देवदह । केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, देवदह-१ राजाबारीले एकदिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । उपभोक्ता समिति, लेखा समिति, सुरक्षा समिति तथा संस्थाका कर्मचारीहरूका लागि सनिबार एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरेको हो ।
तालिममा खानेपानी तथा सरसफाई कार्यालय, बुटवलका अधिकृत ईश्वरीप्रसाद आचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभाग, बुटवलका लेखा अधिकृत सर्वज्ञराज भट्टराई तथा दियालो टेक्नोलोजीका बजार प्रतिनिधि प्रमुख नरेश पोखरेलले प्रशिक्षण दिएका थिए ।
अभिमुखीकरणका क्रममा कार्यालय व्यवस्थापन, कार्यसमितिको भूमिका, लेखा सुपरिवेक्षण समिति तथा सुरक्षा उप-समितिको काम, कर्तव्य र जिम्मेवारी, वित्तीय व्यवस्थापन तथा लेखा सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो । साथै, सुरक्षित खानेपानीसँगै सरसफाईको महत्व र आधुनिक प्रविधिको उपयोगबारे समेत सहभागीहरूलाई अभिमुखीकरण गरिएको संस्थाले जनाएको छ ।
खानेपानी व्यवस्थापन संगै तालिमले संस्थागत क्षमता अभिवृद्धि, सुशासन प्रवद्र्धन तथा प्रभावकारी सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
संस्थाका अध्यक्ष दीपक पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष प्रजापति सापकोटा, पूर्व उपाध्यक्ष गीता भण्डारी र खानेपानी तथा सरसफाई कार्यालय, बुटवलका प्राविधिक गेहेन्द्रराज बराल लगाएतको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology