काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
विहिवार गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव रामेश्वर दंगालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
आईजीपी चन्द्र कुवेर खापुङको ३० वर्षे सेवा अवधि बुधवार सकिएसँगै उनी अनिवार्य अवकाशमा गएका छन् । त्यसअघि सोमवार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३औं आईजीपीमा बनाउने निर्णय गरेको थियो ।
२०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म प्रहरी महानिरीक्षक हुनेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology