देवदह । देवदह–७ स्थित ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालयले दीपावली २०८३ को अवसरमा सदनगत रङ्गोली प्रतियोगिता, देउसीभैलो तथा तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
तिहारको सांस्कृतिक महत्त्व र मौलिक परम्परालाई विद्यार्थीमाझ परिचित गराउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थीहरूले रङ्गोली प्रतियोगिता तथा देउसीभैलोमार्फत आफ्नो सिर्जनात्मकता र सांस्कृतिक प्रस्तुति देखाएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख समिन गैरेले बताए ।
कार्यक्रम अन्तरगत सदनगत रङ्गोली प्रतियोगितामा लुम्बिनी सदन प्रथम भएको छ । त्यस्तै, धौलागिरि सदन दोस्रो हुँदा गण्डकी र नारायणी सदन तेस्रो भएका छन् ।
कार्यक्रममा विद्यार्थीहरूले तिहारसँग सम्बन्धित विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । विद्यार्थीले विद्यालय प्रांगणमा देउसीभैलो खेलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology