भनिएको थियो । त्यस्तै, सर्वोच्च अदालतले पनि सरकारका नाममा १५ दिनभित्र लिखित जबाफ पेस गर्न भनेको छ।

    कात्तिक १८ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकारको नियुक्ति दिने निर्णय गरेको थियो ।

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।