Logo

२०८३, श्रावण २७गते


images
images

'तिलाेत्तमा नगरमा पाँच दलिय गठबन्धनले संयुक्त घोषण पत्र बनाएर निर्वाचनमा जाने'

'तिलाेत्तमा नगरमा पाँच दलिय गठबन्धनले संयुक्त घोषण पत्र बनाएर निर्वाचनमा जाने'

images
  • 'तिलाेत्तमा नगरमा पाँच दलिय गठबन्धनले संयुक्त घोषण पत्र बनाएर निर्वाचनमा जाने'
    images
    images

    रूपन्देही ।  स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन सम्बद्ध दलहरुबीच सहकार्य भैरहेकाे छ । रुपन्देहीका विभिन्न पालिकाहरुमा पनि गठबन्धनकाे संयुक्त बैठक आयाेजना गरि नगरकाे जिम्मेवार दिने तयारिमा जुटिरहेका छन ।

    त्यस्तै तिलाेत्तमा पनि पाचँ दलिय गठबन्धनकाे बैठक सम्पन्न भएकाे छ । नगरपालिका एमालेकाे आधार क्षेत्र र बिगतकाे निर्वाचनमा पनि एमालेले जितेकाे नगरपालिका हाे तर पछिल्लाे समय ५ दलिय गठबन्धनले गर्दा एमालेलाई चुनावि मैदानमा उत्रिन निकै चुना‌ैतिकाे बिषय बनेकाे छ।

    सबै वडाहरुबाट आएका उम्मेदवारहरु लाई पार्टीको प्रस्ताबको रुपमा रहेको र गठबन्धनले सयुक्त रूपमा फाइनल गर्ने गरि आउने । नगरमा सरकारी बजेट लाई दुरुपयोग गरेर चुनावी गतिविधि  गरेकोमा त्यस रको प्रतिकार र प्रतिरोध गरेर जनता सामु जाने निर्णय समेत पाँच दलिय गठबन्धनले गरेकाे छ ।

    चुनावलाई लक्षित गर्द‌ै तिलोत्तमामा क्रियाशिल पाँच दलिय गठबन्धनले संयुक्त रुपमा बैठककाे आयाेजना गरि नगरकाे उम्मेदवार घाेषणा गर्ने तयारी समेत गरकाे छ । आउँदो स्थानीय चुनाबमा केन्द्र र जिल्लाकाे निर्णय लाई आत्मसात गर्दै ।पाँच दलिय गठबन्धनले सबै समेटिने गरि संयुक्त घोषण पत्र बनाएर जाने निर्णय गरेकाे छ ।तिलोत्तमा नगरपालिकामा पनि पाँच दलिय गठबन्धन सहित शसक्त रूपमा प्रतिगमनकारी तत्व र सर्ब सत्ताबादीका विरुद्ध एकजुट भएर जाने सर्बसमत निर्णय गरेकाे नेकपा माओवादी केन्द्र तिलाेत्तमा नगरका प्रवक्ता अनिल चापागाईं (संस्कार) ले जानाकारी दिए ।

    उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस नगर सभापति हरिलाल पाण्डे ,नेकपा( माओवादी केन्द्र ) नगर अध्यक्ष बेल प्रसाद शर्मा ,नेकपा समाजवादी अध्यक्ष राजेन्द्र सुवेदी , राष्ट्रिय जनमोर्चा प्रतिनिधि शिव राम घिमिरे ,नेपाली काङ्ग्रेस उपसभापति कल्याण पौडेल ,नेकपा समाजवादी  इन्चार्ज कृष्ण भुसाल र राष्ट्रिय जनमोर्चा प्रतिनिधि टान ब.केसि लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।