गजल
दिन-रात, हिजो-आज र भोलिको रिसर्च हुनेछ
सागर, मरुभूमि र खोलीको रिसर्च हुनेछ
कति शुद्ध र पवित्र छन् तिम्रा विजयहरु
सातै रंग र सिंगो होलीको रिसर्च हुनेछ
एक, दुई, तीन होइन, पटकपटक
तिम्रा सुटकेस र झोलीको रिसर्च हुनेछ
कति मरे कति जीवित छन आत्माहरु
वम, बारुद र गोलीको रिसर्च हुनेछ
कति सुकिला छन् तिम्रा पहिरनहरु
दौरा, सुरुवाल र गुन्यु चोलीको रिसर्च हुनेछ
✍️विष्णु पोखरेल
२०७१-०४-०४ बुटवल
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology