देवदह । देवदह-७ स्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई बिदाई गरेका छन्। बुधबार एक कार्यक्रमबीच नजिकिदै गरेको एसइई परिक्षाको सफलताको शुभकामनासहित कक्षा १० का विद्यार्थीलाई बिदाई गरिएको हो।
बिदाई कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले आगामी एसइई परिक्षामा विद्यार्थीहरुको अथक मिहिनेत र निरन्त्तर प्रयासले गर्दा राम्रो नजिता प्राप्त हुने आसा विद्यालयले गरेको बताए । विद्यार्थीको समुज्जल भविष्यको सफलताको शुभकामना दिदै प्राचार्य पौडेलले आगामी शैक्षिक यात्रा सधै सफल रहुने विश्वास व्यक्त गरे।
कार्यक्रममा कक्षा ९ को तर्फबाट स्वागत मन्तव्य छात्रा बर्षा रिजालले राखेकि थिइन भने विद्यालयका सह–प्राचार्य लेखनाथ काफ्लेले बिदाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
कक्षा १० का छात्राहरु ओजस्वी न्यौपाने र शिक्षा पौडेलले आफ्नो विद्यालय अध्ययनका अनुभवलाई सुनाएका थिए । उनीहरुले विद्यालयले आफुहरुको रेखदेख र पढाईप्रति गरेका हरेक क्रियाकलापहरु स्वागतयोग्य भएको र विद्यालयले गरेको प्रयासले परीक्षा राम्रो गर्न सक्षम हुने विश्वास व्यक्त गरेका थिए।
सो अवसरमा कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो र कक्षा १० का विद्यार्थीहरुले विद्यालय तथा शिक्षकहरुलाई मायाको चिनो प्रदान गरीएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology