देवदह । केरवानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था देवदह-१ को आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाको प्राङ्गणमा संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले शुद्ध खानेपानी विना स्वस्थ जीवनको कल्पना गर्न नसकिने बताउँदै एकीकृत खानेपानीको रणनीतिका साथ नगरपालिका अगाडी बढेको बताइन् ।
जमिनमूनिको पानी सधै प्रयाप्त नभएकोले पाल्पाको माथागढीबाट पिउने पानीको योजना अगाडि बढाउन सके स्वच्छ पिउनेपानी देवदहवासीको लागी २४ सै घण्टा उपलब्ध हुने भएकोले त्यसको लागि आफुले पहल गरिरहेको नगर उपप्रमुख गुरुङ्को भनाई छ ।
अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष बोधराज गौडेलले केरवानी खानेपानीले यस क्षेत्रमा सहज ढंगल शुद्ध पिउने पानी वितरण गरिरहेको बताए । उनले संस्थालाई अझै क्षमतावृद्धि गरी २४ सै घण्टा पिउने पानी उपलब्ध गराउने र उपभोक्ताको हितका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
साधारण सभाले अध्यक्ष बोधराज गौडेल तथा सचिव दीपक पौडेलको प्रतिवेदन पारित गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology