Logo

२०८३, मंसिर २गते


images
images

युक्रेनको आक्रमणबाट रुस र क्रिमिया जोड्ने पुलमा ठूलो क्षति

युक्रेनको आक्रमणबाट रुस र क्रिमिया जोड्ने पुलमा ठूलो क्षति

images
  • युक्रेनको आक्रमणबाट रुस र क्रिमिया जोड्ने पुलमा ठूलो क्षति
    images

    काठमाडौं । युक्रेनले रुसको कब्जामा रहेको क्रिमियासँग जोड्ने महत्वपूर्ण पुलमा ठूलो क्षति पुर्‍याएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई लामो तयारीपछि गरिएको ‘अभूतपूर्व सैन्य कारबाही’ बताएका छन् ।

    images
    images
    images

    युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका तस्बिरमा पुलको एउटा ठूलो भाग भत्किएर पानीमा खसेको देखिएको छ । आक्रमणबाट पुलको सडक खण्डमा गम्भीर क्षति पुगेको छ भने रेलमार्गको केही संरचनामा समेत असर परेको छ । युक्रेनी सेनाका अनुसार पुलबाट सवारी आवागमन बन्द भएको छ ।

    images
    images
    images

    जेलेन्स्कीका अनुसार सात चरणमा गरिएको सैन्य कारबाहीमा रुसी हवाई सुरक्षा प्रणाली, राडार र अन्य सैन्य संरचनालाई क्रमशः निशाना बनाइएको थियो । यसक्रममा ड्रोन तथा फ्लेमिङ्गो र नेप्च्युन क्षेप्यास्त्र प्रयोग गरिएको थियो । रुसले भने पुल पुनर्निर्माण गरेर पहिलेभन्दा राम्रो बनाउने जनाएको छ ।

    images
    images

    सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेपछि निर्माण गरिएको उक्त पुल रुसी सेनाका लागि सैनिक, इन्धन तथा अन्य सामग्री ओसारपसार गर्ने महत्वपूर्ण मार्ग हो । पुलमा भएको क्षतिले रुसी सैन्य आपूर्ति व्यवस्थामा गम्भीर असर पार्न सक्ने अनुमान गरिएको छ ।

    यसैबीच, रुसी आक्रमणबाट युक्रेनको राजधानी किएभका दुई प्रमुख पुल पनि बन्द भएका छन् । किएभका मेयर भिताली क्लिच्कोका अनुसार ड्निप्रो नदीमाथिका उत्तरी र दक्षिणी पुलमा क्षति पुगेको छ । दक्षिणी पुल आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ भने राजधानीका केही क्षेत्रमा खानेपानी र ताप आपूर्तिसमेत प्रभावित भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुस-युक्रेन युद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।