Logo

२०८३, श्रावण २७गते


images
images

केरवानी खानेपानीको सातौं वार्षिक साधारणसभा सम्पन्न

केरवानी खानेपानीको सातौं वार्षिक साधारणसभा सम्पन्न

images
  • केरवानी खानेपानीको सातौं वार्षिक साधारणसभा सम्पन्न
    images
    images

    देवदह । केरवानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था देवदह-१ को सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार केरवानी खानेपानी संस्थाको प्राङ्गणमा संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

    images
    images
    images

    साधारणसभाको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले शुद्ध खानेपानी विना स्वस्थ जीवनको कल्पना गर्न नसकिने बताउँदै एकीकृत खानेपानीको रणनीतिका साथ नगरपालिका अगाडी बढेको बताए । देवदह नगरपालिकावासीलाई  सफा पानीको व्यवस्थापनका लागि पाल्पाको माथागढी बाट खानेपानी ल्याउने गरि कार्ययोजना अगाडि बढाउने बताए ।

    images
    images
    images

    फोहोरको उचित व्यवस्थापनका लागि नगरपालिकाले फोहोर वर्गीकरण अभियान संचालन गरिरहेको बताउँदै कुहिने र नकुहिने फोहोर अलग, अलग राखेर नगरको फोहोर व्यवस्थापन अभियानमा साथ दिन समेत उनले आग्रह गरे ।

    images
    images
    images

    जमिनमूनिको पानी सधै प्रयाप्त नभएकोले पाल्पाको माथागढीबाट पिउने पानीको योजना अगाडि बढाउन सके स्वच्छ पिउनेपानी देवदहवासीको लागी २४ सै घण्टा उपलब्ध हुने भएकोले त्यसको लागि आफुले पहल गरिरहेको नगर प्रमुख खरेलको भनाई छ ।

    अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष बोधराज गौडेलले केरवानी खानेपानीले यस क्षेत्रमा सहज ढंगल शुद्ध पिउने पानी वितरण गरिरहेको बताए । उनले संस्थालाई अझै क्षमतावृद्धि गरी २४ सै घण्टा पिउने पानी उपलब्ध गराउने र उपभोक्ताको हितका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

    साधारण सभामा संस्थाको ६७ लाख ८१ हजार ३६८ बराबरको आय-व्यय प्रस्तुत गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी खानेपानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।