देवदह । केरवानी खानेपानी तथा सरसफाई संस्थाले खानेपानीको सुरक्षा योजनामा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आधारभुत स्वास्थ केन्द्र देवदह १ भमरावारी, केरवानी स्वास्थ्य चौकी देवदह-२ र अस्थायी प्रहरी चौकी देवदह-१, छ नम्बर बिच अन्तर्किया तथा छलफल कार्यक्रम भएको हो ।
२० जना भन्दा बढिको सहभागिता रहेको कार्यक्रममा खानेपानी शुरक्षाका चरण, भुमिका, पाइपलाईन शुरक्षित गर्ने उपाय लगाएत विषयमा छलफल गरिएको संस्थाका अध्यक्ष दीपक पौडेलले जानकारी दिए ।
संस्थाले स्थानीय विद्यालय, टोल सुधार संस्था, महिला समुह, स्वास्थ्य संस्था तथा आम उपभोक्ताहरुलाई खानेपानी श्रोतको संरक्षण, कम खर्च गर्ते उपाय, पानीमा सुद्धता र स्वच्छता कायम गर्ने विषयमा जानकारी गराउने समेत अध्यक्ष पौडेलले बताए ।
संस्थाका अध्यक्ष पौडेलले सहजिकरण गरेको कार्यक्रम सुरक्षा समितीका सदस्य ज्ञानु पौडेलको स्वागत र लिलु गुरुङंको सञ्चालनमा भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology