Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना संकट

तिलोत्तमाका मेयर - उपमेयरको उदाहरणीय कार्य, आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाए

तिलोत्तमाका मेयर - उपमेयरको उदाहरणीय कार्य, आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाए

images
  • तिलोत्तमाका मेयर - उपमेयरको उदाहरणीय कार्य, आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाए
    images
    images

    तिलोत्तमा । कोभिड-१९ बाट संक्रमित हुने र मृत्यु समेत हुनेको संख्या दिनानुदिन बढिरहदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उप मेयरले आफुहरु साच्चै जनताको प्रतिनिधि भएको व्यबहारत: पुष्टि गरेका छन ।  नगरपालिकाका मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्दै उनीहरूले महामारीमा जनताको साथमै रहेको अनुभुती दिन सफल भएका हुन् ।

    images
    images
    images

    नगरपालिकाभित्रै कोरोनाका गम्भीर बिरामीको संख्या थपिँदै गएकाले उनीहरूलाई अस्पताल लैजान एम्बुलेन्स अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

    images
    images
    images

    मेयर बासुदेव घिमिरेले लु १ झ ३६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले ३२६ नम्बरको स्कर्पियो गाडी प्रयोग गर्दै आएका थिए । जुन अब एम्बुलेन्सको रुपमा प्रयोग हुनेछन् ।

    images
    images
    images

     ‘अहिलेको परिस्थितिमा नागरिकले एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा हामी गाडी चढेर हिँड्न सुहाउँदैन,’ घिमिरेले भने, ‘नागरिककै करबाट खरिद गरेका सरकारी गाडी नागरिककै लागि प्रयोग गर्दै छौं ।’

    उक्त गाडीमा सिट र अक्सिजन सिलिन्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याइने उनले बताए । दैनिक दुई सय जनासम्म संक्रमित थपिँदै गइरहेको तिलोत्तमामा जिल्लामै बुटवल उपमहानगरपछि धेरै संक्रमित छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तिलोत्तमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।