Logo

२०८३, श्रावण २७गते


images
images

तिलोत्तमामा अबैध फर्निचर उद्योग र घुमन्ते कामदारको अनुगमन हुने

तिलोत्तमामा अबैध फर्निचर उद्योग र घुमन्ते कामदारको अनुगमन हुने

images
  • तिलोत्तमामा अबैध फर्निचर उद्योग र घुमन्ते कामदारको अनुगमन हुने
    फाईल फोटो
    images
    images

    नेत्र रूचाल, बुटवल । तिलोत्तमा नगरपालिकामा बिना दर्ता सञ्चालन भएका फर्निचर उद्योग र घुमन्ते कामदारको अनुगमन हुने भएको छ । बिहिबार तिलोत्तमामा रूपन्देही फर्निचर उद्योग संघको पहलमा आयोजित भेलाले अबैध रूपमा संचालित गतिविधीहरूको अनुगमन गर्ने निर्णय भएको हो । 
     
    फर्निचर उद्योग संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष तथा जिल्ला अनुगमन उपसमिति संयोजक जीवकान्त काफ्लेको अध्यक्षतामा बसेको उद्योगीहरूको भेलाले नगरस्तरीय फर्निचर अनुगमन उपसमिति गठन गर्ने र अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको जनाइएको छ । नगरका १७ वडाका उद्योगीहरूको सहभागितामा रहने गरी गठन गरिएको ७ सदस्यीय समितिमा अनिरुद्र खनाल संयोजक रहेका छन् । जसको सहसंयोजकमा देवेन्द्र शर्मा, सचिवमा केशव ज्ञवाली, सदस्यहरूमा गोविन्द सारु, रामचन्द्र कंडेल, रुपेश गौतम, मोहन शाह रहेका छन् । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै उपाध्यक्ष जीवकान्त काफ्लेले स्थापनाकालदेखि नै अनुगमन कार्यक्रम सञ्चालन गर्दै आएको बताए । अनुगमनको मुख्य उद्देश्य बिना दर्ता सञ्चालन भइरहेका घुमन्ते कामदार तथा ठेकेदार समूहलाई निरुत्साहित गर्नु रहेको उनको भनाइ छ । यसरी अनधिकृत रूपमा सञ्चालित उद्योगले स्थानीय सरकारको राजस्व चुहावट गराउनुका साथै दर्ता भएका उद्योगहरू प्रभावित हुने र कामदार पलायन भएर उद्योग बन्द हुने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले अनुगमनका लागि स्थानीय निकाय, फर्निचर संघ तथा स्थानीय संघसंस्थासँग सहकार्य गरिने बताए । उनले नगरपालिकाले अनुगमनका कामलाई निरन्तरता दिइरहेको र संघसंस्थाको सहकार्यले अनुगमन थप व्यवस्थित र प्रभावकारी हुने विचार व्यक्त गरे । 

    images
    images
    images
    WhatsApp Image 2025-02-07 at 10.25.07.jpeg

    यसैगरी फर्निचर संघ रुपन्देहीका अध्यक्ष तेजप्रसाद पराजुलीले विगतका वर्षमा पनि तिलोत्तमा नगरपालिकासँग सहकार्य गरी अनुगमन कार्यक्रम गरिएको स्मरण गराउँदै केही वर्ष अनुगमन रोकिँदा उद्योगीहरू समस्यामा परेका बताए । उनले पुनः प्रभावकारी अनुगमन आवश्यक रहेको उल्लेख गरे । संघका सल्लाहकार तथा पूर्वअध्यक्ष विष्णुकुमार श्रेष्ठले हाल उद्योगीहरू आर्थिक मन्दीका कारण समस्यामा परिरहेको बताए । कामदारको अभाव, औद्योगिक क्षेत्र व्यवस्थापनको कमी तथा सरकारी नीतिगत पहलको आवश्यकताबारे उनले जोड दिए ।

    नेपाल फर्निचर उद्योग तथा फर्निचर व्यवसायी महासंघका सचिव अशोक कुँवरले उद्योगीका समस्या प्रदेश महासंघ हुँदै केन्द्रसम्म पुर्‍याउने र संघीय सरकारमार्फत समाधानका लागि पहल गर्ने बताए ।

    कार्यक्रममा फर्निचर उद्योग संघ रुपन्देहीका महासचिव खिम खड्का लगायतको उपस्थिति रहेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।