Logo

२०८३, श्रावण २७गते


images
images

 तिलोत्तमाका सामुदायिक कुकुरको बन्ध्याकरण सुरु, पहिलो दिनमै ४० बढीको बन्ध्याकरण 

 तिलोत्तमाका सामुदायिक कुकुरको बन्ध्याकरण सुरु, पहिलो दिनमै ४० बढीको बन्ध्याकरण 

images
  •  तिलोत्तमाका सामुदायिक कुकुरको बन्ध्याकरण सुरु, पहिलो दिनमै ४० बढीको बन्ध्याकरण 
    images
    images

    तिलोत्तमा । सामुदायिक कुकुरको बढ्दो संख्या न्यूनिकरणका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बन्ध्याकरण सुरु गरेको छ । तिलोत्तमा नगरपालिकाको पशु शाखाले हार्ट संस्थाको प्राबिधिक सहयोगमा कुकर नियन्त्रणमा लिएर स्थायी बन्ध्याकरण सुरु गरेको हो । 

    images
    images
    images

    नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र र हिमालयन एनिमल रेस्क्यु टिम हार्ट संस्थाको प्राबिधिक सहयोगमा कुकुर आतंक नियन्त्रणका लागि तीन सय भन्दा बढी सामुदायिक कुकुरलाई भ्यासेक्टोमी र पोथी कुकुरलाई मिनिल्याप गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । 

    images
    images
    images

    नगरपालिकाले कुन्जलापुरस्थित मगर संघ भवनको प्रांगणमा रहेको सभाहलमा नियन्त्रणमा लिइएका कुकुर राखेर सोही स्थानमा स्थायी बन्ध्याकरण शुरु गरेको पशु शाखा प्रमुख राजु कुँवर मगरले जानकारी दिए ।  

    images
    images
    images

    छाडा कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने, सवारी दुर्घटना बढ्ने र रेबिज रोगको संक्रमण हुने खतरा भएकाले बन्ध्याकरण कार्यक्रम सुरु गरिएको र यसको निरन्तरताले सहरलाइ कुरुप हुनबाट जोगाउन अभियानकै रुपमा अघि बढिएको नगरप्रमुख रामकृष्ण खाणले बताए । नगरले यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने उल्लेख गर्दै उनले यसअघिको नेतृत्वले समेत सो कार्य गरिसकेकाले नीति तथा कार्यक्रममै समेटेर यो काम गरिएको बताए ।  

    सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले सामुदायिक कुकुरलाई रेबिजविरुद्धको सुई साथै स्थायी बन्ध्याकरण गरि नगरक्षेत्रमा धेरै संख्यामा सामुदायिक कुकुर रहेकाले सहि नियन्त्रणको जरुरी देखिएको बताइन । कुकुरको उचित व्यवस्थापन र सुरक्षाको दृष्टिकोणले कुकुर र मानिसको स्वास्थ्यलाई ख्याल राख्दै आगामी दिनमा पनि कुकुरको बन्ध्याकरणलाई निरन्तरता दिइरहनुपर्ने उनको भनाई छ । 

    तिलोत्तमा नगरपालिका वडानम्बर-६ का अध्यक्ष गणेश पाठकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, प्राबिधिक, पशुशाखाका कर्मचारी, लगायत स्थानीयको सहभागिता रहेको थियो। बन्ध्याकरण अभियान १ हप्तासम्म चल्ने नगरपालिकाले पालिकाले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।