देवदह । दीपावली २०८३ को अवसरमा रोज बड मन्टेश्वरीमा तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ ।
बालबालिकालाई नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको महत्त्व व्यवहारिक रूपमा सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा बालबालिकालाई तिहारका पाँच दिनको महत्त्व, देउसीभैलो खेल्ने परम्परा र यससँग जोडिएका सांस्कृतिक पक्षबारे जानकारी गराइएको प्रिन्सिपल विपना रिजाल पौडेलले बताइन् ।
सो अवसरमा बालबालिकाहरूले देउसीभैलो खेल्नुका साथै माला लगाएर विभिन्न सांस्कृतिक गतिविधिमा सहभागिता जनाएका थिए ।
यस्ता गतिविधिले बालबालिकालाई सानै उमेरदेखि आफ्नो मौलिक संस्कृति र परम्परासँग परिचित गराउनुका साथै त्यसको संरक्षणप्रति सचेत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology