तिलोत्तमा । राष्ट्रिय भुमि आयोगसंग सुकुम्बासी समस्या समाधानका लागि सम्झौता नगर्दा तिलोत्तमामा लामो समयदेखि बसोबास गर्दै आएका अब्यबस्थित बसोबासीहरु मर्कामा परेको जनाईएको छ । तिलोत्तमा नगरपालिकाले अन्य पालिकाले जस्तै आयोगसंग सम्झौता नगरेकोले समस्या आएको नगरमा क्रियाशिल नेपाली कांग्रेस र माओवादी केन्द्र सहितका ५ दलले आरोप लगाएका छन् ।
नेपाली कांग्रेस नगर कमिटिका अध्यक्ष हरिलाल पाण्डे, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्मा, नेकपा एकीकृत समाजबादीका नगर अध्यक्ष राजेन्द्र प्रसाद सुबेदी, राष्ट्रिय जनमोर्चा नेपालका नगर सल्लाहकार शिवराम घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टी तिलोत्तमा नगर अध्यक्ष सोम बहादुर बुढा मगरले संयुक्त बिज्ञप्ति जारी गर्दै नगरपालिकाले विभिन्न बाहाना बनाएर आलटाल गरी सम्झौता नगरेको बताएका छन् ।
सुकुम्बासी जनतालाई जग्गाधनी लालपुर्जा बितरण कार्यमा यथाशिघ्र नगरपालिकाले सम्झौता गर्नुपर्ने उल्लेख गर्दै संयुक्त बिज्ञप्ति जारी गर्दै ५ दलले जोडदार माग गरेका छन्। यसबारे नगरपालिका र राष्ट्रिय भुमि आयोगले भने प्रतिक्रिया दिएकॊ छैन। 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology