Logo

२०८३, कार्तिक १गते


images
images

न्युजिल्यान्ड भ्रमणका लागि भारतको एकदिवसीय र टेस्ट टोली घोषणा

न्युजिल्यान्ड भ्रमणका लागि भारतको एकदिवसीय र टेस्ट टोली घोषणा

images
  • न्युजिल्यान्ड भ्रमणका लागि भारतको एकदिवसीय र टेस्ट टोली घोषणा
    images
    images

    काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्डले न्युजिल्यान्ड भ्रमणमा हुने पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र दुई खेलको टेस्ट सिरिजका लागि भारतीय टोली घोषणा गरेको छ ।

    images
    images
    images

    एकदिवसीय सिरिजका सुरुवाती तीन खेलमा शुभमन गिलले कप्तानी गर्नेछन् भने अन्तिम दुई खेलमा श्रेयस अय्यरले टोलीको नेतृत्व गर्नेछन् । टेस्ट टोलीको कप्तानी पनि गिलले नै गर्नेछन् भने केएल राहुल उपकप्तान रहनेछन् ।

    images
    images
    images

    भारतले न्युजिल्यान्डसँग पहिले पाँच खेलको एकदिवसीय सिरिज खेल्नेछ। त्यसपछि दुई खेलको टेस्ट सिरिज हुनेछ। एकदिवसीय सिरिज नोभेम्बर ४ देखि सुरु हुनेछ भने टेस्ट सिरिजको पहिलो खेल नोभेम्बर १९ देखि हुनेछ ।

    images
    images
    images

    एकदिवसीय सिरिजका सुरुवाती तीन खेलका लागि घोषित १६ सदस्यीय टोलीमा गिल कप्तान र श्रेयस अय्यर उपकप्तान छन् । टोलीमा रोहित शर्मा, विराट कोहली, केएल राहुल, नितिश कुमार रेड्डी, अक्षर पटेल, नमन धीर, अंशुल कम्बोज, गुरनूर ब्रार, ऋतुराज गायकवाड, अर्शदीप सिंह, ईशान किशन, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण र कुलदीप यादव छन् । प्रसिद्ध कृष्णको सहभागिता भने फिटनेस परीक्षणबाट स्वीकृति प्राप्त गर्ने सर्तमा निर्भर रहनेछ ।

    सिरिजका अन्तिम दुई खेलका लागि श्रेयस अय्यरलाई कप्तान र ईशान किशनलाई उपकप्तान बनाइएको छ । यस चरणको टोलीमा रोहित शर्मा, विराट कोहली, तिलक वर्मा, ईशान किशन, नितिश कुमार रेड्डी, अक्षर पटेल, नमन धीर, औकिब नबी, गुरनूर ब्रार, ऋतुराज गायकवाड, अर्शदीप सिंह, कुमार कुशाग्र, मोहम्मद सिराज, यश ठाकुर र कुलदीप यादव छन् । कुमार कुशाग्र र यश ठाकुरले पहिलोपटक भारतीय एकदिवसीय टोलीमा स्थान पाएका छन् ।

    पहिलो तीन खेलमा केएल राहुल विकेटकिपरको भूमिकामा रहनेछन् । अन्तिम दुई खेलका लागि ईशान किशन र कुमार कुशाग्रलाई विकेटकिपरका रूपमा समावेश गरिएको छ । टेस्ट र एकदिवसीय सिरिजबीचको छोटो समयलाई ध्यानमा राख्दै चयनकर्ताले टोलीको नेतृत्व र खेलाडी छनोटमा परिवर्तन गरेका हुन् ।

    भारत र न्युजिल्यान्डबीचको पहिलो एकदिवसीय खेल नोभेम्बर ४, बुधबार अकल्यान्डमा हुनेछ । दोस्रो खेल नोभेम्बर ७, शनिबार वेलिङ्टनमा, तेस्रो खेल नोभेम्बर १०, मंगलबार ह्यामिल्टनमा खेलाइनेछ। चौथो एकदिवसीय नोभेम्बर १३, शुक्रबार र पाँचौँ खेल नोभेम्बर १५, आइतबार माउन्ट माउन्गानुईमा हुनेछ । 

    यसैगरी, दुई खेलको टेस्ट सिरिजका लागि शुभमन गिलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिएको छ । केएल राहुल उपकप्तान रहनेछन् । टोलीमा यशस्वी जैसवाल, देवदत्त पडिक्कल, ऋषभ पन्त, ध्रुव जुरेल, रवीन्द्र जडेजा, अंशुल कम्बोज, जसप्रित बुमराह, प्रसिद्ध कृष्ण, आकाश दीप, साई सुदर्शन, नितिश कुमार रेड्डी, वासिङ्टन सुन्दर, कुलदीप यादव र मोहम्मद सिराज छन् ।

    अनुभवी तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट टोलीमा स्थान पाएका छैनन् । अर्का तीव्र गतिका बलर आकाश दीप भने एक वर्षभन्दा बढी समयपछि टेस्ट टोलीमा फर्किएका छन् । विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई टोलीमा समावेश गरिए पनि उनको सहभागिता फिटनेसमा निर्भर रहनेछ । पन्त पूर्ण रूपमा फिट नभए ध्रुव जुरेलले विकेटकिपरको जिम्मेवारी पाउने सम्भावना रहनेछ ।

    भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट नोभेम्बर १९, बिहीबार वेलिङ्टनमा सुरु हुनेछ । दोस्रो तथा अन्तिम टेस्ट नोभेम्बर २७, शुक्रबार क्राइस्टचर्चमा खेलाइनेछ । न्युजिल्यान्ड भ्रमण भारतका लागि विश्व टेस्ट च्याम्पियनसिपको अङ्कतालिकामा आफ्नो स्थिति बलियो बनाउने दृष्टिले महत्त्वपूर्ण हुनेछ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।