Logo

२०८३, श्रावण २७गते


images
images

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

images
  • केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित
    images
    images

    देवदह । केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था देवदहको अध्यक्षमा दिपक पौडेल निर्वाचित भएका छन् । बुधबार सम्पन्न संस्थाको आठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त प्यानलका पौडेल १ सय ७ मतान्तरसहित निर्वाचित भएका हुन् ।

    images
    images
    images
    पौडेलले ५ सय ४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) निकट घनश्याम डुम्रेले ३ सय ९७ मत प्राप्त गरे । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यानलका अध्यक्ष जागेश्वर पंगेनीले १ सय ६२ मत प्राप्त गर्दै तेस्रो भए ।
     
    निर्वाचनबाट संस्थाको उपाध्यक्षमा राष्टिय स्वतन्त्र पार्टी निकट पंगेनी प्यानलबाट दानबहादुर थापा निर्वाचित भएका छन् । थापाले ३ सय ४८ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी खेम नारायण काफ्लेले २ सय ८७ र बलिराम भरले २ सय ५६ मत प्राप्त गरे ।
     
    यसैगरी सचिवमा पिताम्बर खरेलले ३ सय ९७ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी चित्रबहादुर गुरुगले ३ सय १० र नवराज काफ्लेले १ सय ९२ मत प्राप्त गरे ।
     
    संस्थाको सह सचिवमा शोभा भाट क्षेत्री निर्वाचित भएकी छन् । क्षेत्रीले ३ सय ३३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बत्ती थापाले २ सय ३८ र गीता शर्माले २ सय ७७ मत प्राप्त गरे ।
     
    त्यस्तै संस्थाको कोषाध्यक्षमा रामप्रसाद पंगेनी निर्वाचित भएका छन् । पंगेनीले ४ सय ८ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिद्धन्दी मनोज कुँवरले २ सय ४६ र विष्णुप्रसाद अर्यालले २ सय ४० मत प्राप्त गरे ।
     
    कार्यसमितिको खुल्ला सदस्यमा ण प्रसाद न्यौपाने घनश्याम पंगेनी र हरिराम अहिर निर्वाचित भएका छन् । महिला सदस्यमा दिलु थापामगर इश्वरी देवी पोखरेल निर्वाचित भएका छन् ।
     
    संस्थाको लेखा समिति संयोजकमा २ सय ७० मत प्राप्त गरी मोहन गिरी निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी रामबहादुर पराजुलीले २ सय ४५ मत प्राप्त गरे । लेखा समिति सदस्यहरुमा चन्द्रकान्त न्यौपाने र कृष्ण कुमारी कँवर जोगी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
     
    बुधवार सम्पन्न निर्वाचनमा कुल मतदाता मध्ये १ हजार २६५ जनाले मतदान गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी खानेपानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।