देवदह । रुपन्देहीको देवदहमा आयोजित तेश्रो अन्तर विद्यालय स्तरीय उपमेयर छात्रा भलिबल प्रतियोगिताको उपाधिको लागि देवदह बुद्ध पव्लिक आवासीय मावि र सगरमाथा आवासीय मावि वीच प्रतिस्पर्धा हुने भएको छ ।
पहिलो सेमिफाईनल खेलमा बुद्धपव्लिक आवासीय माध्यमिक विद्यालयले केरवानी माध्यमिक विद्यालयलाई २५–१० र २५–१६ को सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । त्यस्तै दोश्रो सेमिफाईलन खेलमा सगरमाथा आवासीय माविले देवदह बोडिङ्ग स्कुललाई २५–९ र २५–१८ को सोझो सेटमा हराउदै फाईनल प्रवेश गरेको हो ।
प्रतियोगिता अन्र्तगत पहिलो क्वाटर फाईनलमा २५–१०, २५–८ मा न्यू लुम्विनी बोडिङ्ग स्कुललाई हराउदै केरवानी सेमिफाईनलमा प्रवेश गरेको थियो । दोश्रो क्वाटर फाईनलमा देवदह बोर्डिङ्गले २५–११, २५–१७ मा ज्ञान ज्योति माविलाई सोझो सेटमा हराउदै सेमिफाईनल पुगेको थियो । प्रतियोगिताको तेश्रो क्वाटर फाईनलमा बुद्ध पव्लिकले २५–१८, २५–१९ को सोझो सेटमा देवदह माविलाई हराउदै सेमिफाईनलमा प्रवेश गरेको हो । चौथो क्वाटर फाईनल खेलमा सगरमाथाले २५–१०, २५–१३, को सोझो सेटमा हराउदै सेमिफाईनलमा प्रवेश गरेको थियो ।
उपाधीको लागि देवदह बुद्ध पव्लिक आवासीय मावि र सगरमाथा आवासीय मावि वीच सनिवार विहान ११ बजे प्रतिष्पर्धा हुनेछ । यसैगरि तेश्रो स्थानको लागि केरवानी मावि र देवदह बोडिङ्ग स्कुल वीच बिहान ९ ः ३० बजे प्रतिष्पर्धा हुने नगर खेलकुद विकास समितिका सदस्य सचिव पर्शुराम ढकालले जानकारी दिए ।
यसैगरि सनिवार विहान १०ः १५ बजे मैत्रीपूर्ण खेल हुने ढकालले बताए । प्रतियोगिताका विजेता टिमले नगद ४० हजार रुपैंया, द्धितिय हुनेले नगद ३० हजार, तृतिय हुनेले नगद २० हजार र सान्त्वना हुनेले नगद १० हजार रुपैंया, शिल्ड, मेडल प्राप्त गर्ने ढकालले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology