देवदह । केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था देवदह–१, को छैठो औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बोधराज गौडेलको अध्यक्षता र देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै नगर प्रमुख खरेलले खानेपानी संस्थाले सरसफाई क्षेत्रमा समेत काम गर्नुपर्नेमा जोड दिए । उनले खानेपानीमा धेरै समस्या रहेको बताउदै त्यसलाई समाधान गर्ने गरी नगरपालिका लागि रहेको बताए । उनले नगरलाई सरसफाई राख्ने उद्देश्यका साथ नगरपालिकाले कम्पोष्ट विन वितरण गरिरहेको बताए ।
उनले नगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टयाएर फोहोर व्यवस्थापन गरिरहेको बताउदै त्यसलाई खानेपानी संस्थाहरुले पनि सहयोग गर्न आग्रह गरे । नगर प्रमुख खरेलले खानेपानी संस्थाले आफनो काम आफै गर्नुपर्ने बताउदै नगरपालिकाले गर्नुपर्ने कामहरु ठोस रुपमा आएमा योजना निर्माण गर्न सजिलो हुने बताए । उनले नगरपालिकाले बाहिरी र भित्री सडकको मापदण्ड तोकिएको छ तर खानेपानी संस्थाले आफुखुसी पाईप गाडिएको बताउदै त्यसको लागि नगरपालिका संग समन्वय गरेर काम गर्न आग्रह गरे ।
कार्यक्रममा खानेपानी महासंघ लुम्विनी प्रदेश अध्यक्ष थानप्रसाद गैरे, डिभिजन खानेपानी रुपन्देहीका ईन्जिनियर गेहेन्द्रप्रसाद बराल, देवदह–२, का वडाअध्यक्ष दलबहादुर राकसकोटी, संस्थापक अध्यक्ष प्रजापति सापकोटा, देवदह खानेपानी संस्थाका गुमानसिं कुवर, पल्लवी साकोसका अध्यक्ष प्रमोद खनाल, जीवन विज्ञान प्रयोग शालाका नमकान्त पाण्डे लगायतले आ–आफना भनाई राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष गौडेलले बार्षिक प्रतिवेदन, सचिव दीपक पौडेलले प्रगति प्रतिवेदन, लेखा संयोजक साज मोहमम्दले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष गीता भण्डारीको स्वागत र सचिव दीपक पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology