Logo

२०८३, आश्विन ९गते


images
images

रुस-युक्रेन युद्ध

रुसले गर्यो २५० ड्रोन र १४ मिसाइल प्रहार, १३ जना युक्रेनीको मृत्यु

रुसले गर्यो २५० ड्रोन र १४ मिसाइल प्रहार, १३ जना युक्रेनीको मृत्यु

images
  • रुसले गर्यो २५० ड्रोन र १४ मिसाइल प्रहार, १३ जना युक्रेनीको मृत्यु
    images
    images

    एजेन्सी । युक्रेनमा रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन्। यो जानकारी युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका हुन्।

    images
    images
    images

    युक्रेनी वायु सेनाका अनुसार, रूसले राजधानी किभसहित विभिन्न क्षेत्रहरूमा २५० ड्रोन र १४ ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। यस हमलाका कारण केही बस्ती क्षेत्रमा आगलागीसमेत भएको जनाइएको छ। किभमा मिसाइल र ड्रोनको झडपसँगै ठूलो मात्रामा धुवाँ र आगो देखिएको बताइएको छ।

    images
    images
    images

    युक्रेनी वायु सेनाले रुसका २४५ ड्रोन र ६ मिसाइललाई खसाल्न सफल भएको दाबी गरेको छ। यद्यपि, बाँकी प्रहारहरूले आवासीय क्षेत्रहरूमा क्षति पुर्‍याएको पुष्टि भएको छ।

    images
    images
    images

    आक्रमणपछि प्रतिक्रिया दिँदै युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले सामाजिक सञ्जाल 'एक्स' मा लेखेका छन्, “हरेक यस्ता आक्रमणबाट संसार झनै विश्वस्त हुँदैछ कि यो युद्ध लम्बाउने पक्ष रुस नै हो।”

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुस-युक्रेन युद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।