देवदह । दीपावलीको अवसरमा सगरमाथा आवासीय माध्यमिक विद्यालयमा तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवार विद्यालयमा आयोजित विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिँदै तिहारको मौलिकता, संस्कृति र परम्परालाई झल्काएका थिए । गीत, नृत्य तथा अन्य सांस्कृतिक प्रस्तुतिमार्फत विद्यार्थीहरूले तिहारको महत्त्व र यस पर्वसँग जोडिएका सांस्कृतिक पक्षलाई प्रस्तुत गरेको विद्यालयका सहायक प्रिन्सिपल प्रदीप अधिकारीले बताए ।
कार्यक्रममा विद्यार्थी आराधना पाण्डे, निजु श्रेष्ठ, रिदिमा पराजुली र संयोग आचार्यले तिहारको विषयमा मन्तव्यसमेत प्रस्तुत गरेका थिए । उनीहरूले तिहारको सांस्कृतिक महत्त्व, मौलिक परम्परा र सामाजिक सद्भावका पक्षबारे आफ्ना विचार राखे ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद पौडेलसहित शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology