Logo

२०८३, श्रावण २७गते


images
images

निर्वाचन केन्द्रित भएर काम गर्न प्रहरीलाई महानिरीक्षक कार्कीको निर्देशन

निर्वाचन केन्द्रित भएर काम गर्न प्रहरीलाई महानिरीक्षक कार्कीको निर्देशन

images
  • निर्वाचन केन्द्रित भएर काम गर्न प्रहरीलाई महानिरीक्षक कार्कीको निर्देशन
    images
    images

    दाङ । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्पूर्ण प्रहरी संयन्त्रलाई राजनीतिक झुकावविहीन, इमान्दार र जनमुखी भूमिकामा केन्द्रित हुन निर्देशन दिएका छन् ।

    images
    images
    images

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा आयोजित निर्देशन कार्यक्रममा महानिरीक्षक कार्कीले मातहतका सबै युनिट तथा इन्चार्जहरूलाई निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी सह्य नहुने स्पष्ट सन्देश दिए । निष्पक्षता र कानूनको पालना नै प्रहरीको पहिलो कर्तव्य हुने उल्लेख गर्दै उहाँले जनविश्वास कायम राख्ने आचरण देखाउन जोड दिएको प्रदेश प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ ।

    images
    images
    images

    निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र विश्वसनीय बनाउन प्रहरीको भूमिका निर्णायक हुने भन्दै महानिरीक्षक कार्कीले पेशागत अनुशासन, उच्च नैतिकता र पारदर्शी कार्यशैली अपनाउन निर्देशन दिएका थिए ।

    images
    images
    images

    प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीका अनुसार माघ २० गते कपिलवस्तु, रुपन्देही र नवलपरासीका प्रहरी प्रमुख तथा युनिट इन्चार्जहरूलाई बुटवलस्थित तालिम केन्द्रमा निर्वाचन केन्द्रित ब्रिफिङ गरिएको थियो । त्यसको भोलिपल्ट माघ २१ गते दाङ जिल्लाभरका प्रहरी युनिटका इन्चार्जहरूलाई प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट निर्देशन दिइएको हो ।

    खत्रीले महानिरीक्षक कार्कीको निर्देशनलाई उद्धृत गर्दै भने, “प्रहरी सधैँ जनताको पक्षमा उभिनुपर्छ, निर्वाचन सुरक्षामा कुनै पनि प्रकारको कमजोरी देखिन दिनु हुँदैन ।” कानून कार्यान्वयनमा कठोरता, तर व्यवहारमा संयमता अपनाउन भनिएको प्रहरी इन्चार्जहरूले बताएका छन् ।

    प्रदेशभर निर्वाचन सुरक्षाको तयारीलाई थप प्रभावकारी बनाइने प्रदेश प्रहरी कार्यालयको भनाइ छ । कार्यसम्पादनका आधारमा प्रहरीलाई प्रोत्साहन र पुरस्कृत गर्ने व्यवस्था समेत गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    सेतोमसी शैलीमा हेर्दा, निर्वाचन नजिकिँदै गर्दा प्रहरी संगठनभित्र दिइएको यो निर्देशन केवल औपचारिक वक्तव्य होइन, मैदानमा कस्तो कार्यशैली देखिन्छ भन्ने कुराले नै यसको प्रभावकारिता परीक्षण गर्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दानबहादुर कार्की
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।